Posted by: aman January 8, 2013
प्रधानमन्त्रीको निर्देशनमा पत्रकार थापाको हत्याका आरोपीको बयान रोकियो
Login in to Rate this Post:     0       ?        

दैलेख, पुस २४ - प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको वयान लिने कार्य रोकिएको छ । कानुनी प्रक्रिया अघि नबढाउन प्रहरी र जिल्ला न्यायधिवक्तालाई आ–आफ्ना विभागमार्फत निर्देशन आएपछि सोमबारदेखि अभियुक्तको वयान रोकिएको स्रोतको दाबी छ ।

हत्या अभियोग लागेका पाँचै जनाको आइतबार जिल्ला अदालतबाट पाँच दिनका लागि म्याद थपिएको थियो । स्रोतका अनुसार, प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा जिल्ला प्रहरी र सरकारी वकिललाई प्रहरी प्रधान कार्यालय तथा महान्यायधिवक्ताको कार्यालयबाट बयान रोक्न निर्देशन आएको हो ।

शनिवार द्वारी गाविस-१ का लक्षीराम घर्ती, द्वारी-३ का हरिलाल पुनमगर, बालुवाटार-७ का वीरबहादुर केसी, बालुवाटार-९ का निरकबहादुर घर्तीमगर र रानीवन गाविस-१ लामीडाँडाका जयबहादुर शाही पक्राउ गरिएका थिए । वीरबहादुर एमाओवादीका जिल्ला सदस्य हुन् भने बाँकी सबै वैद्य नेतृत्वको नेकपा-माओवादीमा आबद्ध छन् । जयबहादुर नेकपा-माओवादीका भेरी-कर्णाली राज्य समिति सदस्य हुन् । त्यसैगरी लक्षीराम, निरकबहादुर र हरिलाल नेकपा-माओवादीकै क्षेत्रीय सदस्य हुन् ।

 

लक्षीरामले सोमबार लिइएको बयानमा पत्रकार थापालाई आफुहरुले यातना दिएर पनि नमरेपछि जीउदै खाल्डो खनेर जलाएको बताएका थिए । साथै उनले हत्याको अभियोगमा आफुले सजाय पाए थापाको मृत आत्मको शान्ति पाउनेसमेत बताएका थिए ।

 

‘तैंले किन र कसको आदेशमा मुद्दा अघि बढाईस् ?’ भनी जिल्ला प्रहरी प्रमुख डिएसपी शारदाप्रसाद चौधरी र अनुसन्धान अधिकृत निरीक्षक विनोद शर्मालाई दबाब आएको स्रोतले जनायो । दुबैले विभागीय दवावका बारेमा बोल्न चाहेनन् ।

तर, माओवादीका जिम्मेवार नेताबाटै श्रीमती र बालबच्चालाई सिध्याउनेसम्मका धम्की दिएको मोबाइल रेर्कड सुरक्षित रहेको अनुसन्धान अधिकृत शर्माले बताए । उनले भने, ‘जतिसुकै धाकधम्की र ‘पे्रसर’ आए पनि अनुसन्धान प्रक्रिया रोकिंदैन् । अनुसन्धान अधिकृत म नै हु“ । ‘पे्रसर’ थेगेर भएपनि कानुनले तोकेको कामबाट पछि हट्ने कुरै आउ“दैन् ।’ यद्यपी, अनुसन्धान अधिकृत शर्माले बयान लिन लैजादा मोबाइल ‘स्विच अफ’ गर्नुपरेको खुलासा भने गरे ।

अभियुक्तलाई पा“च दिनका लागि थपिएको म्याद विहीबार सकिदैंछ । जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बरप्रसाद काफ्लेले दबाबले नभई म्याद सकिन लागेका अन्य मुद्दाहरु भएकाले बयानको पालो नआएको दाबी गरे । उनले भने, ‘जति दबाब झेल्नुपरे पनि प्रक्रियामा अघि बढिसकेको मुद्दा रोकिदैंन् । म्याद थपेर भए पनि अभियुक्तबाट बयान लिनुपर्ने हुन्छ ।’
 

Read Full Discussion Thread for this article