Posted by: texasboy January 6, 2013
अर्को देखेसो
Login in to Rate this Post:     2       ?         Liked by
 उन्ले सोधीन "के " भनी

स्याउ जस्ता राता भय मेरा गाला

भक्भकाऊन पो थालेछु ,केही बोलिन

घरमा गई ऐनालाई भनें थुइक्क साला!!

 

भोलिपल्ट ऊन्ले फेरी भनिन "hi"

मसक्क मस्केर भुइंको धुलो पो कोट्याऊन थालेछु

"Hello" भनेर त्यहा बाट कुलेलाम ठोकें

घरमा खाना खादां दुई चोटि आफ्नै जिब्रो पो टोकेछु!!

 

"तिमी किन तर्सेको" ऊन्ले सोधिन

"हं मेरो Exam आज" मैले भनें

एक टक ऊन्को आँखामा एक्नास हेरिपोरहेछु

आज confident देखिन्छु भन्या फेरी stupid नै बनें !!

 

"खाजा खान जाउं" पछाडिबाट आवाज आयो

"मैले खाइ सकें" हतार् हतार मुखबाट फुस्कियो

किन नसोची बोल्या? के हुन्छ मलाई?

राम्री केटी सँग डेट जाने, त्यत्रो chance पनि खुस्कियो!!

 

आज स्कुलमा देखिन ऊन्लाई

आँखा भौतारिय, मन छट्पट्टियो

क्लास पनि गैइन, स्कुल दिनभरी चक्कर लाएं

"" एउटा भुस्थिघ्रेको अङगालोमा ऊन्लाई देखें

आँखा रसाये, मन कुडियो , अनी केपो गर्नु, एही एउटा कबिता लेखें!!!

 

 

   

Read Full Discussion Thread for this article