Posted by: danphe January 4, 2013
Real Estate Bubble
Login in to Rate this Post:     0       ?        
 The entire nation is in bubble & turmoil not just the real estate. हिजोका खातेहरु आज अरबपति भएका छन् | रुख जतिनै ठुलो भए पनि जरा बलियो नभए ढल्न के बेर | I see a big trouble looming adhead. I was reading इच्छाराज तामाङ's success story on "Entrepreneurs4Nepal" the other day that totally disaggres with his actions. 

सिभिल ट्रेडमा लगानीले सहकारी नै धरापमा

PDF Print E-mail
190 View(s)

नवराज चालिसे÷राजधानी काठमाडौंै, १९ पुस

सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा गरिएको लगानीले सिभिल समूहको सहकारी नै धरापमा परेको छ । सिभिल समूहद्वारा सञ्चालित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले सहकारीको नीति, सिद्धान्त र मान्यताविपरीत जथाभावी कर्जा प्रवाह गरेपछि सहकारी धरापमा परेको हो । सिभिल सेभिङ एन्ड क्रेडिटले गत वर्ष मात्रै घरजग्गा तथा हाउजिङमा नीतिविपरीत २ अर्ब ७५ करोड ८४ लाख ७ सय ४२ रुपैयाँ कर्जा लगानी गरेको पाइएको हो । सिभिल समूहका एक अधिकारीले राजधानीलाई दिएको जानकारीअनुसार सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङको व्यक्तिगत चाहनामा सिभिल सेभिङबाट सुन्धारास्थित सिभिल ट्रेड सेन्टर निर्माणमा ठूलो मात्रामा कर्जा प्रवाह गरिएको छ ।

उनका अनुसार सो सेभिङको सबै लगानी कानुनविपरीत सिभिल हाउजिङलगायत सिभिल समूहको व्यापारिक काममा मात्रै गरिएको छ । सिभिल कोअपरेटिभले निक्षेप संकलन गरेको भन्दा पनि बढी रकम हाउजिङ र सञ्चालकहरूको व्यापारिक प्रयोजनमा लगानी गरेको सहकारी विभागका अधिकृतहरू बताउँछन् । सिभिल कोअपरेटिभले गत वर्ष २ अर्ब ५८ करोड ११ लाख ५३ हजार २ सय ६९ रुपैयाँ संकलन गरेको थियो । सो संस्थाले संकलन गरेको निक्षेपभन्दा पनि बढी कर्जा लगानी गरेको हो ।

सो सहकारीको सेयर पुँजी ९ करोड १० लाख ५२ हजार ४ सय रुपैयाँ छ । २ मंसिर २०५७ मा सिभिल समूहको संस्थापकहरूको सक्रियतामा सिभिल कोअपरेटिभ स्थापना भएको थियो । सिभिल समूह सिभिल कोअपरेटिभबाट वित्तीय क्षेत्रमा प्रवेश गरेको हो । सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्षमा केशवलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठ सिभिल होम्स प्रालिका समेत कार्यकारी निर्देशक हुन् । काठमाडौंैको सोल्टीमोडमा मुख्य कार्यालय रहेको सो सहकारीले सर्वसाधारणबाट संकलन गरेको निक्षेप सिभिल समूहकै सञ्चालक र निकट व्यक्तिका कम्पनी तथा फर्महरूमा कर्जा लगानी गरेको स्रोतले बतायो । सहकारी ऐन–२०४८, सहकारी नियम–२०४९, सहकारी मापदण्ड–२०६८ र संस्थाको विनियम, ऋण नीतिअनुसार कारोबार गर्नुपर्ने सहकारीको सिद्धान्तविपरीत कर्जा लगानी भइरहेको अनुगमनमा संलग्न सहकारी अधिकारीहरूले बताए ।

डिभिजन सहकारी कार्यालय र सहकारी विभागसँग आवश्यक नीतिनियम नभएका कारण पनि सिभिल कोअपरेटिभले आङ्खना सदस्यलाई भन्दा पनि सिभिल हाउजिङ र सिभिल ट्रेडमा लगानी गर्न सञ्चालकहरू सफल भएका हुन् । सिभिल कोअपरेटिभले संकलन गरेको निक्षेप साना व्यवसायमा भन्दा पनि सो संस्थाका सञ्चालकहरूले घुमाउरो शैलीबाट घरजग्गा कारोबार र ठूला हाउजिङमा लगानी गरेका कारण सर्वसाधारणको कर्जा जोखिममा परेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘सिभिल कोअपरेटिभमा सर्वसाधारणको कर्जा जोखिममा परेको देखिएको छ,’ राष्ट्र बैंकका ती अधिकारीले राजधानीसँग भने । सिभिलको वित्तीय कारोबार अपारदर्शी र ठूलो रकममा रहेको भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले पनि गम्भीर चासो देखाएको छ । वित्तीय जानकारी एकाइ (एफआईयू)ले केही समयअघि मात्र सिभिललगायत ठूला सहकारीहरूको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निरीक्षण गरेको थियो ।

सो निरीक्षणपछि वित्तीय जानकारी एकाइले सिभिल कोअपरेटिभसहित केही ठूला संस्थाहरूलाई उच्च निगरानीमा राखेको छ । स्रोतका अनुसार अनुसन्धानका क्रममा सिभिलले आङ्खना सदस्यहरूलाई मुख्य गरी हाउजिङ र सिभिल ट्रेडमा लगानी गरिरहेको पाइएको छ जुन सहकारीको सिद्धान्तभन्दा विपरीत हो । सहकारीको सुपरीवेक्षण गर्दा सञ्चालकहरू सम्पर्कमा नआउने र वित्तीय कारोबारको विवरण नदिने गरेको एक अधिकृतले बताए । सिभिलले सर्वसाधारणलाई अस्वाभाविक ब्याजदर दिनेजस्ता प्रलोभन र सिभिल ट्रेड सेन्टरको कोठा पसलका लागि पनि सहज रूपमा कर्जा उपलब्ध गराउने भनी सर्वसाधारणबाट रकम असुली गरिरहेको छ ।

डिभिजन सहकारी कार्यालय काठमाडौंैका प्रमुख बलराम निरौलाले नीति–नियमको अभावले गर्दा सहकारी संस्थालाई तत्काल नियन्त्रण र हस्तक्षेप गर्न नसकिएको गुनासो गरे । केही सहकारी संस्थाका सञ्चालकको व्यक्तिगत लगानीका बारेमा गोप्य रूपमा अध्ययन भइरहेको प्रमुख निरौलाले बताए । सिभिल समूहका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिइएको भए पनि अध्यक्ष तामाङको निर्देशनअनुसार चल्ने गरेको स्रोतको भनाइ छ । ‘जति पनि संस्था छन् ती सबै समूहका अध्यक्ष इच्छाराज तामाङकै निर्देशनअनुसार काम हुने गरेको छ,’ उनले चाहँदा जुनसुकै काम पनि भइरहेको छ,’ स्रोतले भन्यो ।

सिभिल समूहले हालसम्म सिभिल होम्स, सिभिल सेभिङ, सिभिल मर्चेन्ट वित्तीय संस्था, सिभिल ट्रडिङ कम्पनी, सिभिल बिजनेस कम्प्लेक्स, सिभिल इन्टरनेसनल कन्सल्ट्यान्ट र सिभिल इस्टेट सञ्चालन गरेको छ । यस्तै, सिभिल बैंक पनि सोही समूहले सञ्चालन गर्दै आएको छ । सो बैंकका अध्यक्ष पनि समूहका अध्यक्ष तामाङ नै रहेका छन् । केन्द्रीय कारागार र सैनिक मुख्यालयमा समेत सुरक्षा खतरा हुने गरी निर्माण गरिएको सुन्धारास्थित सिभिल ट्रेड सेन्टर पनि तामाङकै प्रस्तावमा बनेको हो । उनले कतिपय सैनिक उच्च अधिकृत र गृहका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी भवन निर्माण पूरा गरेको स्रोतले बतायो । सिभिल टे«डलाई केन्द्रीय कारागारले जेलतर्फ बत्ती बाल्न रोक लगाइसकेको छ ।


Read Full Discussion Thread for this article