Posted by: Rahuldai January 4, 2013
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
भाग ८ 


 यसरी एउटा प्रेमको भ्रुण हत्या भो . दोषी हामी दुवै थियौं. परिस्थिति थियो . अलिकति अहम थियो .

समय सबै भन्दा ठूलो मल्हम हो भन्छन . बिस्तारै सुष्माको याद र बरबाद प्रेम दुवैले राती जिस्काउँन आउन छाड्यो. केही रात मीठा नीदहरु संगसंगै  सुतें .

प्रोजेक्टको पर्फर्मेसबाट सबै खुशी थिए . हाकिम मारवाडी नै भए नि दिलदार थिए, तलब बढ्यो , हैसियत् बढ्यो . कम्पनीमा शेयर बढ्यो . एक माने मा प्रगती भयो.

उमेश फेरी भाबुक बन्यो अर्को चुस्की संगै .

"भन न भाइ अनि त्यस पछी".... मैले अबको कहानीमा सिर्फ जवानीको रंग मात्र समाबेसिएको होला भन्ने पूर्वानुमानमा हौशाएं. 

"प्रगति कहाँ सम्म पुग्यो त?"

“दाइ , कहानीमा बेजोड को मोड आयो, “ संगै बस्दा अचेल मेरो बोलीको नक्कल गर्ने भएको छ उमेश.


"त्यो छ नि सिलवाल सर, मन्त्रालयको सह सचिब ?"

 

"त्यै गर्ल फ्रेन्ड छ कि छैन भनेर सोध्ने चाही हैन ??"

"हो दाइ,  त्यै सिलवाल सरले ................."

"के भाइ के ??"

'एक दिन कम्पनीको लन्चमा फेरी खुसुक्क कानमा “ भाइले अब त बिहे गर्नु पर्छ है टाइम भयो “ भन्नु भयो'.

ठिकै त भन्नु भा हो नि , मैले सहि थापें .

त्यो लन्च मा मैले केहि भनिन तर अर्को दिन मन्त्रालयमा मा काम कै सिलसिलामा पुग्दा सर ले भन्नु भयो.

“ माइन्ड नगर्नु उमेशजी , मैले केही कुरा थाह पाएको छु तपाइको बारेमा . कसको मात्र जिन्दगीमा दुखको हिस्सा हुँदैन र , कसको मात्र दुखको किस्सा हुँदैन र ?” अब अघि बढ्ने टाइम हो . पवनजी पनि तपाईं देखि बहुत खुशी हुनु हुन्छ, टेक्निकल डाइरेक्टर बनाउंदै छ रे भन्ने सुन्छु म . जिन्दगी लाई आकार दिने, जिन्दगीलाई आभास दिने बेला यही हो . मान्नु हुन्छ भने बिहे गर्नुस , घर बसाल्नुस. “

"के भन्नु सर ... मा अक्मकिएँ.  उमेश मात्र भन्नुस न सर,"

"उमेश जी भने  पनि उमेश मात्र भने नि, उमेर ले मा तपाइंको अभिभावक सरहको मान्छे, र तपाइसंग यतिका समय देखि काम गर्दै आएको छु , तपाइको कु-भलो चिताउछु होला र ??'

-हैन सर मैले त्यसो भन्न खोजेको हैन. सरले जहिले पनि मलाई सपोर्ट र हौशला दिदै आउनु भएको छ . सर प्रति सधै म कृतज्ञ नै छु . मेरो को छ र अब आफ्नो भन्ने, मेरो ख्याल गर्ने. मम्मी जानु भयो, बुबाको हाल तपाईं लाई थाह नै छ .

 

"मेरो कुरा मान्नु हुन्छ भने, अझै भन्छु , असल सुशील केटी संग घर बसाउनुस. आगे प्रगति र खुशी पाउनु हुने छ ."

-हुन त हो सर  तर .........

"तर के ??"

-बिहे त गर्ने .......... तर केटी नि हुनु पर्र्यो नि ?

-भाकीले नाता तोडी हाली . सर संग के ढाट्नु ............... त्यस पछी मैले केटी सेती को चक्कर चट्टकै छोडीदिएँ . धरोधर्म सर .

'त्यो मलाई थाह छ – हास्दै सरले भन्नु भयो “ तपाइंलाई आपत्ति छैन भने मेरो नज़र मा एक जना केटी छ, सुशील छे, कूलघरानकी , पढे लेखेकी...”'

 म सुन्दै थिएँ लज्जा भाव अनायासै देखियो म मा.

"लजाउनु पर्दैन, सोच्नुस , ठण्डा दिमागले . अर्को पल्ट तपाइंको अफिस मा आउदा अझ बिस्तृतमा कुरा गरौला ...."

सिलवाल सरको कुरामा दम थियो . जिन्दगीलाई  सधै बिगतको घाउ कोट्याएर बन्धकी बनाउनु ठीक हैन. अगाडी बढ्नु छ . समय, समाज र रीति संगै हिड्न सकेन भने जिन्दगी सधै निरस र अपूर्ण हुन्छ . म मा कता कताबाट दिब्य ज्ञानको प्रस्फुटन भयो. मन मिल्ने खालकी भए त “हर्ज “ क्या है भन्यो मन ले .

सर हाम्रो अफिस पाल्नु भयो  . सरको  हेराइ मा केही नयापन देखिन्थ्यो . अफिसियल कुरा सकिए पछी मेरो रूममा आउनु भयो.

"उमेश भाई, ठण्डा दिमागले सोच्नु भयो कि गरम दिमागले ?" ठट्यौली शैली, सिलवाल सरको  सधै उस्तै .

-हैन सर ठण्डा दिमागले नै सोचें, अलि अलि गरम थियो दिमाग आइस हालेर ठण्डा बनाएँ . मैले नि सरकै शैली लाइ नक्कल गरें .

-मन मिल्ने खालकी कोइ भए.......... तयार छु सर ................लजाउदै भनें.

"मैले अस्ति नै भनेको थिएँ नि एक जना मेरो नजर मा छ भनेर . तर कुरा पहिला नै क्लियर गरि दिउ. केटा र केटी को व्यक्तिगत कुरा मिले पछी मात्र सबथोक हुन्छ. कसैले भनेको वा कसैको डर वा सम्बन्धमा यसलाई नहेर्नु ."

"नाताले उ मेरी भान्जी, मेरो एक मात्र बहिनीकी एक मात्र छोरी. सानै देखि मा चिन्छु र बुझेको  छु शैली लाई .  मेरो भान्जी हुनु मात्र योग्यताको मापदण्ड हैन. यु ह्याभ टू अन्डरस्तांड इच् अडर  एण्ड रिअलाइज़द् . एक अर्कालाई बुझेर, पुछेर सबथोक ठिकठाक छ भने मात्र यो सम्बन्ध गास्नु ठिक हुन्छ . अनि तपाईं मेरो ज्वाइ हुन सक्नु हुन्छ . मन्जुर छ भने म बहिनी र भान्जी नानी संग कुरा  गर्छु ."
 

"सोचेर भन्नु होला फोन मै भने हुन्छ, अहिले मन्त्रालयमा मिटिंग छ , गएँ."

-सर जानु भयो, म ट्वाँ परेर हेरिरहें ........... केही हलचल छाती को देब्रे पाटोमा भएको महसुश भो.

क्रमश:

 

 

 

 

 

Read Full Discussion Thread for this article