Posted by: caliber19 January 2, 2013
उपहार (कथा)
Login in to Rate this Post:     0       ?        
 उपहार (कथा) भाग ६
 
 
तर त्यो हावाको नाम सुर्य पर्‍यो, है बुढा ! तल झर्दै गर्दा उसैले भनी । 
 
 
खोइ, ड्यडिलाई त देखिन त काली ? उ butterscotch खांदैथी', मलाई गुलियो उतिसारो मन पर्दैन । 
बेडरुमतीरै हुनुन्छ होला । अलिक लाज मान्नुन्छ एस्ता कुरामा । 
केरे ? झन् म पो लजाउनु पर्ने होइन र ? 
पख न ऐले २-४ शट् दिएपछी लेक्चर सुरु हुन्छ ड्याडिको ! 
alright, कापी-कलम लिएर बस्नुपर्ला तेसोभए ! 
 
 
ड्याडी दर्शन ! बल्ल बैठकमा सवारी भा'रेछ ड्याडिको । 
ल, ल बसौं । सानु, दुइटा गिलास ल्या त । ठुलो ड्याडिले नै निम्त्याए । म सशुरा बासंगै बसें, रिया भित्रतीर लागी । 
मेरो त अलिकती काम थियो .. सशुरा बाले बल्ल मुख फोरे । 
ए, ठिकै छनी । म पनि अघी भर्खरै हो आएको । मैले हांस्न खोज्दै भनें । 
सशुरा-ज्वाइं त उस्तै-उस्तै भेटिए जस्तो छ है । हाम्रो यो पनि निकै कम बोल्छ । ठुलो ड्याडीले सहजकर्ताको भूमिका खेल्नथाले तर, उन्लाई म पनि कम बोल्छु भन्ने किन लागेछ कुन्नी ! पछी था' पाउनेछौ बुढा, मैले डिङ हांक्न थालेसी अच्छे-अच्छेका पनि बोल्ती बन्द हुन्छ भनेर, मनमनै सोचें । रिया किश्तिमा दुइटा खाली गिलास र एउटा भरी बियर मग लिएर आइपुगी । 
बियर कस्लाई होनी ? अंकलजीको पनि वाक्य फुट्नथाल्यो अब, signature ले ताल दिन थालेर नि होला । रियाले हातको ईशाराले मतीर देखाइ । उस्लाई गाह्रो थियो, 'यिन्लाइ' भन्दा सोमतको डाइलग खाइने, 'वहांलाई' भन्ने उस्को बानी नाइ !
कां यो खाइरने ? मलाई त जुस खा' जस्तो लाग्छ भन्या ! भित्रै लैजा । ठुलो ड्याडिले मेरो दिलको कुरा भनिदिए, कुरो सही हो पनि; फेरी पहिलो पटक सशुराली आएको बेला पटक-पटक ट्वाइलेट गैर'नु मेरालागी पनि अप्ठेरो ! 
बाबुलाई soda राखौं कि ice ? बारटेण्डर बनेका ठुलो ड्याडिले सोधे । आफ्नो निट खाने बानी, अरु केही मिसायो भने पातलो भएझैं लाग्छ ! तर त्यहां औकात देखाइहाल्नु पनि भएन । 
थोरै ice. मैले मन मारेरै भनें । 
बाबा, त्यो अलिक मिलाइदिनु त । आन्टीजीले आफ्नो पतीदेवलाई टेबुलमा ठाउँ बनाइदिन आग्रह गरिन्, नयाँ लटको बफ-छोयलाकोलागी । मैले घांटी कन्याएजस्तो गरी आफ्नो जनै छामें, कतै बाहिरै देख्याछकी भनेर ! हुन त रियाले भनीसक्या हुंदी हो, ठुलो खशी र दारावाला खशी नि मलाई चल्छ भनेर । 
दिदी के गर्दैछे ? तिमेरुको सक्याभे एतै आव । सशुरा बाले अर्धाङ्गिनीको backup महसुश गरे । 
अं, अब एकछिनमा । एक-दुइटा पुराना प्लेट लिएर भित्र जांदै आन्टीजीले भनिन्, fanta (होला सायद) को गिलास बोकेर रिया आई । 
 
 
हिंजै जस्तो लाग्छ एस्लाई तेल घसेको, अब ऐले हेर .. तर ब्या त आफ्नो खुट्टामा उभिएपछी मात्र गर्दिने है, फेरी बाबुको घरकासँग पनि भेट्नु पर्‍यो; हाम्ले मात्र भनेर नि भएन । ठुली साशु भाव-विभोर हुने बहुत कोशीस गरिन् । महेफिल अब जम्न लाग्याथ्यो, हामी सबै बैठकमै थेम् । मैले भर्खरै २ गिलास मात्र अन्लोड गर्याथें र मात्रै, अंझ त्यो नि ice सँग ! तेही भएर ठुली साशु बचिन्, नत्र त भन्दिंदो हुँ - 'जन्म दिने बाउ-आमालाई मत्लव छैन एस्ता कुरा, तिमी बेसी जान्ने हुन्छ्यौ बुढी ?' 
खै ! हाम्ले भनेर हुनेनी हैन, हाम्ले नभनेर नहुनेनी हैन । केटा-केटिको मन मिलेपछी के गर्नु ? आन्टीजीले खास्साको कुरा गरिन् । एस्पाला 'लुक्' को रिले खेलमा भने केही नया खेलाडीहरु पनि सामेल भए; 'किन प्याच्च बोलेकी' भन्ने पारामा अंकलजीले आन्टीजीलाई हेरे, 'ठिकै होइन त' भन्ने पारामा आन्टिजीले सशुरा बालाई हेरिन्, 'सांच्चै हो र' भन्ने पारामा सशुरा बाले साशु आमैलाई हेरे, 'कुन्नी, यो मोरोको के भर' भन्ने शंकाको पारामा साशु आमैले मतिर हेर्दै खेल टुंग्याइन् । 
भेटौंलान्त वहाँहरुलाई पनि, आजै-अहिल्यै के हतार छ र ? ठुलो ड्याडिले बारटेण्डिङ गर्दै भने । 
एता पनि है । सशुरा बाले आफ्नो र मेरो गिलास देखाए, हाम्लाई मुडमा आउन अंझै २-४ गिलास बांकी थ्यो, सायद । 
एss धेरै नराख्दिनुस् है, पढ्न पो जानुपर्छ त भोली । रियाले चिन्ता पोखे जस्तो गरी तर उस्लाई नि था'थ्यो मेरो क्यापासिटी कती छ भनेर र मलाई नि था'थ्यो उस्को त्यो fanta जस्तो देखिने गिलासमा केको मिश्रण छ भनेर ! 
हामी पनि अफिस जाने होनी सानु, तेरै घरमा को बसीरन्छ र ? ठुलो ड्याडिले गरुड पुराण वाच्या जस्तो मिठो लयमा भने । 
लेखापढी गर्ने मान्छेले कां हाम्रो सिखो गरेर हुनेभो त नि ? यि ठुली साशुको मुखमा त कसैले टेपै लाइदेनी हुने ! मलाई अलि-अली लाग्न थालेको पनि उत्रेला जस्तो कुरा गरिन् । 
खाना कतिखेर खाने ? साशु आमैले सशुरा बालाई सोधिन् । आफुले पकाएका मिठा व्यञ्जनहरु मलाई भोजन गराउनु भन्दा पनि छिटो-छरितो मलाई घिचाएर त्यांबाट दफा गराउने उद्देश्यले नै अभिप्रेरित हुंदो हो उन्को सोधाई ! 
खाम्ला नि एकछिन्मा । सशुरा बाले हातको घडी हेर्दै भने, मैले सिध्धिनै लागेको आफ्नो गिलासलाई हेरें अनी ठुलो ड्याडी नजिकैको बोतललाई । 
बाबुलाई पनि त ढिला भोहोला । ठुली साशुले एकबार फेरी आगो ओकलिन् । मलाई त्यो रापमा धेरै सुकुटी भैर'नु मन लागेन, गिलासमा जेजती बचेकोथियो एकै घुट्कोमा स्वाट्ट पारेर भनें, "हजुर, अब खाएर लाग्नु पर्ला ।" 
 
 
करीब डेड दशक नै बितिसकेछ, ऐले त ठुली साशुको ब्यबहारमा निकै लचीलोपना हुन्छ, हुनुपनि पर्‍यो । अबनी तिन्का के हिम्मत हाम्लाई रुखो बोली बोल्ने, हाम्ले केइ भन्नु अगाडी नै हाम्रा छोराछोरीले र्याखर्याख्ती पार्दिन्छन् फेरी उतिसारो भेट नि हुंदैन; १-२ वर्षको एकचोटी न हो । 
 
 
एस्पाला क्रिश्मस मान्न दाइले san fransisco तिरै बोलाउनु भाथ्यो, भाग्यवस कामबाट लामो बिदा पाइयो पनि । phoenix मा १ घण्टा चानचुनको transit र तेस्पछी sfo मा ल्याण्डिङ थियो हाम्रो, अनी तेतैबाट la मा जिनालाई भेट्ने कार्यक्रम पनि तय भाथ्यो । जिनाको बारेमा पछी मैले सबै भन्देकोथें, रियालाई । मैले बुझे अनुसार रियाको मनमा त कुनै तुक बांकी थे'न, जिनाको मनको कुरा उही जानोस् ! 
 
 
जिना एक्लै हो कि अरु कोही पनि आउंदैछन् र ? sfo बाट lax कालागी प्लेन बोर्ड हुनुभन्दा केही पहिले रियाले सोधेकी थिई । 
राम जाने ! खै के surprise छ त भन्थी केरे फोनमा । 
पुरानै टाइपको surprise त नदेली नि ! 
त्यो ट्याकल गर्ने तेरै जिम्मा है काली अब, मैले त एकबार भोगिसकें । 
मनभित्र लड्डु फुटिराहोला, मलाई चेपारो घस्छौ ! लोग्नेमान्छेकालागी 'घरकी मुर्गी दाल बराबर' त हो नि ! 
होइन बुढी, मेरो चिकेन तन्दुरी त तैं हो नि । 
भो-भो देखियो; अघी त्यो लाइनमा अगाडिपट्टीकी गोरिलाई कसरी घुर्दैथेउ, देख्याथें मैले । 
ए बा ! कतै न कतै त हेर्नै पर्‍यो त यार ! पट्टा ला'को घोडा जस्तो भएर हिनुम त म ? हैन, छोराछोरी साथमा नहुने बित्तिकै किन तंलाई झगडाको मुड चल्छ हं ? 
तिमीसँग झगडा गर्न मज्जा आउंछ के ! उ हांस्दै मेरो ज्याकेटमा झुण्डीई । 
के गर्या ? खै छोड् ! छोराछोरीको आमा भएर पनि .. 
दिल जवान छ नि बुढा ! मेरो ज्याकेटको भित्रपट्टीबाट हात छिराउंदै उस्ले अंगालो मारी, एक त अमेरिका झन san fransisco airport को त्यो भिड, एस्ता कुरा कल्लाई मत्लव हुनु ? 
 
 
baggage claim बाट निस्कनासाथ जिना देखापरी । केही आश्चर्य र औपचारीकता पछी उस्को बासस्थानतीर लागियो । 
तिमीहरु मात्रै आएछौ त, म त सबै आउनेहोला भन्ठानेको । lexus भित्र बजिरहेको mltr को complicated heart को आवाज कम गर्दै जिनाले सोधी । 
अं, दाइकोमा नै बस्छौं भने उनिहरुले । रिया अगाडि बसेकीथी' उसैले भनी । 
अनी क्रिश्मसमै आउनु पर्दैन त ? शिसामा मलाई हेर्दै सोधी । 
क्रिश्मसमा आएपछी फेरी new year छुट्ने ! मैले पनि शिसामै हेरेर भनें । 
बसाइ कती छ नि ? यो प्रश्न साझारुपमा तेर्स्याइ । 
wednesday 4 pm मा त फ्लाईट नै छ, san fransisco बाट । रियाले उत्तर दिई । 
एss ! एतिछिटो जान पाउंदैनौ है, अलिक बस्नुपर्छ । १६ वर्षपछी त बल्ल भेट भा'छ ! 
हैन, return ticket नै काटेर आको भन्या । २-३ दिन त बसीहालिन्छ नि, कामबाट बिदा पनि तेती नै मिल्यो । मैले बाध्यता पोखें । 
बाहानामा त तिम्लाई कल्ले जित्छ र ? यिं भएर पनि कहिल्यै भेट्ने होइन ? उस्ले नि गुनासो बिसाइ । 
ए ! तेसो पो ! यो डाइलग त हजुरकालागी पनि त लागु हुन्छ होला, हैन ? 
तेइ भन्या, झन तिमी त एक्लो मान्छे; जता-जतीखेर हिंडु भनेनी सजिलो ! रियाले पनि थप्थाप पारी । 
भन्न सजिलो छ मैचा .. जिनाले अलिकती स्पिड बढाउंदै लेन चेन्ज गरी । मार्ल्बोरो-रेड निकालेर एउटा मलाई दिई, एउटा आफुले सल्काइ; मैले  light खाने गर्याथें तर त्यो दिन red नै सल्काएं । जिनाले अलिकती शिसा झारी, तैपनी गाडीभित्र धुवां मडारिंदै थियो, उसैगरी हामी तिनै जनाको मगजभित्र पनि १६ वर्ष अघिको याद मडारिंदै थियो; सायद । 
 
 
तेही राती kansas बाट शरु र भोलीपल्ट बिहान houston बाट रुबी र जीवन पनि आइपुगे । अब त झन माहोल पुरै कलेजवाला बनेको थियो, गुरुको मात्र अभाव खट्कियो । बारबिक्यु र सि-फुडसँग कुन जांडका कती गिलास ठोक्काउंदै के-के गफ भए, तेस्को हिसाब-किताब रहेन । 
 
 
छुट्टीने बेलामा, जिनाले मलाई एउटा पोको थमाउंदै भनेकी थिई, "लौ, तिम्लाई नयाँ सालको उपहार" अनी रियालाई भनेकी थिई, "तिम्रोलागी त पैसाले किनिने कुनै वस्तु ल्याइन है मैले, त्यो साह्रै तुच्छ हुन जान्थ्यो । एस्तो अमुल्य उपहार दिसक्याछु मैले ।" 
 
 
हाम्रा तर्फबाट पनि जिनाको घर पुगेको रातमै एक-एकवटा पोका थमाएका थियौं उस्लाई, रियाले दिएको पोकोभित्र केही ज्वयलरी आइटमहरु थिए तर मेरो पोकोभित्र जिनाले १६ वर्ष अघी मलाई दिएको उही नोटबुक र अर्को चिट्ठी थियो । उस्को आग्रह, उस्लाई नै मैले उपहार दिएकोथिएं, तर बेग्लै अर्थले । अहिले म san fransisco देखी dc उडेको us airways को flight 721 भित्र 5d मा बसेर यो कथाको बिट मार्दैछु; अघिल्लतीरका २ सिटमा छोराछोरीहरु brave हेरिरहेका छन्, संगै बसेकी रिया मेरो कुममा टाउको अड्याएर यो उपहार पढ्दैछे, la मा मैले छोडेको उपहार खोलेर - खै ! जिना के गर्दैहोली, के सोच्दैहोली ? म एसै भन्न सक्दिन । 
अश्तु 
 
Read Full Discussion Thread for this article