Posted by: caliber19 January 2, 2013
Login in to Rate this Post:
1
?
Liked by
वाह ! थाने वाह ! क्या बात !!
मलाई तपाईंको कुनै पूर्ण कृती पढ्ने भोक उहिले देखिको हो, मैले बिन्ती पनि चढाउंदै आ'कोथें र त्यो मेरो धोकोलाई यहाँले उपहारको पछील्लो भागमा पुरा पनि गर्दिनु भाथ्यो - तेस्कालागी नतमश्तक छु; तर उताको प्रतिकृया उतै दिम्ला भनेर बसेकोथें, आज यहाँ भने आफुलाई रोकी राख्नै सकिन ।
शिलै न हो बगरको त्यो, तेइ शालिग्राम माने तिमीलाई
जीवनको सार निश्सार जस्तो, नहोस् है थाने तिमीलाई
छोडिदेउ मुट्ठी र मानाका कुरा, दिल यो मुरिको तिमीलाई
नहेर सानो ढोको र आंगन, स्वागत यो धुरिको तिमीलाई
उछिनी अघी बढ्नेछन् धेरै, साथ हिन्ने छायां होस् तिमीलाई
लाएर छिर्के लडाउलान् कोही, हात दिने माया होस् तिमीलाई
बैरी हुन् साना ईश हुन् दाइना, सुख सागर सरीको तिमीलाई
प्रगती-पथमा पदचाप हुन् तिम्रा, यश जगत भरीको तिमीलाई
नेपाली व्याकरणमा त म गोबर-गणेश नै हो, त्यसकारण ठुल्दाइका सुझावहरु नै मार्गदर्शक हुनेछन् भन्ने आशा छ । हुन त केही आधारभुत नियम बाहेक अन्य अंकुश लाइदिंदा रचैताको अभिव्यक्ती सिमित हुनजान्छ भन्ने पनि एक जमातको मान्यता छ र छन्दबद्द भन्दा छन्दमुक्त पद्यमा यो अभ्यास प्रचुर मात्रामा भैरहेको पनि पाईन्छ । छायावादिहरुको ठीक उल्टो ध्रुवलाई टेकेर, नया प्रयोगको नाममा कतिले त अब रस र अलंकारलाई पनि नजर-अन्दाज गर्न थालेकाछन् तर कविता पढ्दा थोरै भएनी कविता पढेजस्तो लाग्यो भने मलाई चाइं मजा आउंछ, त्यो कुनै सम्वाद वा विवरण जस्तो मात्र नहोस् । बांकी रह्यो तपाईंको कविताको कुरो; यो ज्यानलाई त निकै मन पर्यो, धन्यवाद तेस्कालागी । मलाई त र्यापरसँग कहिले मत्लव हुन्न, त्यो भित्रको चक्लेट मिठो भएसी पुग्यो !
जीवनको खोजाइ र दांजाइका पंक्तिहरुले केही भावुक पनि बनाए । आगामी दिनहरुमा अंझै पस्कंदै जानुहुनेछ भन्ने आशा छ ।