Posted by: caliber19 December 31, 2012
उपहार (कथा)
Login in to Rate this Post:     0       ?        
 उपहार (कथा) भाग ५ 
 
 
उही तिमीलाई चटर-पटर गरेर हैरान पार्ने 
पागल 
 
 
चिट्ठी पढि सकेर मन कस्तो-कस्तो भो । यो केटीको सुद्धी कहिले फिर्ने होला भन्ने लाग्यो । यि सब कुराहरु भैसकेपछी पनि ? मलाई त लागेको थियो, जीवनयात्रामा अघी बढ्न र बाटोमा भेटिने बेथाहरु बटुल्न, अब त एस्ले सिकेकीहोली । जीवनलाई परिवर्तनसँग समानान्तर रुपले अर्थ्याउने मान्छेले फेरी किन तेसैलाई भाविको लेखोटसँग, पुर्व जन्म र पुनर जन्मको परीणामसँग जोडेकिहोली ! किन बांचाइलाई जन्मदै लेखिने जित र हार अथवा बदल्नै नसकिने साश्वत सार भनेर बुझेकिहोली ? हुनत कुनै एकले यो चोलालाई जसरी बुझ्छ र बांच्छ, तेही नियम नै अर्कोकालागी पनि लागु हुनुपर्छ भन्ने पनि मेरो मान्यता होइन - कोही साधु छन् यहाँ, कोही सर्जग छन् यहाँ, सृष्टी यो एउटै भएपनी शृजनाका हजार सन्तती छन् यहाँ; बांच्नु कसैलाई बरदान यहाँ, मृत्‍यु कसैलाई मोक्ष यहाँ, दृश्य त्यो एउटै भएपनी हेर्नेका हजार दृष्टी छन् यहाँ । र सायद, अपवाद भन्नुको अस्तित्व पनि छ क्यारे यहाँ ! 
 
 
क्लासमा ग्रुप बाहिरका २-४ जना थिए, म कसैसँग केही नबोली झोला फालेर झरें । चुरोट खान्छु भनेर निकालें, जिनाले कुनै दिन बट्टै झम्टेको र क्षितिजतीर हेर्दै लामो पप तानेको घटना कताबाट हो, स्‍मृतिमा आइपुग्यो; एकछिन बट्टा तेत्तिकै ओल्टाइ-पल्टाइ हेरिरहें । बट्टाको लोगो र अक्षरहरु केइ नि देखिन बरु, उस्को "can i sit here ?" सोधाई देखी मेरो, "जिना, छिट्टो निको होउ ल, प्लिज ।" सुझ्याइ सम्मका सबै यादहरु कुनै डिजिटल क्यामेरामा प्ले गरिएझैं तेही चुरोटको बट्टामा एक पछी अर्को चित्रित भैरहेका थिए । 
के छ र हो त्यस्तो special त्यो प्याकेटमा ? रियाले अतितसँगको सेतुलाई चुंडाउंदै सोधी, कुन बेला हो मेरै छेउमा आएर उभिएकी रैछे । 
हेरन, यो luxury kings भनेर किन लेख्याहोला भनेर सोचिरा'नी ! ढांट्ने क्रममा मलाई दुइबाजी सोच्नै पर्दैन, दिमाग खुबै छिटो चल्छ । 
luxurious feel गराउंदो हो नि त तिमीजस्तो चुरोटेहरुलाई ! संगै बस्दै भनी । 
के यो मैले चुरोट खानुप्रती ब्यङ्य वा आपत्ति हो ? प्रसंगलाई मोड्नु मात्र मेरो ध्येय थियो । 
तिमी हरेक कुराको अर्थ खोतल्नु किन जरुरी मान्छौ ? फुक न जती मन लाग्छ, तिम्रै ड्याडीको पैसा हो ! रिया ठान्थी, यि वाक्य उस्ले आफैले भनेकी हो; म ठान्थें, मैले उस्लाई भन्न लगाएको हुँ ! 
एदी कुनै दिन मैले आफ्नै कमाइले खाएछु भने ? 
तेस्ले कुनै अन्तर ल्याउंदैन, सायद । 
एदी तिम्रो कमाइले खाएछु भने ? 
मलाई खुशी नै होला तर केही सिमाहरु हुन सक्छन् । 
एदी हाम्रो कमाइले खाएछु भने ? 
खुशी कम र सिमा बेसिको अनुपातमा संभावना देख्छु म । 
तिम्रो संभावना सिघ्र नै साकार होस् भन्ने चाहन्छु म, तर सिमाहरु केही कम हुन सक्लान् कि ? 
मत्लब ? अब बल्ल झट्का लाग्यो उस्लाई । 
तिमी हरेक मत्लबलाई बोलेरै बयान गर्नु किन जरुरी मान्छेउ ? मैले एक खिल्ली सुर्य निकालेर सल्काएं, सपना र बिपनाको संघारमा उभिएकी जस्ती देखिन्थी रिया । 
 
 
दाईss दुइटा चियाss । आज उसैले मगाइ । 
यो कस्को कमाइबाट ? 
तिम्रो सशुरा बाउको ! प्लिज एक पटक डाइरेक्ट भनन, मलाई heart-attack आउला जस्तो भैसक्यो । 
मलाई अड् लाग्छ । तिम्ले बुझेउ त, भएन ! 
नाइ, नाइ ! उ खुट्टा बजार्दै मेरो पाखुरो समातेर झ्यांक्न थाली । 
ok, i like you. 
अहं, एतिले त मरिगए हुंदैन । ३ वर्ष कुराएका छौ, छिट्टो केss ! 
पख, कुनै दिन ring ल्याएर formally भनुम्ला । 
भो, पछीका कुरा पछी गरौंला, अहिले खुरुक्क भन । 
ए बा ! अहिले देखी नै घुर्की ? म त आफ्नो निर्णयमाथी पुनरविचार गर्नुपर्छ कि क्या हो ! 
अनी के त ? एक-एक तड्पाइको ब्याज सहित अशुली गर्नुछ । ल-ल, get on your knee ! 
stop kidding. यो सब म गर्छु होला नि ? 
अरे वा ! you have to ! नत्र म रिसाएर गएं ! उ उठी । 
अरे यार, बसन । ok, ब्रेकमा भन्छु ल छतमा, happy ? उस्को हात तान्दै बसाएं । 
no way, अहिले नै भन्नुपर्छ । right now, right here. 
हांसो-मजाकमा कुनै पनि नौटंकी गर्न मलाई कहिले पनि जोख्नु-जमाउनु पर्दैन तर यहाँ कुरा अलिक भिन्दै थियो, मलाई पक्कै अप्ठ्यारो लागेको थियो, अर्को उपाए थिएन पनि । हातको चुरोट फ्यालेर घुंडा टेकें, उ बेन्चमै बसेकी थिई, उस्को हात समातेर बडा मुश्किलले भनें, "riya, i love you, will you please marry me ?" 
oh, thanku-thanku-thanku ! उस्ले गम्ल्याङ्ग अंगालो हाल्दै मलाई भुंइमै ढलाई । 
ओए ! के गरेकी ? कपडा सबै फोहोर भो भन्या । उस्लाई माथि घचेट्दै भनें । 
बालै भो, thanku-kiss चाइं ब्रेकमा ल, first-lip's ! बीस्तारै भनी, केही लजाउंदै । 
no way, रियाजी । right now, right here ! ढाडको धुलो झार्दै भनें । 
नाटक नगर ! उस्ले चिया समाती, मैले चुरोट निकालें । 
एss आफुलाई पर्दा चाइं नाटक ? मलाई त चाइयो, चाइयो ! 
सांच्चै भन ! भर्खरै एक सुरुप चिया तानेको ओंठ पुछ्दै भनी । 
अं । 
सांच्चै भन ? हातको चिया साइडतिर राखी । के गर्छे यो ? एहीं चटक देखाउन थाली कि के हो ? मलाई डर लाग्यो । 
हैन-हैन, जिस्केको मात्रै ! के हो तिमी त ? पछाडिबाट उस्को कपाल तान्दै भनें । 
प्यार किया तो डरना क्या ! कुमले धकेल्दै भनी । 
धेरै फिल्मी नहोउ, चिया सक, क्लास सुरु हुने बेला हुनथाल्यो । 
आज बंक गरुम्न ! आंखामा चमक ल्याउंदै मेरो हात समातेर प्रस्ताव राखी । 
शुरुवात नै क्लास छोडेर गर्ने र भन्या ? 
हेरन, मलाई त कस्तो छट्पटी भैसक्यो के । कता जाउं - के गरुं भा'छ ! 
खुरुक्क क्लासमा जाने, ध्यान दिएर पढ्ने । 
हस् पतिदेवजी, तर यो शनिबार पक्का है त, हामी दुईजना मात्रै ! 
 
 
के भो रिया ? anything wrong ? उस्को निन्याउरो मुख देखेर सोधें, अर्को दिन । 
मैले हाम्रो बारेमा भनेकोथिएं घरमा । 
अनी ? 
वहाँहरुले मान्नु भएन । भुइंतिर हेर्दै भनी । 
हेर, मैले त पहिले नै भनेको थिएं एस्तो हुनसक्छ भनेर । अब ? 
म त कस्तो दोधारमा परें । तिमी भन न के गर्ने ? 
मेरो बिचारमा त अहिले नै आत्ती हाल्नुपर्ने त्यस्तो केइ छैन । भन त, कस्का बाउ-आमाले, 'जा छोरी, पढाई-लेखाइ छोडेर कुनै केटासँग छिल्लिंदै हिंड्' भन्लान् र ?' फेरी त्यो पनि मजस्तो भर्खरै बिई पढ्दै गरेको केटोसँग, वहाँहरुलाई तिम्रो भविश्यको चिन्ता त होलानी । समय बित्दै जांदा सायद वहाँहरुको धारणा पनि बद्लेला । मैले सान्त्वना दिंदै भनें । 
तर पछी पनि मान्नु भएन भने ? उस्ले संका पोखी । 
ठण्डा दिमागले सोच रिया; हेर, हामी आफ्नो खुट्टामा उभिएका छैनौ तेसैले तिमीलाई कहीं अन्तै लिएर जान त अलिक गार्हो होला तर आज-अहिले नै घरमा लिएर जान सक्छु र मेरा बाउ-आमालाई जसरी भएनी मनाउने ग्यारेन्टी पनि लिन्छु । त्यो भन्दा पहिले तिमीबाट भने मात्र एउटा कुरा जान्न चाहन्छु; के यो सही हुनेछ या गलत ? र, कुनै पनि निर्णय लिनकोलागी तिमी स्वतन्त्र छेउ । 
तिम्रालागी सही के हो ? 
समय । आफुलाई योग्य पार्न चाहन्छु, तिम्रालागी । 
के यो तिम्रो एक्लो विश्वास हो ? 
होइन, तिम्रो निर्णयले अहम् भूमिका खेल्नेछ । 
मेरो निर्णयले तिमीमाथी घात हुनेछ भनेर डराएका छैनौ ? 
तिमीलाई आफ्नो मानिसकेपछी तेस्ता कुराहरु गौण हुन् । 
पक्का ? 
भन, म तयार छु । 
तेसोभए भरे खाना खान आउ घरमा ! कुटिल पाराले मुस्काउंदै भनी । 
केरे ? कुनै नराम्रो सपनाको बिच्मै ब्युंझे जस्तो भएं म । 
एकपटक भेट्न खोज्नु भा'छ ! green signal छ, नडराउ ! अब उ ताली बजाउंदै हांस्न थाली, मलाई ठुलै डज् दिएकी थिई ! 
पख काली, मेरो हातबाट राम्रै भेटेउ अब । मैले खेदाएं, झोला च्यापेर दौडीई उ । 
 
 
टाइममा आइपुग है, first impression को सवाल छ ! छुट्टीने बेलामा रियाले फेरी याद दिलाई । 
ल बाबा । ६ बजे भन्या होइन त ? साडे ५ बजे नै आम्ला भएन ? 
ओहो ! किन एस्तो आत्तुरी ? आजै कन्यादान गर्दिन्छन जस्तो लाग्यो कि के हो ? 
के था' ? हाम्लाई यो कालीले हुक्क पारीसकी, आजै लैजा भन्न नि के बेर ? 
उस्, सपना नदेख ! सुनन, केइ नखाइ आउन मिल्छ भने ? 
भोकै आउनु ? मलाई उस्को आशय था' थियो तै पनि जोक गरें । 
त्यो भनेकी होइन, बदमाश ! बीस्तारै चिमोटी उस्ले । 
 
 
सांच्चै जांदैनस् त भन्या ? म त एक्लै हुने भएं त ! भरे सांझमा गुरुलाई मनाउदै थिएं । 
याssर, मलाई यो सब कुरामा नफसा न हो ! बुढो पार्टीसँग मेरो ट्रम नै खान्न के, तंलाई त थाहै छ नि । 
एउटा कुनोमा जांड तान्दै मलाई company दिएर बसेस्, भैगो त ! 
ज्वाँईं साब्लाई मान-मनितो गर्न बोला'होलान, म किन जानुनी ? उस्को जाने मुड देखिन, मलाई नि कर गर्न मन लागेन तर कता-कता मनमा मलाई बिझिरहेको थियो; मैले बाजी मारें भन्ने कुरामा त खेद थिएन कतै गुरुलाई ? 
तैंले कुनै दिन रियालाई मन पराउंथिस् हो ? 
साले, एस्तो गाली नदे है । तैंले यसरी बुझ्छस् भने म जान तयार छु - जेसुकै गर्न नि तयार छु । 
मलाई कहिलेकाइं guilty feel भएजस्तो हुन्छ यार, तेसैले सोधेको; अन्यथा नली' ल । 
मैले कहिलेइ उस्लाई___ ए, सरी; वहाँलाई त्यो नजरले हेरेको छैन, ढुक्क हो । 
i hope तैंले सांचो बोलेको छस्, तंबाट खोसेर आफ्नालागी केही हाशिल गरें भने त्यो मलाई बाचुन्जेल बोझ हुनेछ, बुझिस् ? 
यो भ्रमलाई गिदीबाट निकाल् र धेरै sentimental पनि नहो । बरु, छिटो गैहाल्, सशुरा बाले घडी हेर्दै होलान ! 
लु त यार, म निक्लिनु पर्ला अब । 
best of luck ! धेरै नखाएस् ल, म यहाँ बन्दोबस्त गरिराख्छु, भरे celebrate गर्नुपर्छ । 
 
 
टाढैबाट रियालाई कौशिमा देखें, अलिक चैनको साश पलायो । उ तल आएर गेट खोलिदीई, आफ्नो फट्फटे लगेर टोयोटा कोरोलाको छेउमा ठड्याएं; क्यार्नु ! मेरा बा बिज्नेसम्यान परेनन् त भनेर चित्त बुझाएं । 
ओए काली, घरमा को-को छन् हं ? मैले करीब-करीब साशैले सोधें । 
ठुलो ड्याडी - ठुलो ममी र अंकल-आन्टी नि आउनुभा'छ । किन, नर्भस ? 
अं यार । एक-दुइवटा औषधी खाएर आउनुपर्ने रेछ ! 
अनी त कुटाइ पनि खान्थेउनी । चिन्ता नमान क्या बुढा, म छु नि । सिंढी उक्लंदै गर्दा मेरो हात च्याप्प समातेर उस्ले भनी । उस्ले एती भनिदिंदा मात्र पनि ममा गज्जबको साहश बटुलियो ! तर कोइ ठुलो मान्छे वा परिवारका सदस्य साथमा भैदिएको भए हुने, भन्ने सोचाइले अलिकती अभाव पनि खट्कियो । 
 
 
बैठक कोठामा रियाको ठुलो ड्याडी र अंकल मात्र थिए, signature को बिर्को खोली सक्या रहेछन्, साथमा मासु र अचारका केही परीकारहरु पनि थिए । नमस्कार गरेर म छुट्टै सोफामा बसें, रिया भुइंमै बसेर रिमोट खेलाउन थाली । 
हामी त सुरु गरिसक्याछम् केरे, बाबुलाई चल्छ कि चल्दैन ? ठुलो ड्याडी अलिक फरासिला रहेछन्, वार्ताको थालनी उनैले गरे । अंकलजीले मन्द-मन्द मुस्कान छरी मात्र रहे । 
ऐले एकछिनमा के, सबैसँग भेटिसके पछी । मैले केही बोल्नु अगावै रियाले सजिलो पारीदीई । 
लैजा न त किचनतिर, आईमाई टोली उतै त होलान् । तेरो ड्याडी पनि कता हरायो ? 
जाम् । रियाले बोली र ईशाराले एकैसाथ भनी । 
 
 
आज तिमी बियर मात्र खाउ है, ममिको आइडिया हो यो । रियाले भन्न त मेरो कानमा भनी, तर किचनमा भएका सबैले सुन्नेगरी ! 
हेर एस्को सोमत ! अब यो तालले त हुंदैन त केटी, तपाईं-हजुर भन्न कैले सिक्ने हो ? नारीवर्गमा भने आन्टी अलिक बोलक्कड रैछिन् । 
साशु आमैले नजानिदो किसिमले मलाई हेरी मात्र राख्थिन, तर जब मैले था' पाएं कि जस्तो हुन्थ्यो, उनी आफ्नै काममा ब्यस्त भए जस्तो गर्थिन । दिउंसै तर्साउने जस्तो यो बज्जेमा मेरी छोरीले के देखिछ त, भनेर अचम्म मान्दै थिईन् कि ? ठुलो ममी भने हातमा सोमरशको गिलास समातेर एउटा कुर्सिमा बिराजमान थिन, किचनको एउटा कुनोमा रेडलेबलको आधी जती बोतल थियो - सायद तेहिंबाट खन्याइेएको हुंदो हो । साशु आमै र आन्टिजीका सामुन्ने पनि एकेक वटा प्याला थिए तर उनिहरु के-केजाती पकाउंदै पनि थिए । म अर्को कुर्सिमा भरसक भलादमी देखिने चेष्टा गर्दै र भित्र-भित्र थुरथुर काम्दै बसेको थिएं, रिया मसंगै उभिएकी थिई । 
बाबुको घर धरान भन्नु भा हैन त ? ठुली साशुलाई मैले कैले भनेछु कुन्नी ! सायद रियाले साशु आमैलाई र साशु आमैले उन्लाई पास गरेको मेरो बायो-डाटाको आधारमा सोधेकी थिन । 
हजुर । मैले पानीको गिलास डाइनिङ टेबुलमा राख्दै भनें । आफुहरु भने रेडलेबल धोकिराछन् मलाई भने पानीमै टारिरहेका थिए । अघी त कता हो बियर सम्मको कुरा भएनी उठाएका थिए तर तेही दिने नि छांट्काटै छैन ! तिमीहरुले बिर्स्यौ कि क्या हो भनेर सोध्नु पनि मिलेन ! 
आss, म त ज्वांई साब नै भन्छु; अहिले देखी नै सजिलो के ! अनी ज्वाँईं साब्को घर कतातीर पर्‍यो कुन्नी, धरान त एकचोटी म पनि गा'छु एस्को अंकलसँग । आन्टीजीले एक सिप लिंदै सोधिन । रियाले पुलुक्क साशु आमैतीर हेरी, साशु आमैले रिले खेल्या झैं, फेरी तेही लुक मलाई दिईन ! 
लक्ष्मी चोक हो आन्टी, बुढासुब्बा उक्लिने बाटोको छेवैमा । 
घरमा को-को हुनुहुन्छ नि बाबुको ? रियाले सबै बेलिबिस्तार लाइसक्या हुंदी हो तर यि ठुली साशुलाई किन पुन: प्रसारण सुन्ने मन थियो खै ! 
अहिले त बाबा-आमा मात्र हुनुहुन्छ, दाई बाहिरै हुनुन्छ । 
बाहिर भन्नाले नेपालमै कि बिदेशतीर ? 
अमेरिका । 
ए, भनेपछी त ज्वाँईं साब्को पनि उतै जाने प्लान त होलानी, पढाई सक्काएर ? 
खोइ आन्टी, अहिले त केइ सोचेको छैन त्यो बारेमा । 
मलाई त मन पर्दैन है अर्काको देशमा गएर चाकडी गर्न, गर्नेलाई एहीं छ नि प्रशस्तै । ठुली साशुको चालामाला हेर्दा त यो ज्यानले फल बेगर नै रेड कार्ड पाउला जस्तो छनक देखियो ! 
जेसुकै भन्नुस् दिदी, अमेरिका भन्या अमेरिका नै हो । कतिले टाउकै फोर्छु भन्दा नि जान पाउंदैनन् । जानु पर्छ ब्यारे ज्वाँईं साब, बरु एसो मिलाएर हामीलाई नि बोलाउनुहोला ! धन्न लाइन्स्-वुमन मेरै पक्षमा थिईन् । अब मुख्य डर गएर अड्कियो बेला-बेलामा कर्के नजरले हेरीरहेकी fourth official मा, उन्ले substitution को बोर्ड देखाइदिन् भने त राम नाम सत्य ! 
हामी एकछिन बाहिर गएर आउंछम्, हुन्न ? रियालाई पनि कौन बनेगा करोडपती मन परेनछ क्यारे । 
कता जाने भन्छे यो, सांझ परेको बेलामा ? आन्टीजीले चिन्ताको बार हालिन् । 
तिं अगाडि हो के, आइस्क्रिम खान । रियाले एक लात्तो हानी त्यो बारमा । 
ल हेर ! कुरै-कुरामा केही खानेकुरा पनि दिईएनछ । सुरुमा 'नमस्ते' फर्काएकी थिईन तेस्पछी बल्ल अहिले साशु आमै बोलिन् । कुरै-कुरामा होइन, एक्लै-एक्लै सुरै-सुरामा भुलेर हो भन्नु मन ला'थ्यो ! 
ऐले आएर खाम्ला, हिंड जाम् । रियाले मतीर हेर्दै भनी । 
रिया !! साशु आमैले अलिक ठुलो स्वरमा सचेत गराइन् । 
ह्याss हाम्रो चल्छ के ! पछी भन्नु परे भनुम्ला नि । हिंडीबक्स्योस् ! 
 
 
कां जान ला' सानु ? हाम्रो बोइङ को ट्रान्जिट बैठकमा नपरेकोले, ठुलो ड्याडीबाट इन्क्वाएरी भयो । marshaller ज्यु चाइं अघी झैं मुस्काइ मात्र रहे, aircraft land नहुने भएसी उनी सकृय हुनुपर्ने काम नि भएन । 
एत्तिकै, एकछिन हावा खान । आज रिया नै मेरो आधिकारीक प्रवक्ता बनेकी थिई । 
तर त्यो हावाको नाम सुर्य पर्‍यो, है बुढा ! तल झर्दै गर्दा उसैले भनी । 
क्रमश: 
 
Read Full Discussion Thread for this article