Posted by: metta December 29, 2012
airport मा loot कम्पनि
Login in to Rate this Post:     0       ?        
We think we're safer from these corrupt crooks because we live in western world?

http://weeklynepal.com/index.php/2011-08-01-14-02-10/21037-2012-12-28-05-41-30

अध्यागमनका भ्रष्टलाई जोगाउने खेल

काठमाडौं। साउदीअरबबाट फर्किएकी एक युवतीको २ लाख रुपैयाँ खाने अध्यागमन विभागको मुद्दा शाखाका निर्देशक लेखनाथ पोखरेल, शाखा अधिकृतद्वय रामप्रसाद कोइराला, टीका पोखरेल र नासु सोम खनाललाई निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्नेमा बचाउने चलखेल सुरु भएको छ। सत्ताको नेतृत्व गरेको एमाओवादी निकट कर्मचारी संगठन राकसका पदाधिकारी र नेपाली कांग्रेस निकट कर्मचारी नेताहरू नै सामेल भएको कुकर्मबाट ती कर्मचारीलाई उन्मुक्ति दिने चलखेल सुरु भएको गृहमन्त्रालय सूत्रले बतायो। कर्मचारीलाई जोगाएर प्रहरी जवान पर्शुराम बस्नेतको टाउकोमा सम्पूर्ण दोष थोपर्ने खेलमा राकस र युनियनले दबाब दिन लागेका छन्। यो काण्डको छानबिन गर्ने जिम्मेवारी पाएका सहसचिव भोला शिवाकोटीले कर्मचारी जोगाउन लागेको आरोप छ।  
पासपोर्टमा नाम र फोटो परिवर्तन गरी भारतको बाटो हुँदै साउदीमा पुगेकी विमला केसी (नाम परिवर्तन) २०६९ मंसिर ६ गते नेपाल फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सही नाम बताएपछि अध्यागमनका यी कर्मचारी र विमानस्थल सुरक्षागार्डका प्रहरी जवान पर्शुराम बस्नेतले ती युवतीबाट उनको सम्पूर्ण कमाइ त लुटे नै प्रहरी जवानले उनको अस्मिता पनि लुटेको कुरा सार्वजनिक भइसकेको छ। ती युवतीले २ बर्षसम्म साउदी अरबमा कमाएको सम्पूर्ण रकम लुटी बलात्कार गर्नेहरूलाई तत्काल निलम्बन गर्नुपर्नेमा उल्टै जोगाउने खेल भइरहेको मन्त्रालय सूत्र बताउँछ। यसले नेपालको अध्यागमनका कर्मचारीहरू कति हदसम्म गिरेर भ्रष्टाचार गर्दारहेछन् भन्ने कुरालाई खुलासा गरेको छ। अध्यागमन कार्यालय एयरपोर्टका नासु सोम खनाल र प्रहरी जवानले ती युवतीलाई पैसा असुल्न तर्साएर विभागमा लगी बर्ष काम गरी फर्किएकी गृहमन्त्रालयले सहसचिव भोला शिवाकोटीको छानबिन समितिले बचाउन खोजेको गुनासो छ। डेचेन शेर्पा प्रकरणमा कार्यालय सहयोगी पूर्णबहादुर बस्नेत सहितको मिलेमतोमा भएको असुली काण्ड होस् वा पछिल्लो पटकको यो काण्ड अध्यागमन घुसखोरीमा बदनाम हुँदै गएको छ। 
पटक पटक मौका पाउने कर्मचारी नै दोषी 
सरुवासम्बन्धी ऐन नियम र मापदण्ड विपरीत पटक पटक अध्यागमन कार्यालयमा सरुवा भएका केही भ्रष्ट कर्मचारीहरूकै कारण अध्यागमन कार्यालयमा अनियमितता बढेको कुरा प्रशासनिक नेतृत्वलाई थाहा छ। तर राजनीतिक नेतृत्व र ट्रेड युनियनको चर्को दबाब झेल्न नसक्दा भ्रष्टाचारमा मुछिएका, पटक पटक अध्यागमन चाहारिसकेकाहरूलाई नै पटक पटक अध्यागमनमा खटाउने गरेको छ। पछिल्लो समय युवतीको २ लाख रुपैयाँ लुट्नेहरूमध्ये रामप्रसाद कोइराला नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनको केन्द्रीय अध्यक्षमा तीन पटक हारेका हुन्। दुई पटक भवानी थानीसँग पराजित उनी पछिल्लो पटक सुबोध देवकोटासँग पराजीत भएका थिए। हाल उनी युनियनको सल्लाहकार समितिको संयोजक हुन्। त्यस्तै नासु सोम खनाल एमाओवादी निकट राकसका सदस्य हुन्। राकस र युनियनको मिलेमतोमा अध्यागमनमा अनियमितता मौलाएको कुरा त साँघुले २०६८ साउन २८ गते नै प्रकाशित गरेको थियो।  
युनियन–राकस भागबण्डामा अध्यागमन कार्यालय संचालित हुन थालेपछि रातो पासपोर्ट दुरुपयोग, डेचेन शेर्पा प्रकरणपछि अहिले युवती लुट काण्ड घटेको छ। घुसखोरीका लागि बदनाम अध्यागमन कार्यालयमा राकस–युनियन मोर्चाबन्दी गराउने काम युनियन समर्थक अध्यागमन प्रमुख बेदप्रसाद लेखकले गर्दैआएका छन्। उपसचिव हुँदा पनि लेखक अध्यागमन कार्यालय एयरपोर्टमै थिए। केही महिनाअघि अष्टे्रलिया जान लागेकी एक युवतीसँग भिसाको आकार सानो भएको बहानामा २ लाख रुपैयाँ घुस माग्ने चुडा भट्टराई, उद्धव पनेरु र धर्म न्यौपानेलाई विना कारबाही पुनः एयरपोर्टमै फर्काइएको कुराले दण्डहीनता मौलाएर हाकाहाकी विदेश जाने र आउनेहरू अध्यागमनमा लुटिने गरेका छन्। घुस खाएको आरोपमा गृहसचिवले नै कारबाहीस्वरुप विभागमा फर्काइएका उनीहरूलाई पुनः सोही स्थानमा लगेर पुरस्कृत गरिएको थियो। आकर्षक कार्यालयबाट आकर्षकमा सरुवा हुन नपाइने निजामती सेवा नियमावली कागजको खोस्टो सावित गर्दै २४ (घ१)का शाखा अधिकृत रामप्रसाद कोइराला अध्यागमनमा कति बर्ष बसे भन्ने प्रमाण नै साँघुले फेला पारेको छ। इलामबाट २०४६ जेठ २६ गते बरिष्ठ अध्यागमन सहायकको रुपमा अध्यागमन विभागमा सरुवा भएका उनी त्यसपछि अधिकांश समय विभाग र एयरपोर्टमै कार्यरत रहे। २०४९ माघ २० गते विशेष प्रहरी विभागमा सरुवा भएका उनी पुनः २०५२ पुस १९ गते पुनः अध्यागमन विभागमा पुगे। २०५३ असार ११ गते विभागबाट पुनः अध्यागमन कार्यालय एयरपोर्ट सरुवा भएका कोइराला २०५४ माघ २३ गते अध्यागमन कार्यालय कोदारी सिन्धुपाल्चोकमा खटिए तर उनी कोदारी नगई पुनः एयरपोर्टमै थमौती भए। २०५७ जेठ १२ गते गृहमन्त्रालयमा सरुवा भएका उनी २०६४ फागुन २२ गते विशेष बढुवाबाट अधिकृत हुँदा पुनः एयरपोर्ट अध्यागमनमै थिए। २०६५ फागुन २० गते गृहमन्त्रालयमा सरुवा भएर बढुवा समायोजन भइसकेपछि २०६८ साउन २७ गतेदेखि पुनः एयरपोर्ट अध्यागमनमै बसी घुस खान मस्त छन्। २०७२ भदौ ७ गते अवकाशमा पर्ने कोइराला यसबीचमा कति बर्ष एयरपोर्ट अध्यागमन बसे होलान् भन्ने कुरा यो तथ्यले नै खुलासा गरिसकेको छ। मोरङको सामान्य हैसियतका कोइरालाले अध्यागमनमा बसी अकूत सम्पत्ति आर्जन गरेर काठमाडौंको अनामनगरमा विशाल महल बनाउन सफल भएका छन्। कोइरालाले अध्यागमनमा हालसालै गृहमन्त्रालयका सचिव नवीन घिमिरेलाई बुझाउनुपर्छ भन्दै गरेको अर्को अनियमिततामा पनि छानबिन हुने भएको छ।  
 त्यसमाथि युनियनका फणिन्द्र पोखरेल अध्यागमन र एयरपोर्टमा आफ्नो टिम सेटिङ गरी आफू विभागमा सरुवा भएका थिए। उनले उपसचिव सुरेन्द्र पौडेललाई घुसखोरीको सेटिङ मिलाउन एयरपोर्टमा सरुवा गराएका थिए।  
पटक–पटक अध्यागमनमा बसेकाहरूमा कार्टोग्राफर अधिकृत रामचन्द्र कार्की, २४ (घ१) का अधिकृतद्वय राजेश पोखरेल र दुर्योधन कार्की छन्। त्यस्तै अधिकृतहरू भीमप्रसाद पोखरेल र उद्धव पनेरु, नासु मधुसुदन दाहाल लगायत छन्। त्यसो त गच्छेदारको सचिवालयमा बसेका भीमप्रसाद पोखरेल एयरपोर्ट अध्यागमन र गृहको कर्मचारी प्रशासनमा बसेका अर्का अधिकृत फणिन्द्र दाहाल अध्यागमन विभागमा खटिएका छन्।
 
Read Full Discussion Thread for this article