Posted by: caliber19 December 27, 2012
उपहार (कथा)
Login in to Rate this Post:     0       ?        
 उपहार (कथा) भाग ४ 
 
 
घण्टी गैरहन्थ्यो तर उताबाट फोन नै उठेन । 
 
 
म बोझिल मनले फर्किएं । जिना मसँग पक्कै रिसाएकी हुनुपर्छ, व्यक्तिगत तवरले उस्लाई सही लाग्ने कारणहरु पनि थिए होलान् उसँग तर PCO बाट गरिएको फोन मेरै हो भन्ने कसरी था हुन्छ ? ल, एकछिनलाई थाहै भो रे, तर मेरो फोन जिनाले किन उठाइन ? ल, एकछिनलाई जिना मसँग रिसाएकी हुनाले उठाइन - त्यो नि मान्दिम रे, तर घरका अरु सदस्यहरुले त उठाउनु पर्ने ! यि कुराहरु केही खट्किए मेरो मनमा, केही समाधानहरु निकाल्ने प्रयास पनि गरें तर सकिन, मनले नि मानेन; कलासमा पुगेर झोला उठाएं र निक्लिने मुडमा पुगें म । 
अरे ! कता हिंड्न थाल्या ? शरु एक्लै रहिछ, सोधी । 
हेरन, मेरो urgent काम पर्‍यो के । कसैले सोध्यो भने म गएं भन्देउ ल । झोला भिरेर उस्को पछाडिबाट निक्लिंदै भने । 
i know dude, तिमी .... लाई के पढ्न मन लाग्थ्यो र आज ! (उस्ले उठेर hug दीई, मलाई छतमा रियाको अंगालो सम्झेर आङै सिरिङ्ङ भो; हे प्रभु ! अब एस्ले ह्याट्रिक हान्दी भने त, म त एहीं ठहरै heart-attack ले मर्नेछु भन्ने सोचें) 
जिनालाई फोन गरन एकपटक, कस्तो .... जस्तो मान्छे बा तिमी त ! उस्ले उपदेश दिई, म निक्लिने क्रममा । तर मलाई सन्तोष लाग्ने कुरो यो थियो कि धन्न उस्ले heart-attack दिईन । 
मसँग नम्बर छैन भन्या ! फेरी एकदम हतार नि छ आज मलाई, भोली त आइहाल्लेनी । lie detector ले पनि समाउन नसक्ने गरी झुटो बोलिदिएं मैले र निक्लिएं । 
 
 
कोठामा पुगेर हतारमै change गरें अनी कुदाएं जिनाको घरतिर yamaha-ybx. म उस्को घरमा त्यो भन्दा पहिले कहिलेइ गएको थिईन, गेट बाहिर बाटै देखेको हो । घरमा को-को छन् भन्ने नि राम्रोसँग था थिएन, बाबा-आमा र एक सानी बैनी थिए सायद, मैले बुझे अनुसार, किनकी जिनाले तिनिहरुको मात्रै कुरा गरेको सुनेकोथिएं । त्यहां पुगेर के भन्नु ? किन आएं भन्नु ? जिनाले कुनै तमाशा खडा गरिदीई भने के गर्नु ? एस्ता अनेक असजिलाहरु मनमा उत्पन्न हुंदैथिए तरपनी accelerator घुमाउने गतिमा भने सुस्ती आएन । आss जे पर्ला, पर्ला ! बाहाना-बाजिमा मलाई कल्ले भेट्छ र ? एसो बाटो परेर मात्रै छिरेको, तिर्खा लागेर छिरेको, जिना किन आइन - सोधी हेरुम भनेर छिरेको, अस्ती एउटा नोट छुटेको थियो - तेही लिन छिरेको, मेरो एकजना साथी indian-army मा जान खोज्दैछ - अंकलसँग तेही बिषयमा केही बुझौं कि भनेर छिरेको, आमैले अलिक राम्रो क्वालिटिको ऊन मगाउनु भाथ्यो - आन्टीलाई त्यो बारेमा केइ था'छ कि भनेर छिरेको .. एस्तै आइडियाहरु फुराउंदै जिनाको घरमा पुगें । 
 
 
अघी फोन गर्दा फोन उठाएनन्, अहिले door-bell थिचेर औंलो दुख्न थालीसक्यो तैनी कोइ आउंदैनन् ! हैन, यिन्का साखा-सन्तानले कुन जुनीको खुन्नश उतार्दैछन् मसँग ? एही सोचले मुर्मुरिंदै door-bell थिचिरहें; तर ढोको उघ्रिएन । आखिरमा हार मानें मैले र तेही नजिकैको कुनोको घुम्टी पसलमा पुगें । 
दिदी एउटा पराग दिनु त । (गोजिमा ४-५ पुडिया थियो नै जरुर, तरपनी सशुल्क जानकारी अलिक राम्रो होलाकी भनेर मात्रै)
यो घरमा आजभोलि कोइ बस्दैनन् कि के हो दिदी ? मुखमा पराग ओइर्याउंदै सोधें । 
बस्छन् नि, किन सोध्नुभो र कुन्नी ? 
५ मिनेट घण्टी बजाएं, कोही देखिएनन्, म त कतै लागेछन् कि भनेर नि । 
ए, आज त सबै अस्पतालतीरै होलान् तेसो भए । बिचरा त्यांकी नानीलाई सिकिश्तै भएछ, ब्यानै एम्बुलेन्सां हालेर लग्याहुन् । 
कुन अस्पातल लगे रे दिदी, मेरो साथी हो क्या उ । मैले सक्दो सामान्य पाराले सोधें तर मुटु भने राता-ताता फिलिङ्गाहरुको भुङ्ग्रोमा झुल्सिंदै थियो । 
खोइ, भक्तपुर अस्पातल हो क्यारे । 
ति दिदिको एती वाक्य नसक्किंदै मैले बाइकलाई किक मारीसक्याथें, "एss भाई फिर्ता .. " हो कि तेस्तै कुन्नी के हो भन्दैथिन् ति दिदी तर म धेरै पर पुगीसक्याथें । 
 
 
अरु दिन अरनीको हाइवे र नगरकोट जाने बाटोमा बाइक कुदाउंदा छुट्टै आनन्द आउंथ्यो तर आज मन ब्याकुल थियो, accelerator बटारिरहें, धन्न speeding को ticket खाइन्थेन नेपालमा । गएर inquiry मा बुझ्दा जिनालाई ICU मा राखिएको रहेछ, sleeping pills को over-dose भएको रहेछ । घरपरिवारका सदस्यहरु तेहीं कतै चिन्तित मुद्रामा थिएहोलान् तर कहिले नदेखेको - कहिले नभेटेको, सोधी-खोजी गर्दै हिंड्नु पनि कसरी ? ICU को ढोका बाहिर कुरी बसें, बाहिरी मान्छेलाई भेटघाट मनाही थियो । 
 
 
करीब १ घण्टा पछी एक निराश दम्पती आइपुगे, शोक र पिडाले थिचिएका प्रष्टै देखिन्थे र ति महिलाको अनुहार अलि-अली जिनासँग मिल्दोजुल्दो पनि भएकोले मैले अनुमान गरें उस्का बाबा-आमा हुनुपर्छ सायद । 
अंकल-आन्टी नमस्ते ! यहाँहरुले मलाई चिन्नु हुन्नहोला, म जिनाको कलेजको साथी हुँ । घरमा गएकोथिएं, यहाँ ल्याकोछ भन्ने था'पाएर भेट्न  आएको । मैले एकै साशमा बेलिबिस्तार लाएं । 
ए, बसन बाबु । अंकलले सामान्य रुपमै तेहीं देब्रेतिरको बेन्चतिर ईशारा गर्नुभो । आन्टीको नजर भने मलाई छेडेर आर-पार हुंदैथियो, वहाँको x-ray report मा सायद कहिं-कतै म दोषी भेट्टिएं वा दोषी भेट्टाउन वहाँ प्रयासरत हुनुहुन्थ्यो । म पनि झन के कम, नबिराउनु  - नडराउनु भन्या जस्तो, ठाडै आन्टिसँग नजर मिलाउंदै सोधें, "खास के भाको हो र आन्टी ?" 
 
 
आन्टिले बेला-बेला सारीको सप्कोले आंशु पुछ्दै बेथा बिसाउनु भो - मेरो मन पनि अब पग्लियो, रोयो, कुंडियो - थुक्क म ! जस्तो लाग्यो, बिचरा तेत्रो बज्रपात परेको बेला मैले त्यसरी प्रस्तुत हुन नपर्ने भनेर पछुताएं । आज बिहान मात्र जिनालाई अध्मरो अवस्थामा फेला पार्नु भएछ वहाँहरुले र तुरुन्तै एम्बुलेन्स बोलाएर ल्याउनु भएछ एता । डाक्टरले खतरामुक्त त भनेका छन् रे तर उस्लाई अंझैसम्म पनि राम्रोसँग होस् आइसकेको रहेनछ । 
बाबु, यो बेटाले किन गरेको होला एस्तो ? तपाईंहरुलाई त केही मालुम होला नि ? अंकलले लामो साश फेर्दै सोध्नुभो । हुन त अब मेरो उपस्थिती पछी, अंकल-आन्टी दुबैलाइ थाहा भयो वा कम्सेकम पनि शंकाको घेराभित्र मलाई राख्नु भएकोथियो कि जिनाले एसो गर्नुको पछाडि कहीं न कतैबाट, कुनै न कुनै हिसाबले, धेरै वा थोरै .. त्यो डोरिको गांठो मैसँग बांधिएको छ; तर वहाँहरुले सिधै सोध्न सक्नु भएन र मैले भन्नु पनि कसरी ? 
अंकल एकपटक जिनालाई भेट्न सकिएला कि ? मैले प्रसँग फेर्दै सोधें । 
भेटेर के गर्नुहुन्छ, आधी लाश जस्तो भएको छ उ । अंकलले आंखा रसिलो पार्नु भो । 
एकबार जाम् न त । आन्टीले अंकलतिर हेर्दै भन्नु भो, वहाँलाई सायद कतै आश हुंदो हो, मलाई देख्नासाथ जिना च्वाट्टै निको हुन्छे भनेर । 
 
 
हामी रुममा छिर्नासाथ जिनाले बिस्तारै आंखा खोली, आंखाको नानी मात्र घुमाएर हामीतिर हेरी, अरु कुनै प्रतिकृया थिएन । कानको पछाडिबाट (स्युरे जस्तो गरेर) दुइटा मसिना अक्सिजनका पाइपहरु ल्याएर नाकमा जोडीएको थियो, मुखमा प्लाष्टिकको मास्क जस्तो केही लगाइेएको थियो र तेइ मास्क जस्तैसँग जोडीएको एउटा मोटो पाइप मुख भित्रै सम्म पुग्नेगरी छिराईएको थियो - सायद उस्लाई भोमिट गराइेएको थियो क्यारे । त्यो मोटो, सेतो पाइप पारदर्शी भएकाले त्यो भित्रको कालो - लेदो पदार्थ प्रष्ट देखिन्थ्यो । जिनाले राम्रोसँग साश पनि फेर्न सकेकी थिईन, उस्को हरेक श्वास-प्रश्वास संगै सुनिने घ्यार-घार्‍र आवाजले म आफै निस्शासिंदै छु जस्तो लाग्थ्यो । "मर्ने नै बिचार छ भने सिधै साइनाइड खाए भैहाल्योनी किन त्यो हातमा सानोतिनो काटिरनु ?" मैले नै हिंजो भनेका यि वाक्यले अहिले पुरै कोठा रन्किए झैं लाग्यो, हे भगवान ! मबाट के पाप हुनपुग्यो एस्तो ? मैले तेती नभन्द्या भए अहिले जिनालाई एती कष्ट त नहुंदो हो । मानीसले बांच्नुका लागि किन एती धेरै दु:ख मनाउ गर्छन् कुन्नी; मर्नु त्यो भन्दा धेरै गार्हो रहेछ । 
 
 
जिना एकोहोरो मतिर हेरी रहेकी थिई, मधुरो नजरले, तेल सकिएको दियो झैं; म भन्न सक्दिनथें - मेरो विम्ब उस्को मस्तिस्कमा बनिरहेको थियो वा फगत उस्का आंखाहरु मतिर सोझिएका थिए । म किंकर्तव्यविमुढ मुद्रामा थिएं, अनायासै उस्को आंखाहरु रसाए; दाहिने आंखाको परेलिको डिलबाट एक धार आंशु कानको तलतिरको बाटो हुंदै झरे - देब्रेतिरको आंखाको कोशमा एक ढिक्का आंशुको जमी रह्यो । मलाई था भो अब, मेरो उपस्थिती जिनाले महशुस गरेकीछे, उस्ले मलाई देखेकीछे र केही भन्ने कोशीस पनि गर्दैछे; तर मात्र दिमागबाट । अझैं पनि उस्को शरीरलाई उस्को दिमागले नियन्त्रण गर्न सकिरहेको थिएन । 
जिना, छिट्टो निको होउ ल, प्लिज । उस्को हात समातेर एत्ती भनेर म निक्लिएं, सायद आफुलाई अरु टिकाइ रहने खुबी थिएन ममा । 
 
 
ओए, कां गा'थिस् ? सांझमा खाना खाने बेला गुरुले सोध्यो । 
काइं नाइ यार, मुड अफ भेर निक्लिद्या । 
हेर गुरु, एस्ता धेरै कुरा होलान् तेरो-मेरो बिचमा जो हाम्ले share गरेका छैनौ र तेस्मा हाम्ले फेरी second question पनि कहिले गरेका छैनौ 'coz its bullshit we both know that तर; अहिले मैले reason मागेको होइन, क्लास बंक नै गर्दिस - तेसैले मात्र । एदी त्यस्तो केही छ भने भन्, तेरोलागी म के चांही गर्दिनहोला ? n u better know that. 
साले, एकदिन तेरो ज्यान माग्छु, हेरी राख्न । प्याच्च भनिदिएं, मलाई खास्सै गहिरो गन्थन गर्ने मुड थिएन । 
तंलाई सम्झाउनु त .. कुनै एघारौं अवतार नै आउनुपर्छ ! उ भात खान थाल्यो, म नि खाए जस्तो गर्नथालें । 
 
 
दोश्रो दिन पनि क्लास भ्याउनासाथ हतार-हतार पुगें भक्तपुर अस्पातल, तर जिना रहिनछ त्यहां । उस्लाई दिल्ली रिफर गरिएछ । पछी २-४ चोटि उस्को घरमा नि पुगें तर फुच्ची बैनी र खै को हजुरआमासँग मात्र भेट हुन्थ्यो; उनिहरु इण्डियातिरै भाको जानकारी दिन्थे । म आफैभित्र छट्पटिन्थें, धेरै कुरा भन्नुथियो उस्लाई तर अब ति मेरा मनका कुरा तुंवालो बनेर, मात्र मेरै मनभित्रै मण्डारिन थाले - यो सबकुरा एती छिट्टै र यसरी किन भो कुन्नी ! सायद विधातालाई एही मञ्जुर थियोहोला तर आफ्नै शन्ततीको सुख-चैन छिनेर कुन चाइं सृस्‍टिकर्तालाई सन्तुष्टी प्राप्त होला र ? यो व्याख्या मेरो बुझाई बाहिरको थियो ! 
 
 
धेरै पछी एकदिन जिनाको बाबाले फोन रिसिभ गर्नुभो, केही औपचारिक कुरापछी था' भो, जिना अब नेपाल नआउने रे - उतै पढ्ने रे ! हामी सबैलाई धेरै-धेरै सम्झेकी छ भन्ने मेसेज पनि दिनु भो । 
ल अंकल, हजुरको अर्को पटक कुरा हुंदा हाम्रो पनि सम्झना र शुभकामना भनिदिनुहोला, भन्दै मैले फोन राखें । उस्कालागी निकै दु:ख लाग्यो, 4th semester मा आएर किन छोडेकी होली ? यदी केही मनमुटाव थियो त, मसँग थियो - तेस्लाई sort out पनि त गर्न सकिन्थ्यो होला वा कम्तिमा पनि एउटा समझदारीमा त जस्सरी नि पुगिन्थ्यो होला । म उस्लाई बुझाउन चाहन्थें, चाहिएका सबै कुरा पाइंदैनन् र पाहिएका सबै कुरा चाइदैनन्; जीवनमा । फेरी, केवल पाउनु-गुमाउनु को खुट्किलो भन्दा माथि पनि त थुप्रै कुराहरु छन् जीवनमा; परिवार-समाज-राष्ट्र-मानवता .. । ल, ठीक छ; एती ठुलो दिल छैन रे हामीमा - तर बांचाइ देखी नै भागीरहेका पदचापहरुलाई, बांच्नुको अर्थ्याइ र सिमांकन भित्र समेट्न सकिन्छ र ? खै ! यो जुनीमा जिनालाई यो कुरा सम्झाउने मौका मिल्ला-नमिल्ला, तर मलाई यो थक्-थक भने जुनी भरिलाई रहने पो हो कि । 
 
 
एकदिन सदाझैं बुद्दी दाइको पसल अगाडि पुगेको मात्र थिएं शरुले सुनाइ, "गोकुल रेस्टुरां जाउ रे, रियाले पठाइदिनु भन्याथी ।" 
कैले ? अचम्म मान्दै सोधें, किनकी रियाले हिंजो त त्यस्तो केही भनेकी थिईन मसँग । 
ब्यान फोन गर्याथी । लौ, मैले त भन्दें है जाने-नजाने तिमी .... नै जान ! उस्लाई एस्ता कुरामा बेसी मत्लव नि थेन, वेफिक्री भनी । 
कां हो यो गोकुल रेस्टुरां फेरी ? नाम सुन्या जस्तो लागे नि ठ्याक्कै था भएन मलाई । 
अरे यार, त्यो बनेपा चोकबाट भित्रतिर छिर्ने गल्लिमा । एकदिन सिनेमा हेरेर फर्किंदा बारा खाको ठाउँ के त ! उस्ले याद दिलाई ।  
अरु केही भन्थी ? कलेज आउन छोडेर त्यां किन बोलाईछ त ? 
म के जानुम, तिमीहरु .... जस्तो मान्छेको कुरा, गै हेरन । 
ल म गएं त । फेरी कोठातिरै हान्निएं, ब्याग फालें, change गरिन र तेत्तिकै हुंईकिएं । 
 
 
रिया कुरी रहेकी रैछ, फिस्स हांसी मात्रै अलिक उदास मुद्रामा । अब एल्ले कुन चाइं बम फोड्ने हो भनेर म चाइं त्रसित थिएं । 
किन ह्यां बोलाको ? अन्जान बन्दै सोधें । 
भित्र हिन न । उ अघी लागि, फेमिली क्याबिनमा गएर बसियो । 
ल भन । 
उस्ले केही भनिन, चुप्चाप ओंठ कमाउदै रोइरही । वेटर आइपुगे, मैले दुइटा कफी मगाएं; अरु केही खाने त पेटमा नि ठाउँ थेन, मनमा नि ठाउँ थेन । 
के भो रिया ? केही त भन । मलाई अब आफै अलिक असहज हुन थालीसक्याथ्यो । 
तिमी मलाई माया गर्दैनौ हो ? बल्ल उस्ले मुख खोली । 
हेर रिया, पहिलो कुरा त मलाई जबर्जस्तिको माया मन पर्दैन - चाहे त्यो तिमी, म वा अरु कोही X-Y-Z सँग सम्बन्धित होस् । २ दिन गोदावरी र नगरकोट घुमेर, २ वटा फिल्म संगै हेरेर, कुनै होटेलमा २ प्लेट मम संगै खाएर वा २ रात संगै बिताएर माया बस्छ भन्ने पनि मलाई लाग्दैन । र, दोश्रो कुरा; जीवनको अलिक वृहद चित्र किन हेर्न चाहंदिनौ तिमी ? भोली तिम्रो घरपरिवारले एकथोक भन्ला, मेरो बाबा-आमाले अर्कै थोक भन्नुहोला; एस्कोलागी हामी तैयार छौं त ? 
तिमी के चाहन्छौ त ? उस्ले मैलाई प्रतिप्रश्न गरी । 
हेर कुरा मात्र मेरो___
म बोल्दैथिएं वेटरले कफी ल्याइ पुर्याए । अरु केही चाहिन्छ कि भनेर नि सोधे, अहिलेलाई ठीक छ, चाहिए पछी खबर गरुम्ला भनेर पठाएँ । 
हेर कुरा मात्र मेरो वा तिम्रो चाहनुको होइन रिया, एहीं त तिमी गलत छेउ । 'तं र म' ले जीवन चल्ला त ? 'हामी' को भावना पो हुनुपर्‍यो त । 
म के गरुं त ? कफिले हामीलाई टुलुटुलु हेरिरहेको थियो, उस्ले मलाई टुलुटुलु हेर्दै सोधी । 
एकपटक फेरी राम्रोसँग सोच । भोली हामीले कुनै पश्चाताप गर्नु नपरोस्, म एत्ती चाहन्छु । 
म तैयार छु, तिमीले भनेका हरेक कुराहरु मान्नेछु । उस्ले प्रतिबद्दता जाहेर गरी । 
रिया, मेरालागी वा कसैकालागि पनि तिमीले आफ्ना इच्छा-आकांक्षाहरु मार्नु जरुरी छैन । बरु तिनिहरुको पूर्णताकालागी म सहयोग गर्न सदा तम्तयार रहनेछु । 
म के भनेर बुझुं एस्लाई ? आज उस्ले मलाई र्याख्-र्याख्ती पारीरहेकी थिई, मसँग गणितिय सुत्र जस्तै अथवा सर्वमान्य नियम जस्तै कुनै ठोस् जवाफ त थिएन तर भर्सक diplomatic बन्ने प्रयासरत थिएं । 
एउटा असल साथीको सुझाव, सहानुभुती वा अरु केही । तिमीले कसरी लिन्छेउ । 
अरु केही मत्लव ? उ छोड्नेवाली कहाँ थि र ! 
त्यो त समयले देखाउला, म ऐले नै एसै त कसरी भनुम् ? 
म कुरी बसुं त तिम्लाई ? भरोसा त तोड्दैनौ नि ? 
एदी कुनै दिन मेरा आंखाहरुले तिमीलाई त्यो नजरले हेरेछन् भने । 
प्रष्ट भन । 
भविश्यवाणी म गर्न सक्दिन । 
म पर्खिने छु । 
त्यो दिन सायद तिम्रो पक्षमा नहुन पनि सक्छ । 
हरजाना चाहिने छैन मलाई । 
तर मलाई आत्मग्लानी पनि त मञ्जुर छैन । 
कायर ! 
मलाई आफ्नोलागी डर छैन । 
म माथि विश्वास जुटाउनु किन एती गाह्रो ? 
विश्वास मेरालागी संधै यक्ष कुरा हो । 
कहिलेइ कसैमाथी गरेका पनि छौ ? 
थुप्रै पटक तोडिएका छन् । 
पित्तल र सुन छुट्ट्याउन नसक्नु कस्को कमजोरी ? 
सम्बन्धहरुलाई घोटी हेर्ने कसी भएपो ! 
अब ? 
म छिट्टै निर्णयमा पुग्नेछु । 
सर्वस्व दिसकेपछी समयकालागी रोकुंला र ! 
भो बोझ नबोकाउ, कम्सेकम अहिलेकालागी । 
50% chance त रहेछ ! 
सायद ! 
 
 
चिसो कफी खाने ? कि अर्को ? 
मगाम्न त .. 
 
 
त्यो रातभरी निन्द्रा लागेन, निन्द्रा लगाउनकैलागी केही खाइेएन पनि । थाहा छैन, जिनाको घटनाले catalyst को काम गरेकोथियो कि रियाको पच्छ्याइले ! तर कताकता रिया अब मलाई मनपर्न थाले जस्तो हुंदैथियो । राम्री छे, बाठी छे, ह्युमर र फेशनको सेन्स नि छ, बाउको राजधानीमा तेत्रो ठुलो ब्यापार छ; यत्तिको केटी भेट्न त अरु मरिहत्ते गर्छन् त बाबै ! म कौन सा अग्नी-होम बाट निक्लेको राजकुमार हुँ र ? मेरोलागी भनेर स्वर्गबाट कुनै अप्सरा नै झरेर आइदेली ! आखिर भोली गएर कसै न कसैसँग त विवाह-बन्धनमा बांधिनुनै छ भने, ति मध्यबाट रिया हुनै नसक्ने भनेर त कतै लेखिएको छैन । फेरी मानिसहरु पनि भन्ने गर्छन्; विवाह आफुले मन पराएकोसँग होइन, आफुलाई मन पराउनेसँग गर्नुपर्छ रे ! ल, अब मेरो खोजिले गन्तब्य भेटे जस्तो भो । मानसपटलमा कहिले देखी कोरिएको भावी संगिनिको अमुर्त तस्विर हेर्दा-हेर्दै रियाको मुर्त तस्विरमा परीणत भए जस्तो भो, सफा र टड्कारो ! 
 
 
भोली गएर भनिदिनेछु, तिमी नै हौ मेरो दिलकि राजकुमारी ! मैले नि आफ्नो सर्वस्व सुम्पें अब तिमीलाई नै ! अनी, कस्तो प्रतिकृया देली उस्ले ? कती खुशी होली उ ? आश्चर्यमा कसरी चौडा र चम्किला हुनेछन् उस्का आंखाहरु ? तेसै त ढकमक्क फुलेको उस्को बैंश, अब झन कुन तालमा लैबरी खेल्नेहोला ? एस्तै कुराहरु सोच्दै गर्दा कतिखेर भुसुक्कै निदाएछु । 
 
 
भोलिपल्ट फेरी एकबाजी छिटो कलेज पुगें म, क्लासमा झोला फालेर तल आम्ला भन्ने योजना बुन्दै main building भित्र छिरें म । छिर्नासाथ अगाडिपट्टी सानो प्रतिक्षालय जस्तो थियो, त्यो संगै जोडीएको reception थियो र ति दुई बिचको दाँयातिरबाट सिंढी चढेर हामी माथि क्लासमा जानुपर्थ्यो । म सिंढी चढ्दै गर्दा reception कि बिना दिदिले बोलाइन्, "ए भाई, (फलानो) नाम तपाईंको होइन ? तपाईंको चिट्ठी आछ ।" घरबाट त संधै फोनै गर्थे, किन चिट्ठी लेखेछन् त भन्ने सोच्दै चिट्ठी बुझें, तर चिट्ठी घरबाट नभै जिनाले लेखेकी रैछे ! पुराना कुराहरुले झ्याप्प दिमाग अंठ्याए जस्तो भो, खाटा बस्न थालेको घाऊ फेरी कोतरिए जस्तो भो । चिट्ठी लिएर सिधै छतमा पुगें, लेखिएको थियो - 
 
के छ हालखवर ?
आशा गर्छु अनी प्रार्थाना पनि, तिम्रो स्वास्थ्य र सोचाइ सधैं-सधैं शुभ र सकारात्मक रहोस् ।
 
 
म यहाँ ठिक्-ठाक छु, पढाई पनि राम्रै गैराखेको छ । नयाँ ठाउँ हो त्यसैले गर्दा settle हुन अलिक समय र गार्हो लागेको मात्र हो, थुप्रै कुराहरुमा अझै पनि घुल्मिल हुन र manage गर्न बाँकी नै छ तर I hope बिस्तारै सबै कुरा मिल्दै जाला नि ।  दु:ख-सुख भनेको त आफ्नो ठाउमा छदैछ, मान्छेले जसरी र जुन परिस्थितीमा पनि बांच्नुनै पर्दोरहेछ - फेरी मैले / तिम्ले वा अरु कसैले चाहदैमा संसारको नियम विपरित र सम्भाव्यताको सिमा भन्दा बाहिरको केही कुरा भइहाल्ने पनि होइन । त्यसकारण, म लगभग सन्तुष्ट छु; लगभग, किन भने मात्र एउटै कुराले मन दुख्छ - every now n then, I miss u lots angry boy.  हो, धेरै कुराहरुमा अहिले पनि सम्झौता गरेर बांचिरहेको छु र शायद मेरा आगामी दिनहरुमा मैले अरु थप् कुराहरुमा पनि गर्नुनै पर्ला । but who cares, as u used to say ! 
 
 
कुनै एक जमाना पनि थियो, .. लाग्थ्यो - म कुनै उदेश्यबिना र अर्थहिन भएर किन बांचिरहेकोहुंला ? घर देखी कलेज अनी कलेज देखी घर, समयको दुरिमा उमेरले फड्को मार्ने फगत् एउटा बहाना, तर गन्तब्य, सधैं अलक्षित । खान मन लागे खाउ, मन नलागे नखाउ, जे मन लाग्छ गर अनी जता मन लाग्छ जाउ ! मन्दिर - मसानघाट, सबै उस्तै; आफ्नो - पराइे, सबै एउटै ! केही गल्ती गर्दा कसैले दिने सजाएको डर पनि थिएन र केही राम्रो गर्दा कसैले दिने स्याबाशिको अपेक्षा पनि हुन्थेन । मेरो आफ्नै एउटा सिमित परिधी, एउटा अपरिभाषित क्षितिज - जहाँ जित्-हार र पाउनु-गुमाउनुको कुनै औचित्य नै थिएन । मेरो बांचाइेमा मेरो जीवन हिँड्यो-दौडियो-लत्रियो वा मेरो भोगाइमा मेरो अनुभुती रोयो-हांस्यो-कुण्ठियो, खोइ; त्यस्को जोड-घटाऊ गर्ने कहिल्यै न मैले आवश्यकता महशुस गरें न प्रतिफलको फलदायिता सँग मेरो कहिल्यै सरोकार नै रह्यो । .. लाग्थ्यो - जीवनको यो रुप कती घ्रिणित, कती निरस, कती सस्तो र  कती लामो !
 
 
तर होइन रहेछ, आज म जीवनलाई पवित्र देख्छु - बिहानिको शितको थोपा जस्तै ।  म जीवनलाई सरस हेरिदिन्छु - मनसुनको पहिलो बर्षा जस्तै । मेरो बुझाईमा आज जीवन जटिल छ - भुगोलका अनेकौ चट्टान र सिमाना चिर्दै निरन्तर वहने हिमनदी जस्तै । तर पनि, मेरो पारीभाषामा आज जीवन लक्षित पनि छ - अन्त्वत्व सागर सँगको मिलन जस्तै । once again, Thanku; for being in my life n helping me to understand it ! आज म जुन हेर्दै केही कल्पिन्छु, फुलहरुमा केही खोज्छु, बतासले उडाइ ल्याउने सुगन्धहरु केलाउंछु; अहँ, मन भरिदैन - केवल पराइपन । बिहानिको लालिमा, साँझको गोधुलिमा मन एकतमासको हुन्छ, केही सपनाहरु बुन्छ, आफैले आफुलाई सान्त्वना त दिन्छु तर पनि मन मान्दैन - केवल एकलोपन । अहो ! जीवनको गती पनि आज कती तेज, बन्द मुट्ठीबाट बालुवा झरेझैँ यो एक-एक अमुल्य पलहरु त्यसै घटिरहेछन्, मेरो जीवनबाट; तिमी बिना ।
 
 
हो, म आज एक्लो छु, अतृप्त पनि र यो अकाट्य होला सायद; तर म तेही दिनको प्रतिक्षामा सदा रहिरहने छु - जुन दिन यो दुरिलाई म मेट्न सकुं; म भेट्न सकुं तिमीलाई र हेर्न सकुं यो आँखाभरी अनी सांच्न सकुं यो मनभरी । तर अफ्सोस्; सपना बुन्नु आफ्ना कुरा, साकार हुनु बेग्लै कुरा, मानीसले चाहनु एउटा कुरा, जीवनले चाहनु अर्कै कुरा; किनकी परिवर्तन नै जीवनको नियम रहेछ .. 
 
 
तिम्रो माया पाउनु त कर्ममै रहेनछ, तर तिमीलाई माया गर्नुबाट कुनै सिमा र शक्तिले मलाई रोक्न सक्छ र ? हो, मलाई थाहा छ तिमी एस्लाई फेरी पागलपनको संज्ञा दिनेछौ, ठिकै छ म पागल नै सही, म प्यासी नै सही । तर विश्वास गर, अन्तिम साश फेरुन्जेल, अन्तिम ढुक्ढुकी रहुन्जेल यो पागल विश्वको जुनसुकै हिस्सा र हालतमा भए पनि .. मात्र तिम्रै भएर बांचेकी हुनेछे - तिम्रो सुखमा हांस्दै, तिम्रो दु:खमा रुंदै अनी तिम्रो प्रगती र प्रतिस्ठाको कामना गर्दै । मलाई एसैमा खुशी मिल्छ त भन; म के गरुं ? मैले खुशी हुन पाउनु कि नपाउनु ? 
 
 
हांसोका पलहरु त तिमी आफ्नाहरुसंगै बांड्ने छौ, बांड - म तेस्को ऋणी हुन पनि चाहन्न तर तिम्रा पिडाहरुमा भने मलाई सम्झिदिए है । धेरै त के गर्न सक्थें र तिम्रालागी, तर निश्पाप र निश्चल मनले जरुर प्रर्थाना गरिरहेको हुनेछु । मेरा आंशुले तिम्रो बाटो कहिलेइ नछेकोस्, बरु मेरो भाग्यमा केही-कुनै खुशीहरु बचेका भए सबै तिमीलाई । 
 
 
उही तिमीलाई चटर-पटर गरेर हैरान पार्ने 
पागल 
 
क्रमश: 
 
 
Last edited: 27-Dec-12 06:17 AM
Read Full Discussion Thread for this article