Posted by: ThahaChaena December 21, 2012
Login in to Rate this Post:
0
?
क्याली मित्र(कहिलादाई ),
तेही त भनेको मैले पनि केहि कहिँ बास्तबिकता र बाकी काल्पनिकतामा बुनिएको कथा भनेर.
स्कुल हुदाका दिनमा हाम्रा नि हालत जिनाको जस्तै थ्यो गाँठे , आज सम्म नि हातका कुनाकाप्चामा चिन्हहरु छन् पुराना खाटाहरु ..... त्यो स्टारलाइन डोटपेनले हातमा घाउ बनाउदै उसका नाम लेखेको, होस्टेलको पछाडी बसेर सपना साटेको, अनि उसले स्कुल छोडेर जाँदा त्यो नाम बिलेदले काटेको .....
साँधेको भगटे रहेछ जिन्दगि अलिकति खुर्सानी(पिडा) अलिकति तिलको छोप(पिसिएको पिल्सिएको थिचिएको) अलिकति दहि(कोमल) अलिकति नून(स्वादिलो) अलिकति बेसर(रंगीन) अलिकति अमिलो(इमोशनले भरिएको) अलिकति तातो तातो तेलमा फुराको मेथीले झ्वई परेको(मनका बिलौनाहरु झैँ ) अनि अलिकति चिनी (मीठो). पुरापुर ट्वाक्क टुक्का भएको मुखै रसाउने जिन्दगि , एउटा साँधेको भगते जस्तो, जति बाँच्यो तेती बाँचु बाँचु लाग्ने .
क्याली साथी ,दामी गो यो पाली नि ...... फेरी पनि अर्को भाग को पर्तिक्ष्यामा