Posted by: Geology Tiger December 13, 2012
Congratulations to Geology Tiger from sajha family
Login in to Rate this Post:     2       ?         Liked by
सानदाई र अरु सबै साथीहरुलाई धेरै धेरै धन्यवाद !

म अझै पनि सम्झन्छु जुन बेला म नेपालदेखी सात समुन्द्रपारीको देशमा आउँदा कोही नेपाली साथी नपाएर सार्है एक्लो महसुस गरिरहेको थिए त्यो बेला साझाले मलाई थुप्रै साथीहरु दिएको थियो .. सुखदुखको कुरा गर्ने एउटा चौतारो दिएको थियो । त्यति मात्र नभएर साझामा देश विदेशको थुप्रै समसामायिक बिषयहरुमा गरिने चर्चा र महत्वपूर्ण जानकारीहरुले गर्दा यो वेबसाइटप्रतिको मेरो लगाव झन् झन् बढ्यो र त्यो अझैसम्म कायम छ । मलाई विश्वास छ यस्तो अनूभुती मलाई मात्र नभएर साझा चलाऊने अरु थुप्रै साथीहरुलाई पनि भएको हुनुपर्छ ।

जीवनको बाटोमा आउने अनेकन् मोडहरु मध्ये मेरो जीवनमा आएको यो एउटा ठूलो तर सुखद मोडको अवसरमा सबै साथीहरुले अभिव्यक्त गर्नु भएको भावनाहरुको लागि एक पटक फेरि धन्यवाद दिदै साझासँगको यो न्यानो सम्बन्ध र साझाको ओत मुनि हामी नेपालीहरुबिच मौलाएको यो सम्बन्ध सदा कायम रहने आशा गर्दछु। 
Read Full Discussion Thread for this article