Posted by: Rahuldai November 19, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
भाग ७ 

मम्मीको क्यान्सरले अष्ट्रेलिया जाने मेरो योजना तत्कालको लागि स्थगित भयो . आमा भन्दा ठुलो करियर हुन सक्दैन. वात्सल्यताको मूल्य धन र यौबन हुन सक्दैन . त्यसैले टिकेट क्यान्सिल गरें.


उता अष्ट्रेलियाबाट सुष्माको फोन आउने क्रम जारी थियो. स्कैपी बन्द भयो. समय म सुष्माको प्रेम र सामिप्यमा खर्चिन सक्दिन थिएँ. र मैले स्पष्ट संग सुष्मालाई मम्मीको हाल सुनाएँ र अष्ट्रेलियाको टिकेट क्यान्सिल गरेको यथार्थ जानकारी दिएँ . सुष्माकोले नराम्रो मानी . लामै अन्तराल पछी पुनर्मिलनको सपना सजाएकी थिइन. परिस्थितिले भिलेन खेले.

अनेक प्रयास पछी पनि आमालाई बचाउन सकिन. यही अभागी हातले दाग बत्ति दिएको थिएँ . आफुलाई जन्म दिने आमा, दशधारा दुध खुवाई हुर्काएकी आमा, जीवन जगत संग हास्न खेल्न सिकाएकी आमाको मृत्युमा बिक्षिप्त थिएँ . सुष्मालाई खबर भैसकेको थियो.  केही दिन पछी फेरी सुष्माको फोन आयो.

“अब कहिले आउने प्लान गर्र्यौ ??”

“म अझै आमाको चिता संग संगै जलिरहेको छु , कहिले आउने भन्ने सोच्न सकेको छैन . केही समय देउ सुष्मा.”

“छिटो आउ न उमु , मलाई यहाँ निकै अप्ठेरो भैसक्यो . अर्को महिना देखि अल्का पनि आफ्नो ब्वाई फ्रेन्ड संग बस्ने रे . एक्लैले अपार्टमेन्टको रेन्ट तिर्न सक्दिन. फेरी एक्लै बस्न नि डरलाग्दो. जता गए नि यत्रो यत्रो आँखाले हेर्छन खाउला झैँ . छिटो आउ न प्लिज .”

 

मेरो मस्तिष्कले केही सोच्न सक्ने स्थिति थिएन. झूठ बोल्ने हिम्मत नि थिएन .

“अहिले म भन्न सक्दिन सुष्मा.”

 

दुइ दिन बिराएर फेरी फोन आयो. कहिले आउने , अप्ठेरो भयो , छिटो आउ  आदि कुरो .  म भने अझै त्यो पीडाको घाउ सुम्सुम्याउदै थिए. अस्तव्यस्त जिन्दगीलाई एक एक गरेर फेरी जोड्ने प्रयास मा थिए. मुटुको भित्रि तहमा लागेको घाउ दुइ दिनमा भरिने हुँदैन. सुष्मालाई भने आफ्नो मात्र चिन्ता ?? एक छिन त रीस उठ्यो. हो म बुझ्न सक्छु, एक्लो हुनुको पीडा, एक्लो हुनु मा हुन सक्ने ब्यबहारिक कठिनाई . तर म जानी जानी उनको ब्यथा बोक्न न गएको हैन, उनको कथा सुन्न न गएको हैन . म भित्रको पीडा कल्ले बुझ्ने ??

फेरी फोन आयो . फेरी उही कुरा . कसले के कुरा लायो थाहा छैन, अब १ हफ्ता भित्र आउने दिन फिक्स्ड गरेन भने हाम्रो सम्बन्धमै असर पर्छ रे .धम्कीको गन्ध नमिठो सुंघें.  सके सम्म रीसलाई चढ्न न दिन मैले क्षमा मागें .

फेरी फोन आयो . हफ्ता दिनको भाका याद दिलायो . म नि मान्छे हुँ, रीस अनायासै जाग्यो .

“हफ्ता दिन भित्र डेट दिएन भने के गर्छौ त ?”

 म भित्र को अहम बोल्यो .

“हाम्रो सम्बन्ध यही एण्ड, यु आर सो मीन ... “

भन्दै रुन थाली .  यसपाली उनको आँशुमा म पग्लिनेवाला थिएन, म आफै आँशुमा चुर्लुम्म डुबेको मान्छे. आमा गुमाएको छोरो, आफ्नै आँखा अगाडी जन्म दिने विधाताले अन्तिम सास लिएको पीडा भोगेको मान्छे . दिलमा पत्थरको आवरणले छोपिसकेकोले होला मलाई यसपाली उनको आँशु पानी मात्र लाग्यो. यसमाने म स्वार्थी भएँ त्यति बेला दाई.........

******************************************************************

उमेश क्वाँ क्वाँ रुन थाले.  हैन भाई, न रोउ न रोउ, दुख , पीडा , बिछोड त जिन्दगी को एउटा हिस्सा हो, हर एकको यस्तै किस्सा हुन्छन भाइ . मैले सम्झाउने प्रयास गरें .

*******************************************************************

दाई, त्यस पछी सुष्मा ......  (एक छिन बोल्नै सकेन उमेश) .

त्यस पछी सुष्माले मलाई सम्बन्ध बिच्छेद को निर्णय सुनाई . म फेरी दुखें दाई . एक महिना भित्र दुइ दुइ चोटी मरें दाई . यतै सानो कुरा मा सुष्माले यस्तो कठोर निर्णय लिई . किन यस्तो घातहरु म माथी नै हुन्छ दाई .....



मनलाई कठोर बनाएँ. सुष्मा संग फेरी रिकंसाइल गर्न सकिन्छ भन्ने बिश्वास थियो . रीस क्षणिक हुन्छ . उम्लेको दुध त केहि क्षणमा सतहमा आउछ भने धड्किने मन अबश्य आउँछ . तर आएन दाई .... फेरी आएन . मेरो फोन उठ्न छोड्यो , स्कैपी अफ भयो. फेशबुक डी-एक्टिभेट गरी .

म पनि महान प्रेम पुजारी  हैन . मुनाको मदन हैन, लैला को मजनु पनि . साधारण मान्छे हुँ. आमाको चित्तामा बसेर प्रेम कहानी लेख्ने मान्छे म परिन. यसरी मैले आमा को अस्थि संगै मेरो अबोध प्रेम पनि बागमती मै बगाएँ ..........

क्रमश:

 

Read Full Discussion Thread for this article