Posted by: juction4love November 15, 2012
स्बामि आनन्द अरुणले देखेको अमेरिका
Login in to Rate this Post:     0       ?        
 स्बामी जि बैकाल ताल रसिया पुगे पछि:
बैकाल ताल अति विशाल भएकोले त्यसको कुन किनारमा गएर बस्ने भन्ने निर्णय गर्नु पनि अप्ठ्यारै रहेछ । स्थानीय मित्रहरूको सहायताले हामीले बैकाल तालबीचमा अवस्थित अल्होन भन्ने टापुमा बस्ने निश्चय गर्‍यौं । सो टापु ७२ किमि लामो छ र बैकालको मुटु मानिन्छ । यो भौगोलिक, एतिहासिक र पवित्र स्थान मानिन्छ । यो टापु धेरै कथा र मिथकको केन्द्र तथा बैकालको आत्माको बासस्थानको रुपमा प्रसिद्ध छ । यसका मुख्य रैथानेहरू शमन धर्म मान्ने बुर्यातिहरू हुन् । यो धर्म मृतलोकका आत्मा तथा प्रकृतिको पूजा गर्ने हाम्रो यहा“ भएको झाक्री परम्परा जस्तै हो । यो क्षेत्र रुसी गणराज्यको स्वशासित राज्य बुरयातियामा पर्छ । जसमा बुद्ध धर्म र शमनधर्म मान्नेहरूको बाहुल्य छ । यसमा करिब २ हजारको बसोवास छ । इरकुट्सबाट ५ घण्टाको ड्राइभबाट हामी टापुको हृदयमा अवस्थित निकिता गेष्ट हाउसमा आइपुग्यौं । 
कोठा र वाथरुम अति साधारण देखेपछि एकछिन मन खिन्न भयो । तर त्यो भन्दा राम्रो त्यो क्षेत्रमा अन्य कुनै स्थान नभएकाले हामीले त्यही बस्ने निधो गर्‍यौं । कुनै बेला रुसका टेबलटेनिसका च्याम्पेन तथा प्रकृत्रि्रेमी निकिता र उनकी सुन्दर पत्नी नतालिया मस्कोको कोलाहलमा बस्न नसकी सुदूर साइबेरियामा आई प्रकृतिको काखमा सानो गेष्ट हाउस चलाएर बसेका रहेछन् । यी दम्पती भद्र र सज्जन लागे । पैसा कमाउने व्यवसायिकता उनमा थिएन । हामी साकाहारी हौं भन्ने थाहा पाएपछि शाकाहारी भोजनको पनि व्यवस्था गरिदिए । बेलुका हामी घुमेर फर्किदा डायनिंग हलमा एकरडियनमा हिन्दी फिल्मी धुन बजेको सुन्यौं । प्रत्येक रात्रि त्यहाँ पर्यटक र गेष्ट हाउसका मित्रहरू भेला भएर नाचगान गर्दा रहेछन् । सोवियत संघमा कुनै बेला भारतीय फिल्महरू खुब लोकप्रिय थिए । पुराना पुस्ताले राजकपुर र त्यसपछिकाले मिथुन चक्रवर्तीलाई राम्ररी चिन्दा रहेछन् । गेष्ट हाउसको वातावरण बडो सौहार्दपूर्ण थियो । लामो बस्ने पाहुनाहरूको पैसा कम भएमा भान्छामा खाना पकाउन र बाड्ने कार्यमा सहयोग गरेर पनि बस्ने गर्दा रहेछन् । यस्ता युरोपेली दम्पती केही युरोपेली दम्पतिहरू त्यहाँ सित्तैमा बसेका पनि देखिए ।
बैकाल ताल प्रकृतिको एउटा चमत्कारै हो । यसको निलो पानीको विशालता, जलको शुद्धता, वरिपरिको प्राकृतिक निर्वस्त्र छटा देखेर हाम्रो मन नतमस्तक हुन बाध्य हुन्छ । यसको लम्बाई नेपालको लम्बाइ भन्दा थोरै मात्र कम छ - ६५० किमि । चौडाइ ४० किमि र गहिर्राई १६३७ मि छ ।
Read Full Discussion Thread for this article