Posted by: Rahuldai November 14, 2012
विदेशी भेदनीतिको शिकार नेपाली एकता
Login in to Rate this Post:     0       ?        
 अब एक हूल आङ्ग काजी का सन्तान हरु ज्ञानमणि नेपाल भन्ने बाहुन ले जनजातिको इतिहास बिगार्यो भनेर कराउन आउन बेर छैन . २०० बर्ष अघि १० हजार तामांग मारेको १ लाख बिस्थापित भएको लेख लेख्ने परशुराम तामाङ्ग जी लाई त्यति बेला को नेपाल को जनसंख्या को गणितको हेक्का भएन होला वा उपबुज्रुकलाई कुनै ज्ञान नै छैन . २०५८ साल को जनगणना अनुसार कूल तामाङ्ग जाति को जनसंख्या १२  लाख ८०  हजार  थिए , कुल नेपाल को जनसंख्या २करोड ३१ लाखमा . सन् १९११ अर्थात बि स १९६८ मा पनि नेपाल को कूल जनसंख्या ५६ आल्का ३९ हजार मात्र थिए . त्यसको १०० बर्ष अघि मानौ आधा मात्र जनसंख्या भएको भए पनि २८ लाख २० हजार हुन्थे . त्यसको ५ प्रतिशत तामांगहरु ( अहिले को जातीय प्रतिशत अनुसार ) केवल १ लाख चानचुन हुन्थे . त्यसो भए त्यति बेला को तामांग बाहुल्य क्षेत्र पुरै खालि भएको हुनु पर्ने नि हैन त ??  फेरी कहिले आएर पुनर्बास गरे र अहिले को जनसंख्या बनाए ? हावादारी गफ को नि हद हुन्छ नि . 
 
स्मरणीय रहोस , यिनै प्राज्ञ ज्ञानमणि नेपाल हुन् जसले  नेपाली साहित्यका  कविशिरोमणि लेखनाथ पौडेल को "पिंजडा को सुगा" भारतीय कविको हुबहु नेपाली रुपान्तर मात्र हो भनी सबूत प्रामाण पेश गर्ने सोध कर्ता हुनु हुन्छ. तसर्थ ज्ञानमणि जी को सोधमा शंका गर्ने ठाउँ कमै रहन्छ . 


 

NEPAL: National Development, Population, and Family Planning


 
Author(s): A. S. Davi
Source: Studies in Family Planning, Vol. 1, No. 42 (May, 1969), pp. 6-16

 
Read Full Discussion Thread for this article