Posted by: 36x36 November 13, 2012
यो पाली पनि यो लम्फु आउन सकेन दिदि !
Login in to Rate this Post:     6       ?         Liked by
 हरेक बर्षझैँ यो बर्ष पनि औशी सगै धमिलिदै गयो होला मन,
उज्यालो लहरै बाह्रमासे फूलहरुको माझमा तेजबिहिन भयो होला तन;

आशाहरु पाखाभरिका पालुवाहरूझैँ पलाए होलान्, 
कति रहरहरु धमिराले भित्रभित्रै खोतालेझै भए होलान्;
आस्वाशनका शब्दहरुले कहिलेइ काचुली नफेरेको देख्दा,
इच्छ्याहरु बास्तबिक धरातलमा कहिलेइ नओर्लिदिदा,
मनभरिका अनेकौ चाहनालाई सहादता दिई;
सम्हाल्दा सम्हाल्दै पनि बर्षे झरी झैँ भक्कानिए होलान्;

आखाहरू रातै दिन देउराली र भन्ज्यांगमा बिच्छ्याउदै, 
एउटा मिठो सपनालाई बिपनाको आशामा! 
गहभरी आशु लिई टुलुटुलु टोलाउदै होलान् मेरा दिदीबहिनी,
सुकेको खोलि झैँ उत्साह बोकी!!!
Read Full Discussion Thread for this article