Posted by: juction4love November 13, 2012
स्बामि आनन्द अरुणले देखेको अमेरिका
Login in to Rate this Post:     0       ?        
 एक कार्यक्रममा बोल्दै स्वामी अरुणले भन्नुभयो,  सुखको खोज मनुष्यको सनातन खोज हो। सारा संसार आनन्दको खोजीमा छ, तर त्यो पैसा, भौतिक सुख सुविधा, बार वा क्यासिनोमा भेटिदैन। बाहिर भेटिने सुख तुरुन्तै दुखमा परिणत हुन्छ। अमेरिका, जापान तथा स्क्यान्डिनेभियाली मुलुकहरुमा भौतिक सुख, सुविधा चुलिंदै गएपनि त्यहां मानिसहरुमा डिप्रेसन, अनिद्रा, मानसिक स्वास्थ्य संबन्धी समस्याहरु र आत्महत्याको दर बढ्दै गएको छ। त्यसैले मानिसहरुले रक्सी, वेश्यावृत्ति वा लागूपदार्थको सहारा खोजीरहेका छन्। यदि यी कुरामाथि रोक लगाईदिने हो भने संसारको आधा जनसंख्या तत्काल पागल बन्न पुग्नेछ। यस्तो स्थितिलाई बदल्न मानिसमा मौलिक परिवर्तन नल्याइकन हुंदैन।
Read Full Discussion Thread for this article