Posted by: timi_mero_sathi November 3, 2012
कस्तो हुन्छ गरिबी / कस्तो हुन्छ गरिब
Login in to Rate this Post:     0       ?        
 
गरिब संग पैसा एकदम कम हुन्छ. बिचरो  गरिब संग Mercedez , Porsche   कार किन्ने छ्यमता हुदैन, उ टोयोटा कार चलाउन बाध्य हुन्छ. अरु त अरु गरिब संग ड्राभैर   राख्ने पैसा सम्म हुदैन, राति अबेला होस् या चार बजे बिहान गरिब ले आफ्नो कार आफै चलाउन पर्छ .
 
गरिब विचरा वर्ष को एकपटक दसैँ मा मात्र ब्रान्डेड लुगा किन्न सक्छ, अरुबेला मा उसले बिना ब्रान्ड को लुगा मा काम चलाउन पर्छ 
गरिब कत्तिको गरिब हुन्छ भने उ सधै इकोनोमी  क्लास मा यात्रा  गर्न बाध्य हुन्छ, वर्ष को एकपटक लिएको बिदा मा पनि, उ क्यासिनो मा गएर पैसा खर्च गर्न सक्दैन , गरिब को होलिडे भनेको हवाई को समुद्री किनार मा ४-५ दिन बिताउनु मात्र हो, पैसा ले पुग्दैन के गरोस गरिब. 
कति सम्म भने गरिब संग mortgage  नलिकन घर किन्न सक्ने छ्यमता  नै हुदैन,मैले गरिब ले दुइटा घर किने को सुनेको छैन, यौटै  घर मा जिबन बिताउन बाध्य हुन्छ गरिब 
 गरिब ले android  फोन मात्र किन्न सक्छ , iPhone   त सपना मा मात्र . उसंग एउटा laptop  मात्र हुन्छ laptop  र  tablet  दुवै त  कहाँ किन्न सक्नु गरिब ले.
गरिब ले डिनर रेस्टुराँ मा खाने भनेको त विकेन्द मा मात्र हो, अरु बेला त गरिब लाई आफ्नै किचन जिन्दाबाद 
 
Read Full Discussion Thread for this article