Posted by: caliber19 October 25, 2012
एउटा कथा दशैको
Login in to Rate this Post:     0       ?        

एउटा कथा दशैको part 3

bike र मलाई cross गर्दै झनै अगाडि उ पछारियो ।

धन्न हातखुट्टाहरु शही सलामत थिए । मैले जिऊको धुलो झार्दै ऊस्लाई सोंधे "गुरु तं ठीक छस"
तेरी माकी मैयत साले, कसरी ब्रेक हानेको ?
तैं त भन्दैथिस, चुरोट खान रोक भनेर .. शितल भो हैन अब !
त्यो bike ऊठा यार पैले, पछाडिबाट कल्ले हान्छ फेरी

हामी ठीक थियौं (भन्नु पर्‍यो), main बजार बाट अली बाहिरको बाटो हुँदै नारायण अंकलको तिर लागियो । उ के सोच्दैथियो कुन्नी .. अरुणिमाको बारेमा या .. मेरो जस्तै घुंडाको दु:खाई ।

एस्पाली भने मैले बडो राम्रोसँग bike रोकें ..
"ओेए हाल् सालेलाई" ईन्स्पेक्टर साबको ऊर्दी आयो, साथमा अरु २०-२५ जना जवान पनि थिय ।
सर हाम्ले के गरेका छौं र, हामीत टि__
बढ्ता बोल्छस् .. (ईन्स्पेक्टर साबले यहाँ लेख्न नसकिने शब्दहरु प्रयोग गर्नुभो)

मैले त औषधी विज्ञानमा phd गरिसकेको थिएं - मेरो मुखबाट गन्ध आउने कुरै भएन , तेही मित्रले रामधुलाई भेट्दै थियो । तर मेरो खुशी पनि धेरै बेर टिकेन । साप, खास लफडा गर्ने त यो हो रे ! एक जवानले मैतिर औंला तेर्स्याय । अनी मलाई पनि जिउभरी - खासगरी कम्मर भन्दा माथि दु:खाइहरु प्राप्त हुन थाले । ईन्स्पेक्टर साबका वाणी पनि तेही लय र तालमा गुन्जिरहेका थिए । तेसो त मेरो बाबा जिल्लाको ठुलै पदमा सेवारत हुनुहुन्थ्यो, एदी एक फोन मात्र पनि गर्न पाएको भये यिनै जवानहरुले  हाम्लाई घरसम्म छोड्ने थिए । तर कल्ले सुन्ने त्यहाँ, दसैंमा घर जान नपाएको पिडा सबैसँग थियो क्यारे ... कसैले श्वास्नी सम्झेहोलान्, कसैले छोरा छोरी त कसैले बाउ आमा .. अनी punching bag - हामी जिन्दाबाद ! चार दिन सम्म एही नित्य कर्म चलिरह्यो । अरुले बाहिर खसिको ह्याकुला चपाउंदै थेहोला, हामी चाँही नाम मात्रको (खै कुन्नी केस्को थियो) दालसँग भात (नै भनौ) बडो टाइम लगाएर खान्थेउं - किनकी त्यो हाम्रालागी पिडा शहनु नपर्ने टाइम हुन्थ्यो । धेरै डुलुवा नभएको भय शायद तेही कार्यलयमा कोही न कोही आईपुग्थेहोला; मेरो भाई-छोरो हरायो भनेर, तर आफु सधैं हराउने बानी - घरकालाई पनि मत्लव भएन ।

कुरा के भएको रहेछ भने (जो हामीले पछी था'पायौं) माथि चोकमा, मेरै घर अगाडि, मेरै जस्तो, कालो लेदरको ज्याकेट लगाएको व्यक्तिले कुनै महिलालाई हात्पात गरी तथा केही गहना समेत लुटेर भागेको रहेछ । अनी ईन्स्पेक्टर साबले तेस्कालागी हामीलाई पक्डिनु भएको रहेछ । चार दिनपछी बल्ल राम दाई आईपुगे । नाम राम भय पनि ऊनी काम भने सधैं हराम नै गर्थे । सधैं त होइन तर प्राय जसो ऊनी यहाँ आईरहन्थे - वा ल्याइन्थे । जेसुकै होस् तर जीवनमा भुलिनसक्नुको रिण लाये राम दाइले त्यो दिन ... ईन्स्पेक्टर साबलाई ऊन्ले विस्वस्त पारे कि म ".." कै छोरो हुँ ।

"भाइहरुले पहिले नै भन्नु पर्नेनी"
गालीबाट अब हामी भाई भईसकेका थियौं
"सांची, गल्ती भो बावु" ईन्स्पेक्टर साब पग्लिदै थिए ।
"म यो जिल्लामा रहुन्जेल बावुहरुलाई कसैले छुने छैन, धरोधर्म"
   
गुरु bike त चलाऊन सक्छस्नी, यार अब नलडा है
कां जाने अब ?
भट्टी हिंड यार, ३-४ दिन भईसक्यो; अब त blue riband को स्वाद पनि विर्सने बेला भो !

Read Full Discussion Thread for this article