सुष्मा अष्ट्रेलिया जाने दृढ मनस्थितिका साथ तयारीमा लागी. एक मनले लाग्यो उसलाई अष्ट्रेलिया पठाएर म खुशी हुन सक्दिन, मायामा बाँची रहेको धड्कन, मायामा साँचीरहेको जोबन, अलिकति खुशी लेपिएको मन, अलिकति मुस्कान बेरिएको तन सब चकनाचूर हुन्छ , सुष्मा बिना. उसलाई जान दिउँ , सके सम्म छिटो म पनि अष्ट्रेलिया नै जान्छु . सके उच्च अध्ययन गरुंला , न सके केही न केही त गरिएला. अमेरिकाको गन्तब्य फेरियो.
भाग ६
एउटा कन्सल्टेन्सी मार्फत सिड्नीको एउटा कलेजमा भर्ना को चाँजो पाँजो मिलाई. पैसाको कुनै खाँचो थिएन उसलाई. भिसा मिल्यो. सिड्नीमा अस्थायी बास अल्काको अपार्टमेन्टमा हुने भयो . अल्का पनि खुशी , सुष्मा पनि साथ मा म पनि .
दशैं तिहार यसपाली त्यति बहार लिएर आएन . सुष्माको उडान तीथि तय भैसकेको. तिहार पछी को शनिबार उड्ने दिन. बाहिरबाट खुशी नै देखिए पनि उ पनि भित्र भित्र दुखि नै देखिन्थी. सम्भवत बिछोडको पिडाको पूर्वाभासमा भासिदै थिई. जति दिन नजिकिदै थियो त्यति नै हामी दुइ को धडकन तेज हुदै थियो . सके सम्म समयलाई हामी भित्रै एकान्तमा कैद गरेर राख्यौं . सपनाहरु अनिगिन्ती बुन्यौं. भविष्य को अनिगिन्ती बाटोहरु कोर्यौं. एउटा सुन्दर संसारको स्पष्ट रेखा चित्र भित्र रमायौं.
दशैंमा घर गएँ. बाबा आमा, अन्य आफन्तहरु माझ दशैं मनाए . त्यो रातो अक्षता र पहेलो लहलहाउदो जमरा भीडमासुष्मा को आकृति खोजि रहें.सुष्माको आभास खोजी रहें.
तिहारमा घर फर्किन नमिल्ने सूचना दिइ फेरी शहर पसें. तिहारको झिलिमिली र भिडभाडमा एउटा असह्य बिछोडको तयारीको लागि किनमेल गर्न ब्यस्त भएँ. धेरै सरसामान सहित को यात्रा झन्झटिलो हुन सक्छ. म आउँदा लिएर आउला सुष्मा भनेर सम्झाउथें. तै पनि मन परेको सामान किनी हाल्थी.
यसपाली भाइटिकामा रित्तो निधारको भन्दा नि आफ्नी मुटुको टुक्रा सात समुद्रपार जान लागेकोमा मन रित्तो रित्तो थियो. अनायासै झोक्राएर बस्थें.
"धेरै स्याड नहोउ उमु , केही दिन त हो नि , त्यसपछी तिमी आइहाल्छौ . अनि फेरी फेशबुक , स्कैपी छदै छ. जति टाढा भए नि म तिमी भित्रै हुन्छु . हरपल तिम्रो साथ रहन्छु , प्रोमिस उमु ..."
त्यो दिन नि आयो. बिहानै देखि दिन आफै रोइराखेको जस्तो , घाम लागेको थिएन. ८ बजेको बैंकक को फ्लाइट . शुभयात्राको कलश पुजी, शगुण लिई हामी ५ बजे अगावै इअरपोर्ट पुग्यौं. बाकीं २ घण्टा हाम्रो लागि अत्यन्त मुल्यबान समय थियो. एकइ छिन एकान्तमा माया साटासाट गर्र्यौं . त्यो अन्तिम म्वाई ........ यति मीठो र आत्मीय रहयो .. अझै पनि यी ओंठहरु थर्थराइ रहने गर्छन.
भारि मनले बिदाइ गर्र्यौ. देख्न सक्ने ठाउँसम्म उ हात हल्लाउदै गइ . प्लेन उड्यो, खुशी सपनाहरु साथ लिएर ...
त्यो रात पछी कति रात निद्रा लागेंन , थाहै भएन . दिन दिनै स्कैपिमा सुष्मा संग कुरा नगरी दिन सुरु हुदैनथ्यो. कलेज अनि काम दुबैलाई मिलाएर म संग स्कैपीमा माया साट्न समय निकाल्थी .
मेरो पनि अष्ट्रेलिया यात्राको रुपरेखा तयार भयो. कागजातको ब्यबस्था भयो. सुरु मा उनी पढेकै कलेज जाने , त्यसपछी देखा जायेगा ..
यसरी लाहुर जाने लगभग निश्चित तयारीमा लागको थिएँ. दिन नि तय भयो . सुष्मा ब्यग्र प्रतिक्षारत, मलाई भने बेग मारेर आजै जाउँ जाउँ जस्तो, खुट्टा भुइंमा थिएन. हाकिम साहेबलाई अप्रत्यक्ष हिन्ट दिसकेको थिएँ. तर स्पष्ट भनेको थिएन. गरिराखेको एउटा प्रोजेक्ट सक्याई दिन्छु अनि बिदावारी हुन्छु भन्ने सोच बनाएको थिएँ.
काम कै सिलसिलामा घर जाने अवसर मिलेको र त्यस पछी मम्मीको रोग ..बिमारी... अनि त्यो चट्यांग ..
यसरी अष्ट्रेलिया उड्ने मेरो प्लान ढलान भयो ....
क्रमश: