Posted by: jhaukiri October 19, 2012
बा र दशैं |
Login in to Rate this Post:     6       ?         Liked by
 बा र दशैं |

बा,
 आज एउटा ...लामो लामो कान भ'को ,
कालो..छिरबिरे खसीको दाम्लो हातमा हाल्देउ |
म छाती फुलाएर घिर्सिदै...
तान्दै र तानिदै  त्यसलाइ चराउन लान्छु 
अनि बगरको पाँगोमा कुदाउछु ...
र कुद्छु ...अतितका  कुइटाहरुमा.....

 नागथानको बास खुर्पाले चिर्दा,
डोरी जोड्दै ........चाचाहुईको तिब्र इच्छामा 
 तिम्रो हप्काई, मेरो डराई र फेरी मचाई....
जमिन छोडेको उमङ्ग...र उन्मुक्त हाँसोकासाथ 
तिम्रो बिशाल छातीतिर फर्की रहेका आँखाहरु 
त्यो बेला जस्तै बा ...
आज पनि हर्षले भरिएका छन् |

चंगाको चांगमा,
टाउके र तीन धर्के खोज्दा 
तिम्रो आँखाबाट आखले बचेन |
पिंडीको खाममा..  माझा  भर्दै ..
दलिन भरिका चिम र .
टाई-चिनको माड... तिमीले मिच्दा 
धागोका अनगिन्ति  गाठोहरु .....
फुकाउदा फुकाउदै...चलेको हावाले 
बा....
आज  पनि त्यसरी नै छुन्छ  |

 आछेताको रंगमा 
नङ्लोभरीको जमरा
आशिसको उचारण....आशिर्बादले थिच्दा ...
अबिर लागेको नोट कोटौदै ..म
त्यही हात छामी रहेको  
हुन्थे ..
.विश्वास गर ...
त्यही हात छामी रहेको हुन्छु 
मेरो दशैँलाइ दशैँ बनाउने हातहरु ...

तिम्रा हातहरु बा .....!!
   
Last edited: 19-Oct-12 10:48 PM
Last edited: 19-Oct-12 10:51 PM
Last edited: 19-Oct-12 10:53 PM
Last edited: 19-Oct-12 10:55 PM
Read Full Discussion Thread for this article