Posted by: _____ October 9, 2012
नेपाली बैज्ञानिकलाई अन्तरराष्ट्रिय पुरस्कार
Login in to Rate this Post:     0       ?        
 

नेपाली बैज्ञानिकलाई अन्तरराष्ट्रिय पुरस्कार

 
(14 Votes)
 
 
डा. बस्नेत ।
 

ट्रोम्सो (नर्वे) , आश्विन २३ -

नेपाली बहुउपयोगी औषधि र लोकप्रिय मसला बेसारको बैज्ञानिक अनुसन्धानमा उत्कृष्ट योगदान पुर्याएबापत नेपाली बैज्ञानिक प्राध्यापक डा. पुरुषोत्तम बस्नेत लाई एकीकृत औषधि विज्ञानमा अन्तराष्ट्रिय स्तरको  "एक्सिलेन्स इन इन्टिग्रेटिव मेडिसिन रिसर्च अवार्ड" प्रदान गरिएको छ । 

पोखरा विश्वविध्यालयका बिज्ञान तथा प्रविधि विभागका पूर्व डिन प्रा. डा. बस्नेत बिगत चार बर्षदेखि नर्वेको उत्तरी भेगमा रहेको ट्रोम्सो बिश्वबिद्यालय अन्तर्गत शिक्षण अस्पतालमा बरिष्ठ अनुसन्धानकर्ताको रुपमा कार्यरत रहदै आएका छन् । 

बेसारमा रहेको सार तत्व कुर्कुमिनमा रहेको अवयवलाई सुक्ष्म रुपमा शरिरको रोग संक्रमित स्थानसम्म बिस्तार गर्ने बारे पियर रिभ्यु जर्नलमा प्रकाशित शोध अनुसन्धान "लिप्सोमल डेलिभरी सिस्टम इन्हान्सेस एन्टी-इन्फ्लेमेटोरी प्रोपर्टीज अफ कुर्कुमिन" को आधारमा एकीकृत औषधि सम्बन्धि युरोपेली संस्था युरोपियन सोसाइटी अफ इन्टिग्रेटिव मेडिसिनले पुरस्कारको लागि छनौट गरेको हो । पुरस्कारको राशि १० हजार युरो रहेको छ । 

उक्त पुरस्कारका लागि विश्वभरका बैज्ञानिकहरुका बिभिन्न ४३ वटा अनुसन्धान प्रतिस्पर्धामा सामेल थियो । एकीकृत औषधी बिज्ञानमा नविनतम खोज, सान्दर्भिकता र बिशिष्ट श्रेणीको बैज्ञानिक तथ्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्न स्थापना गरिएको सो अवार्ड यसैपालीदेखि शुरु गरिएको हो । 

बिश्वभरबाट छनौट भएका बैज्ञानिकहरुको एक स्वतन्त्र निर्णायक टोलीले औषधी विज्ञानको पूर्व नियन्त्रण विधातर्फ प्रो. डा. बस्नेतको बेसार सम्बन्धी शोध अनुसन्धानलाई उत्कृष्ट छनौट गरेको हो । 

उक्त सोसाइटीले पूर्व नियन्त्रण तथा चिकित्सकीय क्षेत्रतर्फ उत्कृष्ट अनुसन्धानका लागि एक नेदरल्याण्ड र एक अमेरिकी गरी अन्य दुई जना बैज्ञानिकलाई समेत पुरस्कृत गरेको छ । 'उल्लेखनीय मात्रामा बेसारमा पाइने प्राकृतिक र प्रभावशाली एन्टी-अक्सिडेन्टको औषधीय गुणको पहिचान र बिस्तारमा  प्रा. डा. बस्नेतको शोध अनुसन्धानले  उल्लेखनीय योगदान पुगेको छ' एकीकृत औषधी बिज्ञान सम्बन्धी यूरोपेली कंग्रेस हीलद्वारा हालै जारि बिज्ञप्तिमा उल्लेख छ । उक्त अनुसन्धानमा प्रा. डा. नताशा स्काल्को बस्नेत (डा. बस्नेतकी पत्नी) समेत सहभागी छिन् । सो पुरस्कार बिजेता प्रा. डा. बस्नेतले प्रसन्नता व्यक्त गर्दै यसबाट बेसारको अनुसन्धानमा सामेल सबैलाई प्रोत्साहन मिलेको बताए । 

http://www.ekantipur.com/nep/2069/6/23/full-story/355885.html

 

Read Full Discussion Thread for this article