Posted by: Rudramati October 4, 2012
…अनि म बेश्या बनें #कथा
Login in to Rate this Post:     0       ?        
 “एक्स्युज मी ! सरि आइ ह्याब टु गो, इट्स एन अर्जेन्ट” टेबलमा रहेको उसको मोबाइल बज्नासाथ यति भन्दै बजिरहेको फोन हातमा समातेर निस्किई उ | बिनाकुनै औपचारिक बिदाइ अनि पिउँदापिउँदै छाडेर बाहिरिनुपरेकोमा कुनै क्षमा पनि नमागी सरासर उ त्यो क्याफेबाट निस्किएर बाटो काटी | म अवाक उसैलाई हेरिरहेको थिएँ, बाटो पारि पुगेर एकपटक म भए तिर हेरी, एकपटक ‘बाइ’ भनेको शैलीमा हात हल्लाई अनि सरासर आफ्नो बाटो लागि | मैले केहि सोच्ने सकिन कि के भयो र किन उठेर हिंडी उ ? आँखाबाट ओझेल नपरुन्जेल हेरिरहें उ गएको बाटोतिर नै, टाढा पुगेर उ कतै भिडमा हराएपछि बल्ल आफ्नो टेबलमा हेरें | उसले पिउँदै गरेको चुरोट समेत ननिभाई एस्ट्रेमा राखेर छोडेकी रहिछ | त्यहि चुरोटबाट अझैपनि धुवाँ उडीहेको थियो… आकाशतिर |

Read Full Discussion Thread for this article