Posted by: nepcha1 October 2, 2012
माओबादीले नै भन्छ प्रचण्डले २५ अर्ब घोटाला गर्यो
Login in to Rate this Post:     0       ?        
 http://www.onlinekhabar.com/2012/10/03/1421.html
 

सुमार्गी र प्रचण्डको सम्बन्धमा संकट !

१७ असोज, काठमाण्डौ । चोरको बाउ चण्डाल भन्ने उखानलाई ब्यबहारमा उतार्दै एमाओवादी अध्यक्ष प्रचण्डका क्यासियर ब्यापारिक साझेदारका रुपमा चिनिने अजेयराज सुमार्गीले प्रचण्डलाई नै चक्मा दिनेगरि तर्साएका छन् ।

प्रचण्डले लडाकू र पार्टीबाट उठाएको अरबौं रकम सुमार्गीमार्फत बिभिन्न परियोजनामा लगानी गरेको बजार हल्ला निकै पुरानो हो । ज्ञानेन्द्रदेखि प्रचण्डसम्मलाई प्रभावमा पार्न सक्ने तीनै धुर्त सुमार्गीले यतिबेला प्रचण्डलाई पनि जिल्लाएको खवर जनआस्था साप्ताहिकले छापेको छ ।

समाचारमा दावी गरिएअनुसार प्रचण्ड र सुमार्गीवीच सम्मत्तिको स्वामित्वका बिषयलाई लिएर झगडा बढेको छ । सुमार्गीमार्फत बिभिन्न ठाउँमा भएका लगानीलाई ब्यबस्थितरुपमा आफ्ना निकटहरुको नाममा नामसारी गर्ने भन्दै प्रचण्डले हिसाव मागेपछि सुमार्गीले हिजोआज प्रचण्डको फोनै उठाउन छाडेका छन् ।

प्रचण्ड सचिवालयका एक सदस्यको हवाला दिंदै समाचारमा जनाइएअनुसार नेपालमा एकाध मिडिया र घरहरुमा लगानी भएपनि धेरै लगानी मुलुक बाहिर नै छ । नेपालमा सम्पत्तिको हकवाला तलमाथि पर्न साथ हल्ला हुने भन्दै सुमार्गीले स्वामित्व हस्तान्तरण गर्न नमानेपछि यतिखेर प्रचण्ड डराईरहेका छन् ।

zसुमार्गीले भने लण्डनमा रिसोर्ट खोल्दा प्रचण्डबाट आएको सवै रकम सकिएको भन्दै उताको लगानीबाट हिसाव मिलाउन प्रचण्डलाई भनेको आफु निकटस्थहरुलाई बताउँदै आएका छन् । बेलारुसतिर बस्ने एक धनाढ्य गैरअवासीय नेपालीसँग मिलेर लण्डनको हिथ्रो बिमानस्थलेदेखि ६७ किलोमिटर टाढा एक रिसोर्ट खोलिएको छ जसमा प्रचण्डले सुमार्गीमार्फत लगानी गरेको बताइएको छ । हालकी मिस नेपाल सृष्टि श्रेष्ठका पिता प्रकाश श्रेष्ठसँगको साझेदारीमा त्यो रिसोर्ट खोलिएको बताइएको छ । प्रचण्ड, सीता र प्रकाश लण्डन गएर त्यो रिसोर्ट हेरेको र मन परेपछि आफुले पैसा पठाएको सुमार्गीले दावी गरेका छन् ।

Read Full Discussion Thread for this article