Posted by: magorkhe1 October 2, 2012
नेपालका राजदूतहरु
Login in to Rate this Post:     0       ?        
जागिर हो जागिर यो राजदुत भन्ने पेसा ! पार्टीले टिका लगाईदिएर् पठाएको आफ्नो पार्टीको बफादार मान्छे | पार्टीगत कुरो हो त्यो नेपालीको हित र रक्षा गर्ने कुरा का बाट गर्नु भाको ?
एऊटा जमिन्दारले एउटा सहयोगी ठिटो लाइ जागिर लगाएछ, बुधबारको हाट भर्न जमिदार घोडामा अनि सहयोगी पैदल गैरहेका बेला अचानक केहि भएर घोडा तर्सियो अनि जमिन्दार को खुट्टा रिकापमा अड्किएर घोडाले तान्दै लग्यो | ए राजदूत ( सहयोगी) घोडा लाइ रोक अनि मलाइ बचाउ भन्दा खल्तीबाट कामको विवरण हेर्दै - लौ तैले पहिले यहा लेख अनि बचाउला भंत्यो रे ? हाम्रा राजदुत तेही catagory मा पर्छन अनि तपाइँ हामि बढी नै अपेक्षा गरेका छौ अनि का बाट पुर्याऊँन सक्नु ?
जागिर हो जागिर , समय बिताउने अनि पार्टी मा जाने खाने पिऊने आर्को सरकार गठन भए पछी घर फर्किनु पर्छ अनि राम्रो काम गरेर स्याबासी पाऊने काम हैन पार्टी नेतालाई चाकडी गरे पुग्यो | कताको देस र नेपाली नागरिकको सेवा खोजेको ? ज्यामिरको बोटमा स्याउ टिप्न खोज्ने ! के भाको हजुरलाई?
लगनखेलको अस्पताल धाऊनु पर्ने भा छ कि क्या हो ?
Read Full Discussion Thread for this article