Posted by: rid September 25, 2012
Nepal Tourists: Chinese are more cheaper then Indians
Login in to Rate this Post:     0       ?        
चिनियाँभन्दा भारतीय पर्यटक खर्चालु


काठमाडौं, ८ असोज - चिनियाँ पर्यटकको संख्या बर्सेनि बढ्दै गए पनि खर्च गर्ने पर्यटक भने घट्दै गएका छन् । चिनियाँको तुलनामा भारतीय पर्यटकको खर्च तीन गुणा बढी हुने गरेको छ । पर्यटन व्यवसायीका अनुसार कम खर्चिने चिनियाँका कारण पर्यटन क्षेत्रबाट प्राप्त हुने समग्र आम्दानी बढ्न सकेको छैन ।
“पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटकले न्यून खर्च गर्ने देखिएको छ,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव अच्युत गुुरागाईंले भने । उनका अनुसार हाल स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने चिनियाँले दैनिक २० डलरमात्र सरदर खर्च गर्ने गरेका छन् भने हवाई मार्ग हुँदै आउनेले ४० डलरसम्म ।
“भारतीय पर्यटक भने खर्च गर्ने खालका हुन्छन्,” गुरागाईंले भने, “भारतीयले दैनिक औसत ६० डलरसम्म खर्च गर्छन् । नेपालले चिनियाँभन्दा भारतीय पर्यटक बढाउन ध्यान दिनुपर्ने देखिएको छ ।”
नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक पछिल्लो ६ वर्षमा सात गुणाले बढेका छन् । केही वर्षअघिसम्म नेपाल आउने चिनियाँले दैनिक सरदर ५० डलरसम्म खर्च गर्ने गरे पनि हिजोआज ४० डलर र स्थलमार्ग हुँदै आउनेले २० डलरमात्रै खर्च गर्ने गरेको पर्यटन व्यवसायीले गरेको अनौपचारिक सर्र्वेक्षणले देखाएको छ । तर, भारतीयले औसत ६० डलर तथा अमेरिकी तथा युरोपेलीले ७० डलरभन्दा बढी खर्च गर्ने गरेका छन् ।
पछिल्लो समय चिनियाँ पर्यटक स्थलमार्ग हुँदै बढी आउन थालेका छन् । उनीहरूमध्ये धेरैजसो स–साना व्यापारका लागि मात्र आउने गरेका छन् । त्यस्ता, पर्यटकले सकेसम्म सस्ता होटल तथा लज खोज्ने गरेको व्यवसायीको अनुभव छ । भारतीय पर्यटकहरू भने तारे होटलमा बढी बस्छन् ।
“चिनियाँ पर्यटक धेरै संख्यामा व्यापारिक दृष्टिकोणले काठमाडौं आउँछन् र एकदमै न्यून खर्चमा भ्रमण सकाउँछन्,” गुरागाईंले भने ।
चिनियाँ पर्यटकको संख्या ६ वर्षमा सात गुणाले बढेको छ । सन् २००६ मा हवाई मार्ग हुँदै नेपाल भ्रमण गर्ने चिनियाँको संख्या जम्मा ६ हजार ५ सय ३१ मात्र रहेकोमा २०११ साढे सात गुणाले बढेर ४५ हजार ४ सय पुगेको थियो ।
चिनियाँ पर्यटकको संख्या सन् २०१२ का आठ महिनामा पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । यो अवधिमा ३१ हजार २ सय ४ चिनियाँले नेपाल भ्रमण गरेका छन्, जुन गत वर्षभन्दा २७.५ प्रतिशतले बढी हो । “पछिल्लो तथ्यांकले नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य पुष्टि गरे पनि उनीहरूले खर्चचाहिँ घटाउँदै लगेका छन्,” गुरागाईंले भने ।
चिनियाँहरू सहरी तथा सुविधासम्पन्न क्षेत्रमा घुम्न मन पराउने भएकाले टुर गाइड बढी मात्रामा जाने गरेका छन् । नेपालमा चिनियाँ पर्यटकका लागि २० वटा टुर एन्ड ट्राभल्सले काम गर्दै आएका छन् ।
गत वर्ष नेपाल सरकारले मनाएको ‘पर्यटन वर्ष २०११’ मा १ लाख चिनियाँ भिœयाउने लक्ष्य थियो । तर, अब संख्यात्मक रूपमा मात्र नहेरेर गुणस्तरीय पर्यटक भिœयाउन जोड दिनुपर्ने गुरागाईं बताउँछन् ।
Read Full Discussion Thread for this article