Posted by: nepcha1 September 20, 2012
लन्डन: २ खेलाडी, २० कर्मचारी, ११ जना लुके
Login in to Rate this Post:     0       ?        
 http://onlinekhabar.com/2012/09/203286.html

पारा ओलम्पिकमा गएका नेपाली अधिकारीद्धारा आत्महत्या

५ असोज, काठमाण्डौं । लन्डन पारा ओलम्पिकमा गएका नेपाली अधिकारी मानबहादुर लोप्चनको उतै मृत्यु भएको छ । एक साताअघि ओलम्पिक भिलेजभित्रैको रुखमा झुण्डिएका लोप्चनको उपचारका क्रममा मंगलबार निधन भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

शारीरिक अपांगता भएका व्यक्तिहरुलेमात्र भाग लिने पारा ओलम्पिक यसपाली १३ देखि २४ भदौ सम्म लन्डनमा भएको थियो । पारा ओलम्पिकमा सहभागी हुन दुई जना नेपाली खेलाडी लन्डन गएका थिए । उनीहरुलाई लिएर नेपालका २० जना अधिकारीहरु गएका थिए । जसमध्ये नौ जनामात्र फर्किएका छने भने बाँकी ११ जना उतै लकेका छन्

चार जनाको नाम खुलेको छ भने अन्यको नाम कमिटीलाई पनि पत्तो छैन् । लन्डन पुगेका नरेन्द्र लामा, राजु डंगोल, राधा घले, र आमे सिवाकोटी फर्किएका छैनन् । उनीहरुको भदौ २५ गतेको लागि नेपाल आउने टिकट भएको थियो ।

Read Full Discussion Thread for this article