Posted by: shirish September 19, 2012
Help Nepal Network
Login in to Rate this Post:     0       ?        
 related note: 

त्यस्तो भएको भए कस्तो राम्रो हुन्थ्यो

नेपालमा ३५० वटा भन्दा बढी एफएम स्टेशनहरु छन्। मेरो जाकारीमा आएसम्म आज पहिलो पटक चितवनको कालिका एफएमले विश्वब्यापी परोपकारी प्रतिश्पर्धामा नेपाललाई जिताउन पर्यो भनेर बेलाबेलामा सन्देश प्रवाह गर्न थालेछ, हाम्रा एकजना शुभेच्छुक र मेरा निकटका मित्र बेलायतको Lancaster मा बस्नुहुने राममणि बर्तौलाको विशेष आग्रह पछि।

अलि पहिले नै ३५० मध्ये १०० वटा स्टेशनले मात्र पन
ि यो विषयलाई उठाइदिएको भए, हामीलाई एक लाख भोट पाउन गार्हो नपर्ने रहेछ। अहिले हामीले ५० हजार भोट प्राप्त गर्न लागिसक्यौं, खालि फेसबुक र शुभेच्छुकहरुको सहयोगमा। इजिप्ट र भारतका संस्थाहरूलाई त्यहांका संचारमाध्यमहरूले सहयोग गरेको खबरहरु प्राप्त भएका छन्। हामीकहां पनि त्यस्तो भएको भए कस्तो राम्रो हुन्थ्यो। भविष्यमा भै पो हाल्छ की?

भोट गर्न नछोडौं किनभने हामी भारतीय संस्थाभन्दा तल झरेर तेस्रो नम्बरमा पुग्न चाहांदैनौं।

भोट गर्ने तरीका यस्तो छ:

1. आफ्नो फेसबुक खोल्नुहोस्

2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्

3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
Read Full Discussion Thread for this article