Posted by: shirish September 6, 2012
Help "Help Nepal Network" win 250,000 $ with your single vote.
Login in to Rate this Post:     0       ?        
 Chase Community Challenge हामी सक्छौं, हामी गर्छौं ! केही घण्टाभित्र 200 भन्दा बढी भोट पाईसक्यौं। कृपया, कृपया, कृपया भोट गरिदिनोस् र यो सन्देश सक्दो श्यर गरिदिनोस्।

तपाईंले फेसबुकमा दिनुभएको एउटा भोटका कारण हेल्प नेपाल नेटवर्क (www.helpnepal.net) ले 25 देखि 2,50,000 डलर सम्म जित्नसक्छ जसबाट हामी गाउंगाउंमा शिक्षा र स्वास्थ्यसंग सम्वन्धित कयौं राम्रा कामहरू गर्न सक्छौं। प्राप्त रकमबाट हामी एक पैस
ा पनि प्रशासनि काममा खर्च गर्दैनौं किनभने हाम्रो छुट्टै प्रशासनिक अक्षय कोष छ। यो फेसबुक चलाउने हामीजस्ता नेपालीका लागि होइन, पिपलको बोट मुनि बसेर पढ्ने, पुस्तकालय कहिले नदेख्ने र सिटामोल खान नपाएर ज्यान गुमाउने नेपालीका लागि गरिएको अपिल हो।

कृपया एक मिनेट खर्च गरेर हामीलाई त्यो अमूल्य भोट गरिदिनोस्। भोट गर्नका लागि यसो गर्नुहोला:
1. आफ्नो फेसबुक खोल्नुहोस्
2. https://www.facebook.com/ChaseCommunityGiving/app_162065369655?cv=2&app_data=ein|51-0496452|ref|58f8eb27f8 मा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, page refresh गर्नोस् अनि Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ। 
सुन्दा अलि लामो लागे पनि एक मिनेटभन्दा बढी समय लाग्दैन।

यो अन्तराष्ट्रीय प्रतिश्पर्धा हो। फेसबुक प्रयोग गर्ने सारा नेपालीको साथ पायौं भने हामी यो प्रतिश्पर्धा अवस्य जित्नेछौं। 'हामी सक्छौं, हामी गर्छौं' को भावनाले काम गरोस् भन्ने हाम्रो अपेक्षा हो।

भोट गर्ने अवधि आजबाट केवल दुई हप्ता अर्थात September 19 तारिखसम्म मात्र छ। तपाईंहरूको सहयोग अवस्य प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौं
Read Full Discussion Thread for this article