Posted by: titanherald September 3, 2012
Intolerable crime - भारतमा नेपालीलाई चोर भन्दै पिटेर मारे
Login in to Rate this Post:     0       ?        
सबै नेपालीका लागि असैह्य हुने घट्ना
____________________________________________
भारतको उत्तर प्रदेशस्थीत गांडा जिल्ला, मनकापुर कोटवाली क्षेत्रको अशरफपुर गाउंमा नेपाली नागरीक उमेश बहादुर मगरलाई त्यहाँका वासिन्दाहरुले चोर भन्दै कुटपिट गरी मारेका छन् । 

ती नेपाली मगरलाई बाहिरबाट आएको चोर भन्ने ठानी लाठी र डंडाले पिटेर मारेका छन् । उमेश मगर मोरङ जिल्ला द्रबेशा गाउँका उदय बहादुर मगरको छोरा हुन् । 

उमेश मगर आफ्ना साथीहरु भरत अधिकारी, प्रेम बहादुर र पदम बहादुरको साथमा गत आइतबार ट्रेनबाट दिल्ली जान लागेको तर पानी लिनलाई टेनबाट उत्रेका थिए, तर फर्केर आउँदा ट्रेन छुनेपश्चात उनी समस्यामा परेका थिए । उनका साथीहरु अर्को स्टेशनमा गएर ओर्ले तर यसैबिच उमेश बिचलित हुँदै मनकापुरको अशरफपुर गाउँ पुगेपश्चात त्यहाँका बासिन्दाहरुले चोर सोचेर उनलाई पिटेका थिए ।

(News Source: http://www.titanherald.com/np/2012/09/04/india-nepalese-killed-people-thief/ )
Last edited: 03-Sep-12 11:35 PM
Read Full Discussion Thread for this article