Posted by: texasboy September 3, 2012
दुखेसो
Login in to Rate this Post:     13       ?         Liked by
 के के होला भनेर अमेरिका आको

अनेकौ कागज पत्र लिएर Embassy गाको

भिसा पनि लाको पार्टी पनि खाको

टन्न पैसा लिएर सपिङ धाको

अहिले घर्को याद आको

मम्म्री

कती खानु के KFC Taco .

 

देश पनि छोडियो घर पनि छोडियो

भर्खर पर्न लागेको love पनि तोडियो

साथी भाइ नातागोता सबैलाई भुलियो

New York घुमियो Las Vegas  डुलियो

मेरा नया साथीहरु Michael Julio

बाबा,

यहाँ तर्कारी पनि गुलियो

 

गुचा खेलेको याद ताजा

बिदेसिएका हरुको समस्या साझा

कसैले Gas station कसैले भाडा माझ्या

कोही को जिवन रक्सी कोही को गाजा

कसैको डर छैन आफै घरको राजा

दिदि,

कस्तो भोक लाग्यो आज के खाजा छ?

घर सम्जेर मन रुन्छ

मेरो यो बेदना कस्ले सुन्छ

जस्ले सुन्छ तेस्को मन छुन्छ

बियर खाएर Drive नगर है पुलिस ले थुन्छ

यहाँ green card को सपना सबैले बुन्छ

भाइ,

हिजोआज गाइ कस्ले दुन्छ ?

 

मलाई Baseball सिका Basketball सिका

पुरै अमेरिकान बना है मलाई, Mika

जसरि हुन्छ citizenship झिका

जिन्स Pant भएपछी दौरा सुरुवाल कस्तो फिका              

बैनि,

अर्को तिहारमा आउछु ल अनि लाउला नि टिका ।

 

 

 

 

Read Full Discussion Thread for this article