Posted by: Rahuldai August 30, 2012
आफ्नो भबिस्ये जान्ने मौका नगुमाउनु होला
Login in to Rate this Post:     0       ?        
 पत्याउनु न पत्याउनु व्यक्ति बिशेषको इच्छा र बुझाइ हो . भगवान छ वा छैन भन्ने कुरा मा बिबाद गर्नु भन्दा बिश्वास भए पुज्नु , न भए डस्टर ले पुछ्नु भनेर एउटा कबिता नै टाँसेको थिए कुनै बेला . ज्योतिषी को अन्धविश्वासमा लाग्नु हुन्न  त्यो एउटा कुरा , ज्योतिष  शास्त्र मा पुरै भर परेर  कर्म नगर्नु अर्को कुरा . बिश्वास  गर्नेलाई गर्न दिनुस, त्यो त्यसको खुशी तर ज्योतिष शास्त्रमा बिश्वास गर्ने जम्मै मुर्ख, पटमुर्ख , महामुर्ख हुन् भन्ने भाव जो देखियो त्यसले आफ्नो "अनुहार " र ब्यबहार स्पष्ट देखाउ छ नै . 
 
बिश्वास नगरे पनि एक पटक  ती ज्योतिषी को  कुरा सुन्दा के फरक पर्छ ? अब सेकन्ड सेकेन्ड मा लाखौँ डलर को फरक पर्छ वा कसैको जीवन मरण को सवाल छ भने  केही भन्नु छैन . भेटेर . कुरा सुनेर पो थाहा हुन्छ त्यो मान्छे पाखण्डी  हुन् र त्यसको बिद्या वाइयात हो भनेर . 
 
केदार बराल जी को कुरा गर्नु भएको होला गोर्खे जी ले . २-३ बर्ष नै अम्रिका को एउटा कुनाबाट अर्को कुनामा जानु भै धेरै को भूत भबिष्य बताएर नेपाल फर्किनु भयो. यहाँहरु जस्तै पटक्कै ज्योतिषी , धर्म , भगवान प्रति बिश्वास नगर्ने एक जना महा कामरेड म संगै गुरु बराल भा ठाउँ मा भाको नेपाली भेलामा जानु भएको थियो . उहाँले म भेटदिन, मलाइ पटक्कै बिश्वास छैन  भन्नु भयो . हामी ले बिश्वास त हामीलाई नै पुरै छैन तर भेट गरेर के  बिग्रिन्छ र ? भने पछी राजी हुनु भयो र भेट गर्नु भयो . कामरेड गुरु को कक्षबाट निस्के पछी .... कुरो चाहि  जान्या रहेछ , एउटा काम मेरो अड्केको छ त्यो त्यति बेला सम्म भयो भने यो पाखण्डी हैन नत्र ढोंगी नै हो "  भन्नु भयो. आखिर काम समय सीमा भन्दा पहिले नै भयो ( जुन काम नहुने चान्स धेरै थियो) . त्यस पछी कामरेड  बराल भक्त . 
यस्तै यस्तै धेरै रोचल प्रसंगहरु छन् , साझा मा साथीहरु कै . 
 
अझै भन्छु, धेरै जसो ज्योतिषी , तान्त्रिक , झार्फुके हरु नक्कली वा पाखण्डी हुन्छन . कोइ कोइ को ज्ञान वा दिब्य शक्ति  भएका हुन्छन . नत्र गुरु  बराल , अम्रिकाका अनिगिन्ती बिश्वबिद्यालयहरुमा  झाक्री बिद्या को बारेमा प्रवचन दिन किन जान्थे ? यदि पाखण्डी हुन् भने तिनलाई आमत्रण गर्ने गोरे  प्रोफेसर साप हरु को दिमाग पनि राँची लैजानु पर्ने हुन्छ. 
 
Read Full Discussion Thread for this article