Posted by: Geology Tiger August 30, 2012
आफ्नो भबिस्ये जान्ने मौका नगुमाउनु होला
Login in to Rate this Post:     2       ?         Liked by
ज्योतिष विज्ञानको दुइटा पक्ष छन् फलित ज्योतिष र गणित ज्योतिष ... गणित ज्योतिष वास्तवमा विज्ञाननै हो र यो अत्यन्त शक्तिशाली छ । फलित ज्योतिष गणित ज्योतिषको आधारमा अलि कमजोर देखिन्छ । कतिपय ज्योतिषहरुले गरेको भविष्यवाणी ठ्याक्क मिल्छ भने कतिले गरेको भविष्यवाणी मिल्दैन । एउटै व्यक्तिको चिना हेरेर फरक फरक ज्योतिषले फरक फरक भविष्यवाणी गर्छन् । शायद यो एउटै रोगीको लक्षणहरु हेरेर फरक फरक डाक्टरले फरक फरक रोगको शंका गरे जस्तै होला । यसमा गल्ती ज्योतिष शास्त्रको भन्दा पनि त्यसलाई व्याख्या गर्ने ज्योतिषीको हो । हुनत त आजभोली जन्मेका सबै मान्छेहरुको सही जन्मेको समय रेकर्ड गरिन्छ । तर हामी मध्ये धेरैको जन्मेको समयमा अलिकति तलमाथी पर्दा पनि त्यसबाट ग्रह नक्षत्रको स्थितीमा ठुलो फरक आउन सक्छ । पहिलेका ज्योतिषीहरुले गर्ने अर्को ठुलो गल्ती भनेको बेलाअन्तरको प्रयोग नगर्नु । पूर्व मेची देखी पश्चिम महाकाली भित्र ८ मिनेटको फरक छ । त्यसैले पूर्व नेपालमा र पश्चिम नेपालमा एउटै समयमा जन्मेका बच्चाहरुको पनि चिना चाँही एउटै हुन सक्दैन । तर यो कुराको हेक्का धेरै अघिसम्म गरिन्न थियो । फलित ज्योतिषको मूलाधार भनेको कुनै पनि व्यक्ति जन्मदाको ग्रह नक्षत्रको स्थिति नै हो । मैले नबुझेको कुरा चाँही यो ब्रह्मान्डमा भएका अनगिन्ती पिन्डहरु मध्ये किन केहीको मात्र प्रभाव रहन्छ हाम्रो जीवनमा ? किन सत्ताइस नक्षत्र मात्र? किन नौ वटा ग्रहमात्र ?

फलित ज्योतिष सम्पूर्ण रुपमै हावादारी हो भन्ने तर्कसँग म सहमत छैन । यसका केही कमीकमजोरीहरु पक्का पनि देखिएका छन् तर वैज्ञानीक आधारहरु पनि प्रशस्त छ । वास्तवमा भन्ने हो भन्ने वेद पूर्ण रुपमा वैज्ञानीक छ । यो मध्यकालिन युगमा जन्मेका हाम्रा धर्मग्रन्थहरुमात्र रुढीबादी धारणाले भरिएका छन् ।
Read Full Discussion Thread for this article