Posted by: nepcha1 August 26, 2012
माओबादीले काँडा तार लगाउन नै लिए ५० लाख घुस
Login in to Rate this Post:     0       ?        
चोर माओबादीले खुल्ला रुप मै स्वीकारे घुस लिएको कुरा, कति नालायक भै सकेछ अवस्था
अनि यसरी घुस दिए पछी बनाउने संरचना कस्तो निम्न स्तरको होला 
 

पोखरा एअरपोर्टका ठेकेदारबाट माओवादीले ५० लाख घुस लिएको खुलासा

माओवादीभित्र चर्कियो 'एअरपोर्ट-काण्ड'

राजेन्द्र अधिकारी

१० भदौ, पोखरा । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनाउनुपर्ने भन्दै यतिबेला पोखरेलीहरु धर्नामा बसिरहेका छन, आन्दोलन गरिरहेका छन् । तर यही एअरपोर्ट बनाउन भन्दै माओवादीभित्र भइरहेको आर्थिक चलखेल यतिखेर छरपष्ट भएको छ । पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा तारजाली लगाउने र सम्माउने काम पाएका तीनवटा कम्पनीबाट माओवादी नेताहरुले ५० लाख रुपैयाँ घुस लिएको खुलासा भएको छ । हालै माओवादीको तमुवान राज्यसमितस्तरीय वैठकमा कार्यकर्ताबाट चर्को कुरा उठेपछि नेताहरुले रकम लिएको स्वीकार्दै कसलाई कति बाँडियो भन्ने हिसाव-कितावसमेत सार्वजनिक गरेका छन् ।रुमा पूर्वसभासद् समेत रहेका एमाओवादीका राजकाजी गुरुङ ‘करण’ले एकलौटी ढंगले रकम असुली गरेको भन्ने हल्ला पार्टीभित्र चलेपछि खोजी सुरु भएको थियो । पोखराका एक माओवादी कार्यकर्ता भन्छन-’शुरुमा पूर्वसभासद् करणले एकलौटी ढंगले रकम असुलेको भन्ने हल्ला चल्यो, पछि थोरै-थोरै रकम हो भन्दै जाँदा ५० लाख रुपैयाँसम्म लिएको थाहा भयो ।’

साउन २८ गते आयोजना गरिएको प्रशिक्षण भेलामा एमाओवादीका महाधिवेशन आयोजक समितिका सदस्य एवम् तत्कालिन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी ‘कुमार’ले एयरपोर्ट काण्डका विषयमा कार्यकर्ताहरुलाई यर्थाथ जानकारी दिएका थिए । प्रशिक्षण कार्यक्रममा एयरपोर्ट-काण्डको रहस्य खुलाउँदै कुमारले ५० लाख रुपैयाँ रकम ठेकेदारबाट ल्याएको स्वीकार गरेका थिए । उनले सो रकम एमाओवादीका विभिन्न जनवर्गीय संगठनहरुलाई बाँडिएको भन्दै हिसाब-किताब समेत सार्वजनिक गरेका थिए । प्रशिक्षण कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने-’कुमारले हामी सबैलाई यस विषयमा खुलस्त जानकारी दिदैं अन्यथा नलिन समेत आग्रह गरेका छन् ।’

नयाँ विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्र झण्डै ११ करोड भन्दा बढि रकम खर्च भईसकेको छ । तिनै कार्यहरुमा सहभागी ठेकेदारबाट पूर्वसभासद् तथा विमानस्थल सम्बन्धी समस्या समाधान कार्यदलका संयोजक राजकाजी गुरुङको नेतृत्वमा सो रकम ठेकेदारहरुबाट लिईएको एमाओवादीले स्वीकार गरिसकेको प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले बताए । राजकाजीले प्रशिक्षणमा घुसको हिसाव सार्वजनिक गरेको अडियोसमेत अनलाइनखबरसँग सुरक्षित छ ।

एमाओवादीका नेता कुमारले समग्र आन्दोलनलाई नियोजित ढंगले बदनाम गर्न यस्तो हल्ला फैलाइएको भन्दै थप कुरा गर्न नमिल्ने बताए । पूर्वसभासद् राजकाजी गुरुङ ‘करण’ले पार्टीको आन्तरिक नीतिअन्तगत आधिकारिक रुपले नै पसा उठाइएको स्वीकारे । तत्कालिन तमुवान राज्य समितिका इञ्चार्ज तथा हाल माओवादीका केन्द्रीय कार्यालय सचिव हितराज पाण्डे भने बोल्न चाहेनन् ।


माओबादीका कुकुरहरु कसरी सोच्ने रहेछ

som nath adhikari wrote on 26 August, 2012, 5:29

party chalauna lai linu ramro ho tara personal rupma linu corroption ho.

http://onlinekhabar.com/2012/08/195327.html

Read Full Discussion Thread for this article