Posted by: Geology Tiger August 16, 2012
Show ur support for Dr. KC
Login in to Rate this Post:     3       ?         Liked by
मिस नेपाल, मिस युएसए नेपाल, मिस फलानो नेपाल, मिस ढिसानो नेपाल... मिस नेपालले यसो भन्नु पर्थ्यो... मिस नेपालले त्यो भन्नु हुँदैन थियो ... आदी सर्वाधिक चर्चा र चासोका बिषयहरु र चर्चा गर्ने हामी नेपालीहरु........ तर कुहिएको रुखमा हलक्क उम्रे जस्ता हिजोआज हाम्रो देशमा र विदेशमा जताततै उम्रेका यी दुनियाँ थरि के के जाति नेपालहरुलाई म पटक्क चिन्दिन .... कुन सुन्दरीले नारी बिकासको बारेमा के बोलिन् र कुन सुन्दरीले नेपाललाई बिदेशमा कसरी चिनाउछु भनिन् त्यसमा मलाई पटक्कै चासो छैन । चासो छ त डा. गोबिन्द केसी के गरिरहेका छन् ? उनको स्वास्थ्य अवस्था कस्तो छ ? शायद नेपाल आमाले डा. केसी जस्तो अरु केही सपूत अरु जन्माउन सकेको भए अहिलेको जस्तो दुर्गति व्यहोर्नु पर्दैन थियो होला ।  
Last edited: 16-Aug-12 09:05 PM
Read Full Discussion Thread for this article