Posted by: Rahuldai August 15, 2012
जिन्दगीलाई बुझ्नै सकिन मैले....
Login in to Rate this Post:     13       ?         Liked by
 जिन्दगीलाई बुझ्नै सकिन मैले,

कति सोधुँ ? फेरी सोधिन मैले .

 

दुखियारीको घरमा दैब नबस्ने रे

निष्ठुरीको पाउमा शिर राखिन मैले.

 

औंसी चन्द्रमामा चांदीको घेरा खै?

पित्तलको घेरा पनि देखिन मैले.

 

खुट्टा तान्ने र जुत्ताहान्ने मात्रै ,

छुरौटेहरु माझ ब्यथा पोखिन मैले. 

Last edited: 15-Aug-12 01:05 PM
Read Full Discussion Thread for this article