Posted by: aman August 10, 2012
Dog's day
Login in to Rate this Post:     0       ?        

२६ साउन, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड आफ्ना विश्वासपात्र भनिने व्यापारी अजय सुमार्गीसित दामनमा तीन दिन रमझम गरेर बिहीबार काठमाण्डौं फर्केका छन् । मंगलबार दिउँसो ललितपुरमा भएको अन्तरपार्टी महिला सन्जालको कार्यक्रममा सहभागी भएका दाहाल साँझ सुटुक्क दामन हानिएका थिए ।

‘काठमाण्डौंको धपेडीले सुत्नै नपाएकाले राम्ररी सुत्न’ भन्दै दामन पुगेका दाहालले श्रीमती सीतालाई पनि सँगै लगेका थिए । स्वकीय सचिवसमेत रहेका भतिजा समीर दाहाल र २/३ जना सहयोगी पनि उनको साथमा थिए । उनीहरुले तीन दिन र दुई रात रमाइलो गर्दै पानोरोमा रिर्सोटमा विताएको खबर सौर्य दैनिकले छापेको छ ।

राष्ट्रपति डाक्टर रामबरण यादब समक्ष मुलुकलाई निकास दिन चाँडै सहमतिको पहल गर्ने प्रतिबद्धता गरेर फर्केका दाहाल त्यसको तेस्रोदिन राम्ररी सुत्न उपत्यका बाहिर गएका हुन् ।

पानोरोमा रिसोर्ट स्रोतका अनुसार दाहाल त्यहा पुग्नुअघि नै दुईवटा ‘लग्जरियस’ सहित पाँचवटा कोठा बुक गरेएका थिए । लग्जरियस कोठामा दाहाल र सुमार्गी दम्पती बसेका थिए । एउटामा समीर र बाँकी दुई कोठामा सहयोगीलाई बस्ने व्यवस्था मिलाईएको थियो । अध्यक्ष दाहालले बुधबार रिर्सोट मै भेटेका मकवानपुरका केही जिल्ला नेतासित ‘काठमाण्डौंमा धपेडीले सुत्ने नपाएकाले २/३ दिन सुत्न’ दामन आएको बताएका थिए ।

Read Full Discussion Thread for this article