Posted by: _____ August 6, 2012
तोडमरोडमा सेनाको इतिहास
Login in to Rate this Post:     0       ?        
 

लेखक : त्रिरत्न मानन्धर, तीर्थप्रसाद मिश्र, दिनेशराज पन्त, कमलराजसिंह राठौर र भवेश्वर पंगेनी

-   पहिलो जनजाति सेनापतिका रूपमा छत्रमानसिंह गुरुङलाई प्रमाणित गर्ने प्रयास।

-    ४० पृष्ठमा सेनापति गुरुङको कार्य-प्रगति विवरण।

-    ००७ देखि ०६९ सालसम्मको नेपाली सेनाको सांगठनिक विकासक्रम

-    दुई ठाउँमा 'माओवादी विद्रोह' उल्लेख।

-    सेनापति कारबाही प्रकरण आफ्नो कारणले जोगिएको जस लिन खोजिएको।







लेखक :  तुलसीराम वैद्य, विजयकुमार मानन्धर र प्रेमसिंह बस्न्यात

-    नेपाली सेनामा मगर, गुरुङ, ठकुरी, खस आदि सबै जाति सेनाको उच्च पदमा रहेको जिकिर।

-    खम्पा विद्रोह, बझाङ सैनिक कारबाही, ओखलढुंगा सैनिक कारबाहीको विवरण।

-    सह-सेनानी रुक्मांगद कटवालको विशेष बहादुरीले क्याप्टेन यज्ञबहादुर थापालाई पक्रेेको उल्लेख।

-    पञ्चायतविरुद्ध लड्ने कांग्रेस कार्यकर्तालाई आतंककारी, माओवादीलाई 'विद्रोही'को संज्ञा।





लेखक : शिवप्रसाद शर्मा, तुलसीराम वैद्य, त्रिरत्न मानन्धर, भद्ररत्न बज्ा्राचार्य, तीर्थप्रसाद मिश्र, पुरुषोत्तम बाँस्कोटा, घनश्यामवरसिंह थापा

-    नेपालको प्राचीन र मध्यकालीन सैनिक इतिहास उल्लेख ।

-    नेपाली सेनाको नीति र व्यवस्थामा अाएको परविर्तन।

-    विदेशी सेनामा नेपाली जवानहरूको खोज।

-    नेपाली सेनाले लडेका प्रमुख युद्धबारेउल्लेख ।

-    विदेशमा नेपाली सेनाले गरेका युद्धका सन्दर्भ।







वाद-प्रतिवाद

'इतिहास बनोस् भनेर राखिएका हुन्’

कमलराजसिंह राठौर

डीन, नेपाली सैनिक प्रतिष्ठान



धेरै सल्लाह गरेर हामीले विसं १८१९ को पाँच कम्पनी स्थापना भएको मितिलाई नेपाली सेनाको प्रस्थान विन्दु बनाएका हौं, त्यसअघिको कुरालाई पृष्ठभूमिका रूपमा मात्र पुस्तकमा राखिएको छ । विसं ००७ तिर नेपालमा हरेक हिसाबले भारत हाबी थियो । राम्ररी तालिम पनि नलिएको सेना, पेटमै जर्नेल हुने परिपाटीलाई तोड्न त्यतिखेर नेपालकै अनुरोधमा भारतीय सेना यहाँ आएको हो । त्यसो त भीमसेन थापाका पालामा प|mेन्च शैलीको पोसाक नेपाली सेनामा भित्रिएको इतिहास छ । यथार्थमा त्यो बि्रटिसहरूलाई दिन खोजिएको मनोवैज्ञानिक सन्देश मात्र थियो । तथ्य र प्रमाणहरू केलाउँदा प|mेन्चहरू स्वयं नेपाल आएर सैन्य सहयोग गरेको कहीँ भेटिँदैन । 

इतिहास लेख्दा कतिपय यस्ता कुरा पनि हुँदा रहेछन्, जसको यथेष्ट प्रमाण नपुगी बाहिर ल्याउनु राम्रो हुँदैन । अभिमानसिंह रानामगरको पनि त्यही भएको हो । उनी कमान्डर इन चिफ भए/नभएको यकिन प्रमाण जंगीअड्डामा कहीँ भेटिएन । त्यसैले उनको नाम नराखिएको हो । जहाँ अहिलेको प्रधानसेनापतिको तीनवर्षे कार्यकालको कुरा छ, त्यो ँकरेन्ट’ इतिहास हो । अघिल्ला सेनापतिहरूका पालामा तीनवर्षे कार्यकालको प्रगति विवरणसमेत भेट्टाउन गाह्रो छ । त्यसैले भोलिका दिनमा रेकर्ड इतिहास बनोस् भनेर ती कुरा राखिएका हुन् ।

 

'देवत्वकरण गरिनु गलत’

पुरुषोत्तम बाँस्कोटा

इतिहासविद् एवं पूर्वउपकुलपति, पोखरा विश्वविद्यालय



इतिहास सत्य र प्रमाणका आधारमा लेखिने हो । कुनै ँकमान्डर इन चिफ’ थपिँदैमा वा जाँदैमा इतिहासमा फरक आउने होइन । यो निरन्तर भइरहने कुरा हो । विकास भइरहने कुरा हो । तर, हामीकहाँ प्रलोभनमा फसेर वा अन्य कारणले कुनै व्यक्तिलाई देवत्वकरण गरिदिने काम भइरहेको छ, त्यो गलत हो । त्यो इतिहासप्रति बेइमानी हो ।

पहिले बाबुबाजेको कीर्ति राख्थे तर अहिले आफ्नै कार्यकालको बढाइचढाइ गरेर इतिहास लेख्न थालिएको छ । इतिहास लेख्न कि त ठूलो घटना हुनुपर्‍यो या मुख्य परिवर्तन नै हुनुपर्‍यो । होइन भने त्यो इतिहास नभएर प्रचार सामग्रीजस्तो मात्र देखिन्छ । चिनिएका लेखकलाई विवादमा फसाउने मात्र काम हुन्छ । यसले किताबको महत्त्व पनि घटाउँछ । चार वर्षमा दुईथरी समूहद्वारा दुईथरी इतिहास लेखिनु इतिहास नै होइन । यसले इतिहासकारकै व्यक्तिगत आँच-प्रतिष्ठामा ठूलो असर पुग्छ ।

अहिलेका सेनापतिले आफ्नो पालाभन्दा अगाडिको कुरा लेखेको भए निकै राम्रो हुन्थ्यो । त्यो बुद्धिमानी र आचारयुक्त मानिन्थ्यो । त्यसले भोलिका दिनमा राम्रो परिपाटी पनि बस्थ्यो । तर, चेन अफ कमान्ड भएको सेनाजस्तो गैरराजनीतिक संस्थाले यसरी दुई-चार जना इतिहासविज्ञलाई बोलाएर विवाद सिर्जना गर्नु ठीक होइन । सेनापतिले अहिले आफ्नो इतिहास लेख्न निकै हतार गरेको देखियो ।
Read Full Discussion Thread for this article