Posted by: _____ August 2, 2012
तै चुप मै चुप...
Login in to Rate this Post:     0       ?        
 
 

पूर्व प्रधान न्यायाधीशहरुले नै पालना गरेनन् सर्वोच्चको आदेश

काठमाडौँ, साउन १८ (नागरिक)- सर्वोच्च अदालतले पूर्व पदाधिकारी तथा विशिष्टलाई दिइने सुविधा सम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिए पनि त्यसलाई १० जना पूर्व प्रधानन्यायाधीशहरुले अझै पालना गरेका छैनन्। न्यायाधीश ताहिर अलि अन्सारीको इजलासले बुधबार अध्यादेश कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो। 
 आदेश आउनुअघि नै तीन पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले सुविधाको गाडी फिर्ता गरेका थिए। 

गाडी फिर्ता नगर्ने पूर्व प्रधानन्यायाधीशहरुमा विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रसाद सिंह, त्रिलोकप्रताप राणा, केशवप्रसाद उपाध्याय, केदारप्रसाद गिरी, हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ र मोहनप्रसाद शर्मा छन्। 

त्यसैगरी दुई पूर्व प्रधानमन्त्रीहरुले पनि सुविधा फिर्ता गरेका छैनन्। अदालतको आदेशपछि बिहीबार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गाडी फिर्ता गरेका भए पनि शेरबहादुर देउवा र सूर्यबहादुर थापाले गाडी फिर्ता गरेका छैनन्। 
Read Full Discussion Thread for this article