Posted by: Rahuldai July 24, 2012
तै चुप मै चुप...
Login in to Rate this Post:     0       ?        
 मित्रहरु, 
 

राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन ब्यक्तीले बेरुजु नतिरी मिनाह को लागि मन्त्रिपरिषदमा लेखि पठाएको भन्ने समाचार मैले नि फेशबुक मा एक जना स्वयम घोषित राष्ट्रबादी मसिहा को टिप्पणी देखेको थिएँ . हिजो अस्ति नयाँ पत्रिका नामक पत्रिका ले छापेको रहेछ . दैनिक नेपालमा सबै जसो राष्ट्रिय स्तरको पत्रिका  गर्ने गर्छु र मेरो स्मृति पटलमा कहीं न कहीं पढेको थिएँ -राष्ट्रपति ले बेरुजु  तिरेको खबर . गुगल गरेर हेरें , मेरो स्मृतिपटल अझै धूमिल भैसकेको रहेन छ . लौ हेर्नुस कान्तिपुर दैनिकमा- राष्ट्रपतिसहितले 'बेरुजु' तिरे-

 

http://www.ekantipur.com/nep/2068/11/16/full-story/343445.html 

बेरुजु तिरेको पनि अहिले हो र ६ महिना भैसक्यो . नयाँ पत्रिका भन्ने पत्रिका को बाट , कहाँ बाट संचालित छ , अलिकति भित्र सम्म गए थाहा हुन्छ . राष्ट्रपति डा राम बरण  यादव सर्बगुण सम्पन्न  भन्दिन र मान्दिन पनि . तर  देशका बिद्यमान चोर फटाहा डाका र हत्यारा नेताहरु माझ असल ब्यक्ती हुन् जस्तो लाग्छ . आगे हजुर हरुको मर्जी . 
Read Full Discussion Thread for this article