Posted by: comingsoon July 17, 2012
एकपाली सहयोग गर्छन् ....बिर्सिन्छन
Login in to Rate this Post:     0       ?        
थुक्क यो के जिबन
उ गलल हास्छ
दिल शोभाको भिडियो
उस्को प्रतिकृया
"ए एस्तो काम अचेल धेरै ले गर्छन्"
गज्जब उस्को हृदय
 कती सजिलै पचाइ दियो
म रुदै भिडियो हेर्दा
उस्ले मलाई हासोको पात्र बनाउदै बिचमै उठ्यो
केही सहयोग गर्न सकिन्छ?
"को को लाई सहयोग गर्ने हो यार' "
उ ढोका बाहिर हुन्छ
भिडियो बगिरहेको छ
दिल शोभाको स्वोस्छ मुस्कान देख्छु
बिजय कुमारले अर्को प्रश्न फाल्छन
दिल शोभा रुन्छिन
म मुर्दो दर्शक 
"ए एस्तो काम अचेल धेरै ले गर्छन्"
मेरो मनमा
टेलिभिजन सिरियलमा जथाभाबी प्रयोग गरिएका ईफेक्ट जस्तै
ड्याङ ड् ड ड्याङ
भिडियो बगिरहन्छ
"ए एस्तो काम अचेल धेरै ले गर्छन्"
अनी मलाई हेर्छु एउटा मुर्दो मानिस
दिल शोभा भन्छिन,
एकपाली सहयोग गर्छन् ....बिर्सिन्छन
म मुर्दो मान्छे ....
"ए एस्तो काम अचेल धेरै ले गर्छन्"  
हो अनी म मुर्दो मान्छे

(Note: यो भिडियो कबिता को सन्दर्भ जोडीएको ले मात्र यहाँ youtube मार्फत राखेको छु, कबिता सँग भिडियो को अन्य सम्बन्ध छैन)



 
 

Last edited: 17-Jul-12 07:26 PM
Read Full Discussion Thread for this article