Posted by: magorkhe1 July 13, 2012
बजैले सोधिन तेरो फेसबुक खै ?
Login in to Rate this Post:     0       ?        
संसार सगुरिदै गएको मात्र हैन सोसलाईज गर्ने माध्यम पनि आधुनिक भएको छ | चौरासी नाघेकी बुडा मावली बजैको के छ हालखबर भनेर फोन गरेको त ल्यापटो खोल्न तेरो अनुहार हेर्दै कुरा गरौ पो भन्छिन | खै त्यो त खोलेको छैन मा खोलि हाल्छु भन्ने सब्द झरी सक्न पाएको थिएँ , ए कान्छु तेरो फेस बुक के हो ल त तेरो भाइ काईलेलाइ भन त पो मर्जी भो है बजै बाट | कैलेलाइ मेरो फेसबुक छैन भने , अनि बजैलाई सुनाए पछी फोन लिएर लप्तान्नी साब को स्वभाब पो देख्न पाईयो | हँ के भन्छस त , त्यो लाम्घारेको नातिको त छ , त नाथेको छैन | कुरा बुझ्दा लापतन्नी बजैको  इगो मा ठेस पुगे को होकी जस्तो लाग्यो त्यो Facebook " रिक्वेस्ट" पठाएकोले ?
अचम्म लागेंन तर यो सोसल नेटवर्किंग को महिमा दोस्रो मात्रै हैन तेस्रो मुलुकमा बालक देखि वृद्द समेत रमेका छन् |
कुनै जमानामा पढेको थिए , न्यु योर्क सहरमा एक ढेड घण्टा बिजुली बत्ति नहुदा दसौ महिनामा अस्पताल को प्रसुती बिभाग मा थप कर्मचारी र सैया को ब्यबस्ता गर्नु परेको थियो रे , हार्मो देसमा दसौ वर्ष भयो दैनिक १०-१५ घण्टा बिजुली नहुने , अहिलेको यो जनसंख्या बृद्दी कहिँ यसैको उपज त हैन ?
के हुन्छ होला फेसबुक २-४ घण्टा लाइ ह्याक गरेर बन्द भयो भने ?
मान्छे डाक्टर कहा डिप्रेसन को चक्की लिन जाने होलान ? कहिँ आत्महत्या गर्ने खोज्ने त हैनन् ?
के बेर मान्छे  २४ घन्टामा २०  घण्टा जति सन्की हुन्छन  , तेही बेला यो घटना घट्यो घने मट्टीतेलमा सलाई कोरे जस्तो हुँदैन ? 
धन्य हो फेसबुक को आबिस्कारक तिम्रो महिमा अपरम्पार छ, धन्य हो Text , अब मुख पनि नचल्ने भए, बुढी औलाका जोर्नी फुल्ने हुन् कि भनि आशंका गरेको अब बोलेर text हुने बेर बोलि फर्किने भएको छ , नत्र दुवै ओठ चाप्राले टासिने भै सकेका थिए |

बजैको आसिर्बाद लिन जानु पर्लाकी भनेर सोची राखेको थिए , अब यही ल्याप्टो र स्काइप बाट माग्नु पर्ला ? फेसबुक भने खोल्ने रहर चलेको छैन !

 
Last edited: 21-Sep-12 07:40 PM
Read Full Discussion Thread for this article