Posted by: Geology Tiger July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     0       ?        
निर्माण जी,

नेपाली पत्रकारहरु कुन हदसम्म गिर्न सक्छन् कति निकम्मा छन् भन्ने कुरा त हामी सबैले देख्दै आएको र भोग्दै आएको कुरा हो । त्यसमा मेरो कुनै असहमति छैन । तर एउटा फोटो पत्रकारले असल नियतबश राखेको तस्बिरलाई तपाईं आफू स्व्यम् पत्रकार भएर पनि जुन गलत ढंगले बुझ्नुभयो र अरुलाई पनि बुझाउनु भयो त्यो वास्तवमै दु:खलाग्दो छ । मलाई श्रेष्ठबाबु जस्ता मान्छेहरुसँग केही गुनासो छैन किनकी यिनीहरु भनेको विचार बुद्धि शुन्य भएका, कुरै नबुझी एकोहोरो रट लगाइरहने सामाजिक नमूनाहरु हुन् र वास्तवमा भन्नु र्दा यिनिहरुको रटको पनि कुनै अर्थ रहदैन । तर एउटा पत्रकारले कुनै पनि बिषयलाई गलत ढंगबाट प्रेषित गर्दा सामाजिक स्थिति के कस्तो खलल पर्न जान्छ भन्ने कुरा कमसे कम यहाँले राम्ररी बुझ्नुपर्ने हो । म त अझै पनि नागरिक दैनिकमा त्यो तस्बिर र त्यसको शिर्षक राख्ने पत्रकारको कुनै गल्ती देख्दिन र शायद साझामा अरु थुप्रैले पनि मैले जस्तै महशुस गरेका होलान् । आशा छ तपाईं पनि भविष्यमा हरेक कुरामा जातिय विभेद देख्ने संकिर्ण मानसिकताबाट माथि उठ्नु हुनेछ ।

शुभकामना !
 
Read Full Discussion Thread for this article