Posted by: Geology Tiger July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     0       ?        
हरेक शब्दको आफ्नै बिशिष्ट अर्थ हुन्छ र कुनै पनि शब्द आँफैमा अपमानजनक र सम्मानजनक भन्ने हुँदैन । शब्दलाई वाक्यमा कसरी प्रयोग गरिएको छ भन्ने कुराले नै त्यो शब्दलाई सम्मानजनक वा अपमानजनक बनाउँछ । त्यो फोटोमा राखिएको 'ज्यापू' शब्द कुनै हालतमा विभेदकारी शब्द होइन । बरु यसलाई ज्यापू समुदायको एक महिलाको मुस्कानको रुपमा चित्रित गर्न खोजिएको छ । यसबाट जातिय अपमान होइन सम्मान नै भएको छ । राम्रो अर्थमा प्रयोग गर्‍यो भने चाहे बाहुन लेखोस्, चाहे ज्यापू लेखोस् वा चाहे मधिशे लेखोस् सबै शब्दले राम्रै अर्थ बुझाउछ ।

श्रेष्ठ बाबु यहाँलाई कसरी थाहा भयो कि ती महिला ज्यापू समुदायको नभएर अन्य नेवार समुदायकै हो भन्ने कुरा ? त्यो फोटोग्राफरले पक्कै पनि केही खोजबिन गरेरै ज्यापू मुस्कान भनेर लेख्यो होला । बुज्नु न सुझ्नु टुडिखेलमा कुद्नु भने जस्तो त्यसै सबै नेवारलाई ज्यापू भन्यो भनेर कराउनुपर्छ ?

अर्को एक जना महाबिद्दवान हुसेन खानले चाँही बाहुनलाई बाहुन कात्रो भनेर बोलाउने रे ! कात्रो भनेको के हो थाहा छ ? कात्रो भनेको लाशलाई ढाक्ने कपडालाई भनिन्छ । जुन सही ठाउँमा प्रयोग गरियो भने अर्थपूर्ण हुन्छ । तर कोही बाहुनलाई बोलाँउदा बाहुन कात्रो भनेर बोलाएपछी त्यसको अर्थ के हुन्छ थाहा छ ? बाहुन मात्र भने भइहाल्यो नि किन कात्रो जोड्नु पर्‍यो ? यहाँले राहुलभाइलाई Do you understand where I am going? भनेर सोध्नु भएछ । तर यहाँको तालामाला हेर्दा त सिधै मसानघाटतिर हानिनु भएको जस्तो देखिन्छ नत्र त त्यो कात्रो शब्द प्रयोग गर्नुपर्ने कुनै आवश्यकता नै छैन नि ।

साउनमा आँखा फुट्या गोरुले सधैं हरियो देख्छ भनेको यही हो । कसरी शब्दको प्रयोग गरेको छ, कुन अर्थमा गरेको छ भनेर बुझ्नु सुझ्नु छैन खाली जातिय विभेदकारी शब्द लेख्यो भनेर हल्ला गर्‍यो एक अर्कालाई गाली गर्‍यो..... वाहियात ....... यसै भन्या हो र नेपालीलाई भेडा भनेर ....
Read Full Discussion Thread for this article