Posted by: Geology Tiger June 29, 2012
YO GEET CHAI SAHI CHA - NAYA GEET
Login in to Rate this Post:     1       ?         Liked by
दामी कट्टु साथी शायद तिमी यो गीतको गायक हौ । यदि त्यो होइन भने पनि तिमी यो गीतसँग कुनै न कुनै रुपमा सम्बन्धित व्यक्ति हौ । तर तिमी जोसुकै भए पनि एउटा कुरा के हो भने यो गीत राम्रो छ, यसलाई सबैले राम्रो भन्नुपर्छ भनेर कराउदैमा गीत राम्रो हुने होइन ।

गीत राम्रो हुन त शब्द, संगीत र स्वरको उत्कृष्ट मिलन हुनु जरुरी छ, चाहे त्यो नारायण गोपालको गीतमा होस् अथवा नेपथ्यको गीतमा । तर त्यो शब्द, संगीत र स्वरको उत्कृष्ट मिलन यो गीतमा छैन, त्यसैले यसलाई गीत भन्न सकिएला तर यो उत्कृष्ट गीत भने अवश्य होइन ।

निश्चय पनि प्रयास गरेको देखिएको छ, तर गीतको हरेक तत्वहरु स्वर, संगीत र शब्दलाई अझ माझ्नुपर्ने, अझ खार्नुपर्ने आवश्यकता छ । राम्रा सिकारु गायकहरुले अथवा गीतसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो कुनै पनि सिर्जनामा श्रोताहरुले दिएको प्रतिकृयालाई राम्रोसँग सुन्छन्, बुझ्छन् र आफूलाई सुधार्छन । शायद सबै ठूला गायकहरुले आफ्नो गायनयात्राको क्रममा यस्ता खुड्किलाहरु पार गरेका थिए ।

सुरु सुरुका प्रयासहरु त्यति राम्रो नहुनु कुनै ठुलो आश्चर्य पनि होइन र अपराध पनि होइन । तर कुनै श्रोताले दिएको प्रतिकृया पढेर त्यही श्रोता माथि खनिनु भनेको आफ्ना गल्तिहरु सुधार्ने र आफुलाई परिस्क्रित पार्दै लैजाने मौका गुमाउनु हो । सत्य सधैं तितो हुन्छ र जबसम्म कसैले त्यो तितो पचाउने क्षमता हासिल गर्न सक्दैन उसले आफूलाई सफल व्यक्तित्वहरुको लहरमा उभ्याउन कदापी सक्दैन ।
Read Full Discussion Thread for this article