Posted by: Rahuldai June 26, 2012
Login in to Rate this Post:
8
?
Liked by
फेरी असफल हुन सफल भएँ साथी,
दाना बिनाको फोस्रे फसल भएँ साथी
दिल पैंचो मागेर फर्काएँन कहिलेइ
जिन्दगी नै उधारो पसल भए साथी
दिल हराएर के भो र फेरी हास्न खोजें
तै पनि मन मानेन, पलपल रोएँ साथी
कर्म गर..... “ए राहुल” सधै भन्थी गीता
निस्वार्थ कर्ममा अमिलो फल पाएँ साथी
Last edited: 26-Jun-12 01:40 PM