Posted by: cheli June 14, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     0       ?        
राष्ट्रकवि माधव घिमिरेज्युको वैसाख कविताका तिनै हरफहरु मेरो एस.एल.सीको जाँचमा "स-प्रसङ्ग ब्याख्या गर " भनेर आएको थियो .

जहाँ सम्म चोरीको कुरा छ, अचार्यजीले वाचनका समयमा राष्ट्रकविको नाम उल्लेख गर्नु भएको थियो भने चैं म उहाँको दोष कमै देख्छु.. तर गर्नु भएन र ती हरफहरु उहाँका आफ्नै हुन् भन्नुहुन्छ भने चैं संसारमा अहिले छ्याप-छ्याप्ती भेटिने साहित्य-चोरहरु कै लिस्टमा उहाँको नाम पनि राखे हुन्छ .  अर्काको सम्पतिलाई आफ्नु भनेर नाक फुलाउन मान्छेलाई के रमाइलो लाग्ने होला ?? अचम्म लाग्छ..
Last edited: 14-Jun-12 01:45 PM
Read Full Discussion Thread for this article