Posted by: nepcha1 June 13, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     0       ?        
 - हत्यारा भनेर अदालतले सजाय दिएको बालकृष्ण ढुंगेल लाई कारबाही गरौँ भन्दा माओबादी सकारात्मक सोचौ भनेर कारबाही गर्न मान्दैन
- सकारात्मक सोचको परिणामले नै होला बाबुरामको सरकारले सयौ कैदीहरु, जो कि हत्यारा, लुटेरा, डाका र kidnapper थिए तीनलाई आम माफी दियो 
- सकारात्मक सोचकै कारणले अहिले सम्म गाडी वा भौतिक सरसाधन तोडफोड गर्ने लाई अहिले सम्म कहिले पनि कारबाही गर्न नसकेको
- सबैले गरेकै छन् नि भनेर कसैले ठगेको उजुरी गरे पनि (bhatbhani case) त्यो व्यक्ति लाई सकारात्मक सोचको पाठ पढाउन खोज्छौ
- यहाँका केहि बुद्दिजिबीहरुले कृपया आफ्नो पढाई/काममा (लेखन वा वाचन) मा अरुको काम यस्तै दुरुस्त सार्ने गरौ र अभिभावक भए आफ्ना बच्चाहरुलाई पनि यस्तै प्रकारका तुलनात्मक उदाहरणहरु दिएर शिक्षा दिदै जाऊ  
 
त्यसैले उहा कविजीलाई पनि बरु केहि पुरस्कार दिउ, आफुलाई आफैले ठुलो पदवी दिएर साहित्यिक आसन त ग्रहण नै गरेर बसी रहनु भएको रहेछ
 
यसैगरी गल्ती गर्नेहरुलाई भन्दा गल्ती देखाउने लाई सकारात्मक सोचको पाठ सिकाउदै जाऊ, सफलताको सिखर एक दिन जरुरै चुम्ने छौ किनकि हाम्रा बुद्दिजिबीहरुले plagiarism बाट सिकेरनै एस्तो शायद भन्नु भएको होला, कि हैन भने ठुलो खेलाडी नै हुनु पर्छ zero tolerance भएको यस्तो चोरीबाट बच्न सक्नु भएकोमा 
Read Full Discussion Thread for this article