Posted by: Geology Tiger June 13, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     0       ?        
हो भन्न खोजेको त्यही हो

सबै कुराको आ-आफ्नो ठाउँमा महत्व हुन्छ ...

कविता लेख्ने अथवा कम्तीमा पनि कविता पढ्न मन पराउनेहरुको जमातमा गएर के कविता चोरेको कुरा गरिरहेको उहाँ बैंकबाट करोडौ चोरेर मान्छेहरु मालामाल भैसके भन्नु भनेको नेपालको कुनै दुर्गम गाउँमा धमाधम खेतमा बाउसे गरिरहेको लाठेहरुको माझ गएर ' तिमीहरु यहाँ के बाउसे गरी रहेको ! उहाँ हल्यान्ड युरोकपबाट आउट हुन लागिसक्यो ' भन्या जस्तो भयो.......

सोच्नु राम्रो हो, धेरै सोच्नु पनि राम्रो हो, तर एउटै कुरामा सोचेको सोच्यै गर्‍यो भने त्यो स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ ...

हरेक कुराहरुलाई सकरात्मक रुपमा लिन सकिन्छ, तर त्यसको लागि निश्चित आधारहरु चाहिन्छ र हरेक कुराको एउटा सिमा हुन्छ ...

नत्र भने यसो भनु न

त्यो पाँच करोड घुस खानेको के दोष ? बिचरा उसको स्वास्नीलाई काठमाडौंको मुटुमा पाँच तले घर चाहिएको थियो, उसको छोरोलाई पजेरो चाहिएको थियो .............. उसलाई त घुस खान मनै थिएन, बिचरा बाध्यतामा पर्‍यो ...

त्यो १४ बर्षे कलिलो बालिकालाई बलत्कार गरी हत्या गर्ने मान्छेको के दोष ? विचराले त्यस्तो केटीहरु देख्ने बित्तिकै आफूलाई थाम्नै सक्दैन, के गरु के गरु हुन्छ................ यो सारा दोष उसको दिमागी हालतको हो ......... उ त हत्यारा हुँदैन होइन ...

ल अब हामी हरेक कुरालाई यसै गरी साकारात्मक ढंगबाट सोच्दै अगाडि बढौ ........

अन्तमा यहाँले माफि माग्नुपर्ने कुनै कारण छैन ...... तर कविवर गौरीश्वर शर्माले माफिका दुई शब्द मात्र पनि बोलिदिनु भएकोभए साकरात्मक सोचाइका थुप्रै आधारहरु तयार हुन्थे

Read Full Discussion Thread for this article