Posted by: Max Rossa June 12, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     0       ?        
फोटो राखिदिनुभएकोमा जिअलजी टाइगरजीलाई धेरै धेरै धन्यवाद । विचार प्रवाह गर्नुहुने जिअलजी टाइगर लगायत साहित्य, स्न्यापसट, वासुदेव अनि स्टिफ्लरजीलाइ पनि धन्यवाद । जव तथाकथित कवि गौरीश्वरको पाण्डुलिपिले नैं सवैकुरा बोल्दछ भने कविता वाचन भएको कार्यक्रममा जानु वा नजानु गौण कुरा हो । अनी सुन्नु नसुन्नुको पनि त्यति अर्थ छैन । यदि श्रृतिभन्दा लेखनलाई कानुनी प्रमाणको रुपमा स्वीकार्ने विद्यमान विश्वव्यापी व्यवस्थालाई मान्ने हो भने पनि गौरीश्वरजी उम्कन सक्ने ठाऊँ छैन । साझा डटकम र फेशवुकको पेजमा यी साराकुराहरु छताछुल्ल भइसक्दा पनि उनी आफ्नो गल्ती स्वीकारेर माफी माग्दैनन् भने उनलाई आगामी दिनमा साहित्यसम्बन्धी कार्यक्रममा उनलाइ कविता वाचन गर्न निषेध गरिनुपर्छ । विरोध एउटा व्यक्तिको होइन, एउटा प्रवृत्तीको हो, जसले अरुको सृजनामा आफ्नो नाम हालेर आत्मप्रवञ्चनामा रमाउन खोज्छ । वास्तविक सर्जकप्रति अन्याय गर्छ ।
विरोध खाली त्यत्ति कुराको मात्र हो । फेसवुक जस्तो सामाजिक संजालमा सार्वजनिक भइसकेको नाम, मोबाइल नम्बर सहितको फोटोलाई थप सम्पादन गर्नु अपरिहार्य त थिएन, तर पनि उनको मोबाइल नम्बर मेटाएर फेरी पोष्ट गर्नु पनि वैयक्तिक गोपनीयता जस्ता कारणले गर्दा स्वागतयोग्य कदम हो । अरुको कविताको अंश प्रयोग गरेर आफ्नो नाम प्रकाश पार्न चाहने उनको नियत थिएन भने एउटा ड्यास तानेर साभार राष्ट्कवि माधव प्रसाद घिमिरे भनेर किन राख्न सकेनन् ? त्रुटि मान्छेबाटै हुन्छ । त्रुटिले धेरै कुरा सिकाउँछ, यदि माफी माग्नसक्ने र गल्ती सच्याएर अगाडि बढ्नसक्नेआँट र लचकता छ भने । प्रायलाई एउटा घटना यादै होला, केही महिना अघिमात्र कान्तिपुर पब्लिकेशनमा काम गर्ने एकजना युवा पत्रकार आशिष लुईंटेलले न्यूयोर्क टाइम्स र अरु नाम चलेका पत्रिकाका प्रविधिसम्बन्धी लेखहरु अनुवाद गर्दै आफ्नै वाइलाइनमा छाप्दै गर्नाले जागिर चट् भएको थियो । करिब चारपटक सम्म नेपालीमा अनुवाद गरेर हुवहु लेख चोरी गर्दै आफ्नो नाममा छाप्दै गरेका आशिष लुईंटेलले ब्यबस्थापनको कारबाहीमा परेपछि माफी त मागे । तर उनको गल्तीको कुरा यति सघन रुपले मिडियामा बाहिर आइसकेको थियो कि
उनलाई त्यहाँको बौद्धिक सर्कलले स्वीकार गर्नै सकेन । यसलाई पनि एउटा दुखद संयोग नैं मान्नुपर्छ ।

Read Full Discussion Thread for this article