Posted by: Max Rossa June 11, 2012
अमेरिकामा थरी थरीका कविता चोर
Login in to Rate this Post:     2       ?         Liked by
अमेरिकामा आएका अधिकांश युवाहरुलाई नेपाली साहित्यको बारेमा थाहा पत्तो हुदैन भनेर स्थापित कविको कृतिलाई आफ्नो नाममा वाचन गर्नेलाई के भन्ने ?
हालै अमेरिकाको कनेक्टिकटमा आयोजना भएको एक कार्यक्रममा गौरीश्वर शर्मा आचार्य नामका स्वनामधन्य तथाकथित कविले यस्तै काम गरेछन् । ति गौरीश्वर नामका पात्रसँग मेरो कुनै सम्पर्क वा परिचय केही छैन । पहिलोपल्ट नाम सुन्दैछु ।
उनले अमेरिकी कंग्रेशमा उम्मेदवारीको दौडाहामा रहेका नेपालीमूलका आइटि व्यवसायी दर्शन रौनियारलाई हौस्याउन कवि माधव घिमिरेको
कविताको पहिलो चार हरफ हुवहु राखेर बाकी हरफहरु आफैंले थपेछन् । ए बाबा, अर्काको कृति चोरेर आफ्नो कृतिमा हाल्नु कत्तिको कवित्व हो । नेपाली साहित्यमा रुची
राख्ने व्यक्तिले दुइचारवटा कृति पक्कै पढेको हुन्छ, त्यसमा पनि माधव घिमिरेको चर्चीत कृति पढेको हुन्न भन्ने आत्मविश्वासमा अर्काको कृतिमा आफ्नो नाम हाल्नु कस्तो बौद्धिक दरिद्रता हो । दर्शन रौनियार प्रति मेरो राम्रो सद्भाव छ । उनी नेपाली मूलबाट अमेरिकी राजनीतिमा प्रगति गर्न लागेका उदीयमान व्यक्तित्व हुन् । उनलाई विश्वका सवै कुनामा भएका नेपालीले सक्दो सहयोग र सदिक्षाले हौसला दिनुपर्छ । म त्यो कविता वाचन भएको कार्यक्रममा गएको थिइन । दर्शन रौनियार र म फेसवुक मित्र छौं ।
उनलाई हौसला दिन लेखिएको कवितालाई फेसवुकको पेजमा उनले सगौरव राखे । जव कविता हेरें तव म तिन छक्क परें । दिनदहाडै, अनि खुलेआम चोरी । अहिलेको सोसल नेटवर्किंगको जमानामा पनि । यसमा दर्शनको केही दोष छैन । सोझो मनले उनले कविता राखिहाले । तर अर्काको कृतिको अंश आफ्नो भनेर लेख्ने अनि वाचन गर्ने प्रवृत्तीको विरोध गर्नुपर्छ ।
The below is the peom that was cited in the program..

Read Full Discussion Thread for this article